इलाम / अविरल वर्ष सँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणधिन पक्की पुलको फर्मा बगाएको छ । आधा निर्माण गरेर वर्षेदेखि पूल अलपत्र परेको पूल सोमबार अविरल वर्षसँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको हो । दुई स्ल्याबको सो पुलको अहिलेसम्म एउटा स्ल्यब मात्रै लगाइएको छ । लामो समयदेखि निमार्ण नभएको पूल पटक पटकको तागेता पछि गत आर्थिक वर्षमा बाँकि रहेको पूल निर्माणका लागी फर्मा बाँध्ने काम शुरु भएको थियो । ठेक्का लागेको सात वर्ष वितिसक्दा समेत पुल निर्माण पुरा भएको थिएको छैन । पुलभन्दा पछि निर्माण शुरु भ
धनकुटा / निरन्तरको अविरल बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा नपा–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । त्यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वँज राईको परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्य स्थानमा स्थान्तरण गरिएको छ । यता साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जु
विराटनगर । भारतीय भन्सार एजेन्टहरुले गरेको जोगबनी नाका बन्दको घोषणा फिर्ता लिएका छन् । बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले पर्सी बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्प पार्ने घोषणा गरेका थिए । तर, प्रमुख नाका बन्द हुँदा यसले ठूलो असर पुग्ने भन्दै नेपाल तथा भारततिरबाट समेत दबाब परेपछि उनीहरु यो निर्णयबाट पछि हटेका हुन । भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् । एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बै
विराटनगर/ प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको स
काठमाडौँ / आइतबार थप १८६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर । प्रदेश १ का सांसदले भूतपूर्व गोर्खा सैनिक लाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता नकाट्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेशसभामा शुन्य समयमा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे २०७७ असार १७ गते संघीय सरकारले भत्ता कटाउने भन्दै गरेको निर्णय खेदपूर्ण रहेको बताइन । भनिन्,“सामाजिक सुरक्षा सम्बन्धी निर्णय खेदपूर्ण छ । विश्मा वीर गोर्खाली भनेर चिनाउने ब्रिटिस र भारतीय गोर्खा लाहुरेले जति कमाएर ल्याए त्यसमा सरकारको लगानी छैन बरु देशलाई अर्बौ रेमिटेन्स दिंदै आएका छन् ।” सांसद तुम्बाहाम्फेले गोर्खाले पाउँदै आएको पेन्सन ब्रिटिस र भ
इटहरी । गाउँ पसेको बाढीले निकास नपाउँदा बराहक्षेत्र ५ का माझी गाउँ डुबानमा परेको छ । बराहक्षेत्रको भरौल, कालाबञ्जार, लगायतका स्थानहरू अहिले जलमग्न बनेका छन । गए राति देखि परेको अविरल वर्षाका कारण सुनसरीको बराहक्षेत्र स्थित हैटा खोलामा आएको बाढीले बराहक्षेत्र ५ माझी गाउँ अहिले डुबानमा परेको हो । गाउँ सहित ज.डे.ज. मा. वि, मुनविम एकेडेमी, सिद्घार्थ मेमोरियल स्कुलमा समेत पानी पसे पछि डुबान भएको छ । जमेको पानीले निकास नपाउँदा र खोला अतिक्रमण हुने क्रम नरोकिएपछि बाढिले चौतर्फी बितण्डा मचाएको बराहक्षेत्र ५ भरौलका स्थानीयहरूले बताएका छन । बाढीले त्यस क्षेत्रका करीब ३ दर्जन बढी घरहरूमा प्रत्यक्ष असर ग
विराटनगर । प्रहरीले मोरङको कटहरीबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ । गएराति कटहरी गाउँपालिका वडा नं.४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याइँदै गरेको अवस्थमा अवैध काठको गोलिया बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सिआरभी टोली कटहरीले काठ बरामद गरेको हो । कटहरी गाउँपालिका वडा नं.२ स्थित आदर्श टोलबाट जिल्ला मोरङ रंगेली नगरपालिका ३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, विराटनगर ६ रामपुर बस्ने वर्ष २० को सह–चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ
धरान / भन्सारमा रहेका सरकारी कार्यालयहरुकै मिलेमतोमा नेपाल तिर प्रतिबन्धीत माछाहरु भित्रिने गरेको पाइएको छ । सिमानाकामा रहेको सरकारी कार्यालयहरुले अनुमती दिएको भारी परिमाणको माछा सुनसरी प्रशासनले रोकिदिए पछि भन्सारका सरकारी कार्यालयहरुले तस्कर सँगको मिलेमतोमा प्रतिबन्धीत माछा निर्यात हुने गरेको पुष्टि गरेको छ । विराटनगरको भन्सार कार्यालयबाट प्रज्ञापनपत्र र पशु क्वारेन्टाइन विराटनगरबाट प्राप्त भएको खानयोग्यको प्रमाणपत्र लिएर आएको क्याट फिस नामक माछा प्रतिबन्धीत रहेको छ । तर पनि भन्सारले प्रमाणपत्र दिएरै आयात गर्न खुल्ला गरि दिएको हो । विक्रीका लागि भारतबाट नेपाल भित्रिएको क्याट फिस
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालीका वार्ड नं १० बरगाछी टोलमा लायन्स क्लब अफ इटहरी सिटिले बिभिन्न प्रजातीका ३ सय वटा बिरूवा बृक्षारोपण गरेको छ । गाउँघरको पर्यावरण तथा बातावरणलाइ हरीयाली बनाउन क्लबले बिभिन्न प्रजातीका ३ सय बिरूवा रोपेको हो । लियो क्लब अफ ईटहरी सिटिका सभापति सफल पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बरगाछी टोलका स्थानीयहरूको पनि सहभागीता रहेको थियो । आगामि वर्षदेखि हरियाली भित्रको गाउँ निर्माण गर्न उक्त टोलमा बोटबिरूवा रोपिएको कार्यक्रम संयोजक पौडेलले बताए । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका जोन चियरप्रसन मेनुका गिरी रहेकी थिईन् भने कार्यक्रमको अध्यक्षता लाय