समाचार

    Showing 7,961-7,970 of 10,049 items.
  • मध्य माघमा सुनवर्षीमा सुरु भयो रोपाइँ

    विराटनगर: माघको कठ्याङ्ग्रिँदो जाडोमा मोरङको दक्षिणी क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । खेत हिल्याउने, बीउ काढ्ने र रोपाहारले धान रोप्ने गरेको दृश्य अहिले मोरङको सुनवर्षी क्षेत्रमा देख्न सकिन्छ । रङ्गेली नगरपालिका-६ का मधुवनी चोक, ननकार टोल र सुनवर्षी नगरपालिका–५ को झिङ्गी टोलमा वर्षैपिच्छे माघको मध्यमा रोपाइँ हुन्छ । ती क्षेत्रका किसानलाई अहिले धान रोप्ने व्यस्तता छ । माघको कठ्याङ्ग्रिँदो जाडोमा धान रोप्न महिलाहरू बिहानै मेलोतिर निस्कने गर्छन् । मानौ मुखिया धान रोप्न बिहानै देत पुग्छिन् । विगतमा पनि उनले माघमा धान रोप्ने गरेकी थिइन् । ‘मज

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 996 पटक पढिएको
    • "कोशीपत्र संवाददाता"
  • अरूण तेस्रोको काम ४० प्रतिशत सम्पन्न

    संखुवासभा : यहाँ निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न चार सय २९ मिटरको सुरुङमार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका थिए । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइएको बताइएको छ । बाँधस्थल मकालु गाउँपालिका–५ को फ्याक्सिन्दा र

    • प्रकाशित मितिः माघ २०, २०७७
    • 840 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास

    विराटनगर÷ सरकारले मोरङको सुन्दरहरैँचा नगरपालिकामा सरुवा रोग उपचार अस्पताल सञ्चालन गर्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सोमबार अस्पताल शिलान्यास गरेका छन् । अस्पताल ५० शैय्याको प्रादेशिक स्तरको हुने मन्त्री ढकालले जनाए । सुन्दरहरैँचा–११ मा अस्पताल निर्माण हुनेछ । सरुवा रोगको उपचार गर्न प्रादेशिक अस्पतालको आवश्यकता महसुस भइरहेको सन्दर्भमा सुविधासहितको अस्पताल निर्माणको थालनी गरिएको मन्त्री ढकालले बताए । उनले अस्पतालबाट मोरङसहित प्रदेश १ भरिका नागरिकलाई सहयोग पुग्ने बताए । प्रदेश सरकारका सामाजिक विकास मन्त्री हिक्मत कार्कीले मोरङको पूर्

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 1,129 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रभावकारी बन्दै प्रहरीको सेफ्टी पिन अभियान

    इटहरी÷ के तपाईं सार्वजनिक रूपमा यात्रा गर्दा कुनै सवारी साधनले दुःख दिएको छ वा बस कर्मचारीले यौनजन्य गतिविधि गरेको छ ? अथवा तपाईंमाथि कुनै प्रकारको अभद्र व्यवहार गरिरहेको छ ? त्यसो हो भने अब नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, त्यस्तालाई तुरून्त कार्वाही गर्ने प्रहरीले जनाएको । केही सातायता इटहरी प्रहरीले विभिन्न स्थानमा यस्तै अभियान चलाइरहेको छ । सार्वजनिक सवारी साधनहरूमा हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको यो अभियान अहिले प्रभावकारी पनि बन्न थालेको छ । सवारी साधनमा यात्रा गर्दा कसरी यौन हिंसामा परिन्छ र त्यस्तालाई कस्तो कार्वाही हुन्छ भन्ने विषयमा प्रहरीले व

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 1,025 पटक पढिएको
    • "तेजबहादुर बन"
  • बेलबारीमा स्वास्थ्य शिविर सुरु

    बेलबारी÷ अपाङ्गता भएका व्यक्तिहरूका लागि बेलबारी नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत नगरपालिकाले २ नम्बर वडाबाट आइतबार शिविर सुरु गरेको हो । शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषणसम्बन्धी परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार हाडजोर्नीको शल्यक्रिया र हातखुट्टा बाङ्गिएको भए उपचारका लागि रेफर गरिनेछ । यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री र अपाङ्गता परिचयपत्रसमेत वितरण गरिने विश्वकर्माले बताए । नगरपालिकाले शिविरमा सहभागी हुन अपाङ्गता भएका व्यक्तिहर

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 1,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना र राजनीतिक अस्थिरताले विकासका काम रोकिए

    धरान: कोभिड १९ कोरोना र राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र प्रभावित भएस“गै विकास निर्माण कामहरु समेत ठप्प भएका छन् । कोरोनाका कारण समयमै बजेट निकासा नहुदा यस्ता विकास निर्माण प्रभावित भएको हो भने राजनीतिक अस्थिरताले थप जटिलता निम्त्याउ“दा यस्ता विकासका निर्माणहरु प्रभावित बनेका हुन् । यसको प्रत्यक्ष उदाहरण बनेको धरान ६ पानबारीबाट मोरङको राजारानीसम्म बन्दै गरेको सडक आयोजना । १ हजार ८ सय ४० मिटर दूरीको काममा हालसम्म ३ सय मिटर कच्ची सडक र ड्रेनको काम सम्पन्न भएका छ । एक बर्षको अवधिमा अर्थात ०७७ असार ३ गते सम्झौता भई काम शुरु भएको ०७८ जेष्ठ २३ गते सम्पन्न ग

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 854 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • माघ २५ गते बोलाइयो प्रदेशसभा बैठक

    विराटनगर÷ प्रदेश १ को प्रदेशसभा बैठक यही माघ २५ गते बस्ने तय भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशन गरी माघ २५ गते २ बजेको लागि बैठक बस्ने जानकारी दिएको छ । माघ ७ गते करीब तीन मिनेट बसेर अर्को सूचना नहुन्जेलसम्मका लागि भन्दै बैठक स्थगन गरिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको शुभकामना सन्देश पढेर बैठक स्थगन गरेका थिए । नेकपाको विवाद र मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण प्रदेशसभा बैठकलाई बाहिरबाट समेत निक्कै महŒवका साथ हेरिएको छ । नेकपाभित्र चलेको एक समूहले अर्कोलाई कार्वाही गर्ने शृङ्खलाबीच फेरि बस्न लागेको बैठकको विषय

    • प्रकाशित मितिः माघ १९, २०७७
    • 1,241 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चलचित्रकर्मीद्वारा न्यानो कपडा वितरण

    धरान÷ नेपाल चलचित्रकर्मी महासङ्घको १ नम्बर प्रदेश समितिले विपन्न तथा असहायहरूलाई न्यानो कपडा र कम्बल वितरण गरेको छ । समितिले शनिबार धरानको सरस्वती बाल आश्रम, इटहरीको मायाघर र विराटनगरको मानव सेवा आश्रममा पुगी त्यहाँ आश्रितहरूलाई न्यानो कपडा वितरण गरेको महासङ्घका प्रदेश अध्यक्ष अरूणकुमार प्रधानले जनाए। त्यस क्रममा बाल आश्रममा आश्रित ३० बालबालिका, मायाघरमा आश्रित एक सय १० र विराट वृद्ध आश्रममा आश्रित एक सय ४० जनालाई न्यानो कपडा वितरण गरिएको उनले बताए । अध्यक्ष प्रधानले यस्ता कार्यमा अझ क्रियाशील हुने बताए । विराटनगरको कार्यक्रममा हाल जापानमा बस्ने चलचित्रकर्मी विनोद बुढाथोकीले वृद्ध आश

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भीरबाट लडेर एकको मृत्यु

    सङ्खुवासभा÷ भीरबाट लडेर शनिबार राति सङ्खुवासभाका एकजना पुरुषको मृत्यु भएको छ । सभापोखरी–३, फुकामका ५२ वर्षीय सूर्यबहादुर घलेको मृत्यु भएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पावाबाट घर फर्कने क्रममा बालिङ्गे भीरबाट लडेर घलेको मृत्यु भएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए ।

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीर गोर्खा पत्रकारिता पुरस्कार घोषणा

    धरान÷ गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिने भएको छ । धरान–१८ को रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले आइतबार पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पुरस्कार घोषणा गरेको छ । सेन्टरले प्रेस युनियन, धरान नगर समितिको सहकार्यमा सम्मान तथा पुरस्कारको घोषणा गरेको हो । अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पु¥याएको योगदान एवम् सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने पत्रकारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिने सेन्टरका प

    • प्रकाशित मितिः माघ १८, २०७७
    • 1,198 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved