समाचार

    Showing 7,981-7,990 of 10,050 items.
  • दोस्रो अन्तर कर्मचारी मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।  शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्नभएको हो ।  प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतिय राममाबो र चौथो चन्द्र प्रकाशखनालभएभने महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झनाविक र चौथो मिनाकुलुङ भएका छन् । पुरुष र महिला तर्फका प्रथम, द्धितिय, तृतिय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशःनगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफि हात पारे । यस्तै उत्कृष्ट खेलाडीतर्फ रमेश राई र

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 1,095 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आवश्यक परे संसद बैठक बोलाईन्छ :प्रचण्ड

    विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै आंखा अगाडि जनताले बनाएको संविधान बिघटन गरिएको बताएका छन् । दाहालले धेरै संविधान बनेको तर ती सबै संविधान भन्दा २०७२ को संविधान फरक रहेको बताए । विराटनगरमा नेकपाले आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने,'ती संविधान राजा महाराजाको अधिकार भन्दै थोपरिएका थिए तर नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागू गरिएको थियो । आंखा अगाडि प्रतिक्रियावादी एजेन्टले संविधान बिघटन गरिदिए । यो लोकतन्त्र माथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो '। उनले नयाँ युगतिर देशलाई लैजाने योजना रहेकोमा जतिबेला संविधान बन्यो कम्युनिष्ट पार्टी एकता

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पनि मनाइयो शहीद दिवस

    धरानः शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ १६ गते मनाइदै आइएको शहीद दिवस शुक्रबार आज धरानमा पनि मनाइएको छ । प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा शुक्रवार धरान उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको हो । शुक्रबार शहीदको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी ,धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लागयतले शहीदका तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभामुख भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, जहानिया राणा शासन, निरङ्कुश पञ्चायत तथा तानाशाही राजतन्त्र

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,809 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट अभावमा पटके डाडा प्रबर्द्धनमा समस्या

    धनकुटा÷ धनकुटाका जिल्लाकै अग्लो पटेक डाँडा पर्यटन क्षेत्र बिस्तारका लागि बजेट अभाव हुँदा पर्यटन प्रवद्र्धनमा समस्या देखिएको छ । नेपाल सरकारको एक सय गन्तब्य मध्येको एक स्थानमा सुचिकृत यस क्षेत्रमा पूर्ण संरचना बन्न नसक्दा पर्यटकहरुले सास्ती बेहोर्नु परेको स्थानीयबासीहरुको भनाई रहेको छ । २०७५ सालबाट हालसम्म छथर जोरपाटी गाउँपालिकाको पहलमा सिंधुवा बजारको हलहलेबाट १ सय १८ मीटर कच्ची सडक, २ सय २७ मीटर सिंढी र ४ सय ६३ मीटर रेलिङ निर्माण गरिएको छ । तर उक्त सिंधुवा बसन्तपुर सडक खण्डबाट सो डाँडासम्म जाने कच्ची बाटोको स्तरोन्नति हुन नसक्दा पर्यटकहरुलाई जान कठिन भएको सिंधुवा बजारका रुद्र थापाले

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,755 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बेलबारीमा उत्पादित छुर्पीको चर्चा चुलिदै

    बेलबारी: पहाडी क्षेत्रमा उत्पादनहुँदै आएको छुर्पी बेलबारीमै उत्पादन हुन थाले पछि यति बेला पदम दाहालले उत्पादन गरेको छुर्पीले चर्चा पाउन थालेको छ । पहाडी जिल्लाका छुर्पीको माग बढ्दै गएपछि पदमले आफैंले स्थानिय स्तरमा पनि छुर्पी उत्पादन गरेका हुन् ।उहि स्वाद र पहाडी क्षेत्रबाट आयत गरिएको भन्दा केही सस्तो भएपछि छुर्पीका पारखीहरुको राजाईंमा पदमले उत्पादन गरेको छुर्पीले चर्चा पाउन थालेको स्थानियहरु बताउँछन् । उनले छुर्पी उत्पादन थाले सगै स्थानिय बजारमा समेत छुर्पीको माग बढ्न थालेको व्यवसायी पदमा बताउँछन् । उनले भने,‘पहिला देखिनै नेपाली बजारमा लोकप्रीय छुर्पी स्थानायि स्तरमै उत्पादन हुन थालेप

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,117 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलित महिलाको भेला तथा प्रशिक्षण सम्पन्न: सञ्जालको अध्यक्षमा भुषाल, सचिवमा देविका निर्वाचित

    धरान । धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिको आयोजना माघ १३ गते दलित महिला महिला सञ्जालको तेश्रो नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेश सांसद उमिता बराइलीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सांसद बराइलीले दलित महिलाहरुको काँधमा सिंगो दलित मुक्ति आन्दोलनको जिम्मेवारी आएको बताउँदै त्यसका लागि दलित महिलाहरुको क्षमता बृद्धि गर्नुपर्ने आवश्यकता भएको बताइन् । देशैभरका दलित महिला वडा सदस्यहरु नै दलित समुदायको प्रतिनिधि भएकोले अबको दलित मुक्ति आन्दोलनलाई सहि ढंगले अघि बढाउन दलित महिलाहरु नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । उनले दलित आन्दोलन छरपष्ट

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोदाममा राखिएको डेढ सय मन अलैँची रातारात गायब

    इटहरी: इटहरीको एक गोदामबाट डेढ सय मन अलैँची रहस्यमय ढङ्गले रातारात गायब भएको छ ।खोटाङ जिल्लाबाट ल्याइएको अलैँची जनता बस्तीको गोदाममा राखिएको थियो । गत पुस ४ गते राति नै इटहरी ल्याइएको अलैँची भोलिपल्ट खोजी गर्दा गोदाममा नभेटिएपछि रातारात गायब बनाइएको रहस्य खुलेको थियो । आफूहरू साहु भएको बताउँदै अलैँची मगाएर रातारात गायब बनाएपछि आफूहरू झुटो व्यापारीबाट ठगिएको भन्दै अलैँची किसान खोटाङका युवराज राईले यहाँस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा इटहरी प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ&nb

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,341 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा समूहका आ–आफ्नै दाबी, प्रदेशसभा बैठक अनिश्चित

    बिराटनगर: सत्तारुढ दल नेकपामा आन्तरिक द्वन्द्व बढेर प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भए पनि यसबारे दलहरूबीच नै छलफल भएको छैन । राजनीतिक रूपमा विभाजित नेकपाका दुवै समूहका आ-आफ्नै दाबी छन् । यही द्वन्द्वले प्रदेशसभा बैठक पनि अनिश्चित बनेको छ । नेकपा (प्रचण्ड-नेपाल समूह) प्रदेश १ का इन्चार्ज भीम आचार्यले काङ्ग्रेसले संविधानसभा विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरोधमा सङ्घर्ष सुरु गरिसकेकोले अब आफूहरूसँगै सहकार्य हुने जिकीर गरेका छन् । आचार्यले विराटनगरमा पार्टीले गरेको पत्रकार सम्मेलनमा अविश्वास प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कुन

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आन्दोलनबाटै संसद् पुनःस्थापित हुन्छ : भट्टराई

    इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले आन्दोलनबाटै प्रतिनिधिसभा पुनःस्थापना हुने धारणा राखेका छन् । यहाँ नेकपा (प्रचण्ड-नेपाल समूह) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् । संविधान बचाउनकै लागि एकपटक कडा आन्दोलन गर्नुपर्ने बताउँदै उनले सबै कार्यकर्तालार्ई कडा रूपले आन्दोलनमा सहभागी हुन आग्रह गरे । भट्टराईले भने, ‘आन्दोलनबाटै आगामी फागुन १५ गतेसम्ममा प्रतिनिधिसभा पुनःस्थापित हुन्छ ।’ संविधानमा हुँदै नभएको बाटो गएर प्रधानमन्त्रीले स्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ । नेता भट्टराईले जनताको ब

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • षड्यन्त्रको गन्ध आएपछि संसद् विघटन : पोखरेल

    इटहरी: नेकपा (ओली समूह) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकमा संविधानविरोधी चलखेल सुरू भएको गन्ध पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संसद् विघटन गरेको बताएका छन् । दुहबीमा बिहीबार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गणतन्त्र र सङ्घीयताविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएको गन्ध आएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको जिकीर गरे । जनताले निर्वाचनमा भारी मत दिएर ओलीलाई प्रधानमन्त्री बनाएको केही समयमै प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र रचेको सुइँको पाएपछि संसद् विघटनको विकल्प नरहेको उनको धारणा छ । पार्ट

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved