इटहरी÷ के तपाईं सार्वजनिक रूपमा यात्रा गर्दा कुनै सवारी साधनले दुःख दिएको छ वा बस कर्मचारीले यौनजन्य गतिविधि गरेको छ ? अथवा तपाईंमाथि कुनै प्रकारको अभद्र व्यवहार गरिरहेको छ ? त्यसो हो भने अब नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, त्यस्तालाई तुरून्त कार्वाही गर्ने प्रहरीले जनाएको ।
केही सातायता इटहरी प्रहरीले विभिन्न स्थानमा यस्तै अभियान चलाइरहेको छ । सार्वजनिक सवारी साधनहरूमा हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको यो अभियान अहिले प्रभावकारी पनि बन्न थालेको छ । सवारी साधनमा यात्रा गर्दा कसरी यौन हिंसामा परिन्छ र त्यस्तालाई कस्तो कार्वाही हुन्छ भन्ने विषयमा प्रहरीले विभिन्न क्षेत्रमा सन्देश दिने गरेको छ ।
इलाका प्रहरी कार्यालयले इटहरी–१२ को खनारमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सार्वजनिक सवारी साधनहरूमा हुने यौन अपराधका विषयमा जानकारी दिँदै त्यस्ता घटनाबाट पीडित हुँदा अपनाउनुपर्ने सावधानीबारे अन्तत्र्रिmया गरिएको थियो ।
कार्यक्रममा इटहरीका डीएसपी अर्जुन केसीले सो अभियानबारे प्रकाश पारेका थिए । बन्दाबन्दीका कारण रोकिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिन नयाँ अभियान थालिएको बताइएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत केही सातायता ‘सेफ्टी पिन क्याम्पेन’ चलाइएको डीएसपी केसीले जनाए । यसअन्तर्गत विभिन्न वडामा रहेका स्थानीय तथा किशोरी र जनप्रतिनिधिहरूसँग अन्तत्र्रिmया गरिरहेको उनले बताए । यसो गर्दा समुदायसँग प्रहरीको आत्मीयता बढ्ने र समाजलाई सुधार गरी अपराधरहित बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
खनारमा आयोजित अन्तत्र्रिmयामा उपस्थित सबैले कार्यक्रमको स्वागत गरेका थिए । यस्तो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो स्थानबाट भरपूर्ण सहयोग गर्नुपर्ने स्थानीयको भनाइ छ ।