प्रभावकारी बन्दै प्रहरीको सेफ्टी पिन अभियान

  • माघ १९, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी÷ के तपाईं सार्वजनिक रूपमा यात्रा गर्दा कुनै सवारी साधनले दुःख दिएको छ वा बस कर्मचारीले यौनजन्य गतिविधि गरेको छ ? अथवा तपाईंमाथि कुनै प्रकारको अभद्र व्यवहार गरिरहेको छ ? त्यसो हो भने अब नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्नुस्, त्यस्तालाई तुरून्त कार्वाही गर्ने प्रहरीले जनाएको ।

केही सातायता इटहरी प्रहरीले विभिन्न स्थानमा यस्तै अभियान चलाइरहेको छ । सार्वजनिक सवारी साधनहरूमा हुने यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको यो अभियान अहिले प्रभावकारी पनि बन्न थालेको छ । सवारी साधनमा यात्रा गर्दा कसरी यौन हिंसामा परिन्छ र त्यस्तालाई कस्तो कार्वाही हुन्छ भन्ने विषयमा प्रहरीले विभिन्न क्षेत्रमा सन्देश दिने गरेको छ ।

इलाका प्रहरी कार्यालयले इटहरी–१२ को खनारमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सार्वजनिक सवारी साधनहरूमा हुने यौन अपराधका विषयमा जानकारी दिँदै त्यस्ता घटनाबाट पीडित हुँदा अपनाउनुपर्ने सावधानीबारे अन्तत्र्रिmया गरिएको थियो ।

कार्यक्रममा इटहरीका डीएसपी अर्जुन केसीले सो अभियानबारे प्रकाश पारेका थिए । बन्दाबन्दीका कारण रोकिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिन नयाँ अभियान थालिएको बताइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत केही सातायता ‘सेफ्टी पिन क्याम्पेन’ चलाइएको डीएसपी केसीले जनाए । यसअन्तर्गत विभिन्न वडामा रहेका स्थानीय तथा किशोरी र जनप्रतिनिधिहरूसँग अन्तत्र्रिmया गरिरहेको उनले बताए । यसो गर्दा समुदायसँग प्रहरीको आत्मीयता बढ्ने र समाजलाई सुधार गरी अपराधरहित बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।

खनारमा आयोजित अन्तत्र्रिmयामा उपस्थित सबैले कार्यक्रमको स्वागत गरेका थिए । यस्तो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो स्थानबाट भरपूर्ण सहयोग गर्नुपर्ने स्थानीयको भनाइ छ ।

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved