गोदाममा राखिएको डेढ सय मन अलैँची रातारात गायब ठगीमा संलग्न नाइकेको गोजीमा भेटियो पत्रकार परिचयपत्र

  • माघ १६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

इटहरी: इटहरीको एक गोदामबाट डेढ सय मन अलैँची रहस्यमय ढङ्गले रातारात गायब भएको छ ।खोटाङ जिल्लाबाट ल्याइएको अलैँची जनता बस्तीको गोदाममा राखिएको थियो ।

गत पुस ४ गते राति नै इटहरी ल्याइएको अलैँची भोलिपल्ट खोजी गर्दा गोदाममा नभेटिएपछि रातारात गायब बनाइएको रहस्य खुलेको थियो ।

आफूहरू साहु भएको बताउँदै अलैँची मगाएर रातारात गायब बनाएपछि आफूहरू झुटो व्यापारीबाट ठगिएको भन्दै अलैँची किसान खोटाङका युवराज राईले यहाँस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा इटहरी प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ । पक्राउ पर्नेहरूमा हाल झापाको बिर्तामोड-४ मा बस्ने खोटाङको जन्तेढुङ्गाका मातृकाप्रसाद पोख्रेल, दोलखाको बिगु-८ का दीपककुमार घिमिरे नाम बताउने केशव दाहाल, इटहरी-७ का सरोज बोहोरा र भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ का कमल थापा रहेको प्रहरीले बताएको छ ।

इटहरी प्रहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै चारैजनालाई सार्वजनिक गरेको छ । चारमध्ये मातृका र केशवको साथबाट सूचना विभागबाट जारी भएको पत्रकार परिचयपत्रसमेत बरामद भएको छ ।

इटहरीका डीएसपी अर्जुन केसीका अनुसार पीडितले उजुरी दिएलगत्तै ‘अपरेसन ब्ल्याक गोल्ड’ नाम राखेर अनुसन्धान सुरू गरिएको थियो । इटहरीका विभिन्न स्थानबाट चारजनालाई पक्राउ गरिए पनि अन्य भने फरार रहेको डीएसपी केसीले बताए ।

चारजनाको साथबाट आठ थान मोबाइल र त्यसमा प्रयोग भएका सिम कार्डसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये केशवको साथबाट सङ्घीय समाजवादी फोरम नेपालको सदस्यतापत्र पनि भेटिएको प्रहरीले बताएको छ ।

केशवले कृषक राईलाई फोन गरेर आफूठूलै व्यापारी भएको बताउँदै राम्रै रकम दिने भनी खोटाङबाट अलैँची मगाएको र रातारात अरूलाई नै बिक्री गरेको अनुसन्धानको क्रममा खुलेको पाइएको छ ।

ठूलो परिमाणमा अलैँची गायब भएको सूचना पाउनासाथ प्रदेश एक प्रहरी कार्यालय र इप्रका इटहरीका टोलीले एकैसाथ अनुसन्धान अघि बढाएका थिए । त्यस क्रममा पुस ४ गते यहाँ आइपुगेको अलैँची जनता बस्तीबाट राति नै हलगडा सारेर प्रतिमन २५ हजार रुपैयाँका दरले अरूलाई बिक्री गरेको भेटिएको थियो ।

अलैँची लिएर खोटाङको साकेला गाउँपालिका-२ का युवराज राई पनि यहाँ आएका थिए । ठगी गर्ने समूहले त्यस दिन राति भएको बताउँदै पैसा लिन बिहान आउनू भनी राईलाई पठाएर रातारात अलैँची अन्यत्रै सारेको थियो । बिहान पैसा लिन जाँदा गोदाममा ताला लगाइएको र पटक-पटक फोन गर्दा पनि स्वीच अफ भएको पाइएपछि ठगिएको पक्का भएको थियो ।

पक्राउ परेका चारैजनाविरूद्ध डाका, चोरी, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र सङ्गठित अपराध ऐनअन्तर्गत म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी केसीले बताए ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved