धरान÷ गोर्खा भर्तीमा हुने गरेका अनियमितता तथा दलाल प्रवृत्तिविरुद्ध कलम चलाउने पत्रकारहरूलाई सम्मान गरिने भएको छ ।
धरान–१८ को रत्न चोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले आइतबार पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पुरस्कार घोषणा गरेको छ । सेन्टरले प्रेस युनियन, धरान नगर समितिको सहकार्यमा सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।
अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पु¥याएको योगदान एवम् सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने पत्रकारहरूलाई सम्मानस्वरूप पुरस्कार प्रदान गरिने सेन्टरका प्रबन्ध निर्देशक पे्रमकुमार राईले बताए ।
दुईजना पत्रकारलाई क्रमशः नगद २० हजार र १५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिने उनले जनाए ।
यी पुरस्कार प्रत्येक वर्ष वैशाख १ गते प्रदान गरिने जनाइएको छ । कार्यक्रममा पक्षाघातबाट पीडित पत्रकार दिलीप राईलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।