विराटनगर / प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको शिवसताक्षीमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्याको ८ सय ३५ पुगेको छ । प्रदेश १ मा आज ३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २ पुरुष र १ महिला डिस्चार्ज भएको अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।
विराटनगर । प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ । प्रदेश १ सरकारले बाल अधिकार रक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न विधेयक ल्याएको थियो । सामाजिक विकास समितिमा दफावार छलफलपछि त्यसको प्रतिवेदन सदनमा प्रस्तुत भएपछि बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए । प्रदेश औद्योगिक व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन तथा वातावरण समितिबाट दफावार छलफल भई संशोधन भएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले विधेयक पारित गरियोस भनि प्रस्ताव पगरेका थिए । यो वि
विराटनगर । ब्रिटिस, भारत र सिंगापुर लाहुरेमा कार्यरत रही रिटार्यड भएका पूर्वगोर्खा सैनिक(लाहुरे) को भत्ता काटेको विषयमा प्रदेश संसदका संघीय सरकारको चर्को आलोचना भएको छ । प्रदेश १ को बुधबार संसद बैठकमा बोल्ने सांसदले लाहुरेको भत्ता काटिएको विषयलाई जोडदार रुपमा उठाएका छन् । नेकपाकी सांसद खिनु लङ्वा लिम्बूले “भूतपूर्व गोर्खा सैनिकको भत्ता किन कटाएको ?” भन्दै संघीय सांसदलाई प्रश्न गरिन । उनले पेन्सन अरु देशबाट आउने गरेको तर त्यसमा नेपाल सरकारको योगदान नरहेको भन्दै सामाजिक सुरक्षा वापतको भत्ता नदिन गरिएको निर्णय व्यवहारिक नभएको भन्दै टिप्पणी गरिन । राजसपाका जयराम यादवले अहिले धानखेती
इलाम / चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामा फेरी चियाको मूल्यमै विवाद शुरु भएको छ । नगरका केही उद्योगहरुले किसानको फस्ट फल्सको चिया मुल्य निर्धारण नै नगरी खरिद गरे । जेठको अन्तिम साताबाट केही उद्योगले चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेर किसानहरुलाई रसिद थमाइदिए । त्यसपछि किसानहरुले नगरले बनाएको गुणस्तरिरय चिया सम्बन्धी मापदण्ड अनुसार न्युनतम ४० रुपैया मूल्य पाउनुपर्ने माग राख्दै जेठ २६ गते नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाए । उक्त ज्ञापन पत्र पाएपछि नगरपालिकाले अनुगमा नरेर
धनकुटा / नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकारहरुलाई विपद्को बेला सहयोग गर्ने उद्देश्यले अक्षय कोषको स्थापना गरेको छ । महासंघले २ लाख २ हजार २ सय २२ रुपैयाँको अक्षयकोष स्थापना गरेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताए । केही बर्ष अगाडी स्थापना गरेको १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोषलाई बढाएर २ लाख २ हजार २ सय २२ रुपैयाँ पुर्याएको अध्यक्ष श्रेष्ठले बताए । महासंघले आफ्नो कार्यालयको दुई महिनाको सटर भाँडा समेत नलिने निर्णय छ । कोरोना भाइरस र लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई महासंघको तर्फबाट सहयोग गरेको र अक्षयकोष स्थापना गर्दा सहयोग गर्ने सब
इलाम / सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउछ भन्ने आसा बोकेका इलामका जनता जनप्रतिनिधि आउनु भन्दा पहिले भन्दा जनप्रतिनिधि आएपछि खनिएका बाटा जताततै भत्किएपछि निरास बनेका छन । पहिले सोलिङ गरेर हिउँद वर्खौ यतायात सञ्चालन हुने गरि बनाएका सडक जनप्रतिनिधि आएपछि सडक स्तरोन्नतिका नाममा सबै सोलिङ भत्काएको र केहि दिनदेखि परेको लगातारको वर्षाका कारण यातायात सञ्चालनमा समस्या भएको छ । यातायात सञ्चालन नभएपछि इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको हो । ग्रामीण क्षेत्रका अधिकाशं सडकमा गएको बाढि र पहिराले सडक अवरुद्ध बनेपछि यातायात सञ्चालन हुन समस्या भएको हो । इलामबाट माईपोखरि जाने बाटो पहिले सोलिङभएका
विराटनगर । प्रदेश नं १ मा यस वर्ष हालसम्म ८२ दशमलव ५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार गतवर्ष समग्रमा ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्ष मनसुनको प्रभाव तथा सिंचाइको सुविधाले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयका निमित्त निर्देशक प्रकाश डाँगीले जानकारी दिए । उनका अनुसार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमीनमा १९ हजार १ सय ८७ हेक्टर जमीनमा अर्थात् ८० प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुट्टा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार
काठमाडौं / सुनको मुल्य वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १३ सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुुनको भाउ प्रतितोला १३ सयले बढेपछि तोलाको ९४ हजार रुपैयाँ कायम भएको हो । त्यस्तै , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।
धनकुटा / देशको अवस्था र कृषिमा संम्भावना समेटेर कृषि अभियान्ता तथा लेखक जीवन प्रसाद राईको १९ औं कृति समृद्धिका आधार पुस्तक सार्वजनिक गरेका छन् । नेपालका ७७ जिल्लाका कुना कुनामा पुगेर कृषिबाट समृद्धि पस्कन सकिने विषयवस्तु राईको पुस्तकमा समेटिएको छ । पुस्तकमा ठाँउ अनुसारको उत्पादनलाई जोड दिएको छ । उक्त पुस्तक ७ वर्ष ९ महिना १९ दिन लगाई देश घुमेर तयार पारिएको कृषिसँग सम्बन्धित विषयवस्तु समेटिएको राईले बताए । २०६७ साल माघ महिनाबाट सुरु गरिएको यात्रा २०७५ सालमा ७७ जिल्लाका २ सय ६६ वटा नगरपालिका र ३ सय ७९ वटा गाँउपालिका पुगेर अन्त्य भएको राईले बताए । पुस्तकमा सात वटै प्रदेशको बारेमा कुन प्रदेश भन्दा
सुनसरी । सरकारले मंगलबार मध्यराती देखि लकडाउनको अन्त्य घोषणा गरे पछि आज बुधबारबाट त्रिभुवन विश्वविद्यालय मातहतका सबैक्याम्पसहरु संचालनमा ल्याउने निर्णय गरेको छ । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको हो । सरकारले लकडाउन अन्त्यको घोषणा गरे पछि विश्वविद्यालयले आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय भएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशै अ