दलित महिलाको भेला तथा प्रशिक्षण सम्पन्न: सञ्जालको अध्यक्षमा भुषाल, सचिवमा देविका निर्वाचित

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिको आयोजना माघ १३ गते दलित महिला महिला सञ्जालको तेश्रो नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एक नम्बर प्रदेश सांसद उमिता बराइलीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सांसद बराइलीले दलित महिलाहरुको काँधमा सिंगो दलित मुक्ति आन्दोलनको जिम्मेवारी आएको बताउँदै त्यसका लागि दलित महिलाहरुको क्षमता बृद्धि गर्नुपर्ने आवश्यकता भएको बताइन् ।

देशैभरका दलित महिला वडा सदस्यहरु नै दलित समुदायको प्रतिनिधि भएकोले अबको दलित मुक्ति आन्दोलनलाई सहि ढंगले अघि बढाउन दलित महिलाहरु नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । उनले दलित आन्दोलन छरपष्ट भएको भन्दै महासंघ मार्फत् एकीकृत संघर्षको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा महिला सञ्जाल धरानकी अध्यक्ष चेतना श्रेङले समाजमा सबैभन्दा पछाडी पारिएका दलित महिलाहरु संगठित रुपमा नै सञ्जाल मार्फत् अघि बढ्नु सह्रानीय र उदाहरणीय भएको बताइन् ।

महिला सञ्जाल धरानमा दलित महिलाहरुको आवश्यकता रहेकोले दलित महिलाहरुको क्षमता विकासमा आफुहरुले सक्दो सहयोग गर्ने बताइन् ।

त्यसैगरी धरान उपमहानगरपालिकाकी महिला विकास अधिकृत अनुपा वाग्लेले दलित महिलाहरुको क्षमता विकासका लागि सञ्जाल निर्माण गरी नेतृत्वको अभ्यास भएको पाउँदा ज्यादै खुशी लागेको बताइन् । दलित विकास समितिले निर्वाचित दलित महिला वडा सदस्य र अन्य संघ संस्थामा रहेका महिलाहरुलाई सञ्जालमा आवद्ध गराएर उनीहरुको क्षमता बृद्धि गराएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय सदस्य गोविन्द दर्नाल विश्वकर्माले लामो समय दलित आन्दोलनमा लागेका पुरुषहरुलाई अवसर नदिई दलितको प्रतिनिधिका रुपमा महिलालाई मात्रै सहभागी गराएर उपल्लो जातका नेताहरुले फटाई गरेको जिकीर गरे ।

उनले उपल्लो जातका नेताहरुले चलाखीपूर्ण रुपमा दलित आन्दोलनलाई दमन गर्न खोजेको भए पनि दलित महिलाहरुको क्षमता विकास गराएर सम्पूर्ण दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन दलित विकास समितिले गरेको कार्य प्रशंसनीय रहेको बताए ।

प्रशिक्षण कार्यक्रममा दलित महिला सञ्जालकी पूर्व अध्यक्ष नरमाया परियारले दलित विकास समितिले धरानमा रहेका दलित महिला अगुवाहरुलाई एकै ठाउँमा भेला गरेर महिलाहरुको क्षमता विकासका लागि दलित महिला सञ्जाल बनाई त्यसको चलाएमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै समितिको प्रशंसा गरेकी छन् ।
बराह ग्रुपका सदस्य सचिव गंगा कालिकोटेले नेपालको संविधान, ऐन र कानूनले दिएको अधिकार प्रयोग गर्दै दलित महिलाहरुले आफ्नो समुदायको उत्थानका लागि निरन्तर लाग्नु पर्नेमा जोड दिएका थिए ।

सञ्जालको कार्यविधिका विषयमा दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले प्रशिक्षण दिएका थिए ।

उनले सो क्रममा कार्यपालिका अन्तर्गत दलित विकास समिति र समितिको पहलमा दलित महिला सञ्जालको गठन भएको बताए । प्रत्येक १ वर्षमा भेला गर्ने र एक आपसमा महिलाहरुका मुद्धामा छलफल तथा स्वतन्त्र गतिविधि सञ्चालन गर्न सक्ने उनले बताए ।

सञ्जालकी अध्यक्ष सावित्रा परियारको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रम सञ्जालकी प्रवक्ता देविका विश्वकर्माले सञ्चालन गरेकी थिइन् । सञ्जालकी उपाध्यक्ष उर्मिला परियारले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा विश्वकर्मा कल्याण सेवा समितिका उपाध्यक्ष जुद्ध लोहनी, दलित सेवा संघ सुनसरीका अध्यक्ष मणिराज सुनाम, नेपाल पत्रकार महासंघ सुनसरीका कार्यकारी सदस्य अनिता रसाइली, गैरसरकारी संस्था महासंघका महासचिव विनोद विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । धरानका २० वटै वडाका दलित महिला वडा सदस्य तथा धरानमा क्रियाशील दलित महिला अगुवाहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रशिक्षण पछि भएको दलित महिला सञ्जालको तेश्रो नगर भेलाले सकुन्तला भुषालको अध्यक्षतामा १७ सदस्यीय दलित महिला सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा पवित्रा सिवा रत्न, सचिव देविमाया विश्वकर्मा ९देविका०, सहसचिव गौरी बर्देवा, कोषाध्यक्षमा सुनिता सिन्चेउरी, सहकोषाध्यक्षमा रिता सुन्दास र प्रवक्तामा कञ्चन पाँचकोटी निर्वाचित भएका छन् ।

सञ्जालको सदस्यहरुमा क्रमशः शान्ति तिखत्री, मिना गजमेर, रिचा शंकर, अञ्जुला नेपाली, चन्द्रकला विश्वकर्मा, सिता रम्तेल, रेणुका विश्वकर्मा, नानीमाया विश्वकर्मा, एञ्जिला रम्तेल र सुशिला रसाइली निर्वाचित भएका छन् ।
माघ १३ गते होटर स्टार पूर्वीमा भएको महिला सञ्जालको निर्वाचन किशोर परियार प्रमुख आयुक्त, आयुत्त m विनोद विश्वकर्मा, बिजय अछामी र आयुक्त तथा प्रवक्ता तारा लामगादे रहेको निर्वाचन आयोगले निर्वाचन गराएको हो ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved