धरान: कोभिड १९ कोरोना र राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र प्रभावित भएस“गै विकास निर्माण कामहरु समेत ठप्प भएका छन् ।
कोरोनाका कारण समयमै बजेट निकासा नहुदा यस्ता विकास निर्माण प्रभावित भएको हो भने राजनीतिक अस्थिरताले थप जटिलता निम्त्याउ“दा यस्ता विकासका निर्माणहरु प्रभावित बनेका हुन् ।
यसको प्रत्यक्ष उदाहरण बनेको धरान ६ पानबारीबाट मोरङको राजारानीसम्म बन्दै गरेको सडक आयोजना । १ हजार ८ सय ४० मिटर दूरीको काममा हालसम्म ३ सय मिटर कच्ची सडक र ड्रेनको काम सम्पन्न भएका छ । एक बर्षको अवधिमा अर्थात ०७७ असार ३ गते सम्झौता भई काम शुरु भएको ०७८ जेष्ठ २३ गते सम्पन्न गर्ने भनिए पनि कोरोनाका कारण समयमै बजेट निकासा नहुदा काम रोकिएको थियो ।
करिब १० लाख रुपैया खर्च भइसकेको बताएका निर्माणको जिम्मा पूजा निर्माण सेवाले जनाएको छ । १ करोड १८ लाख ५३ हजारमा सम्पन्न हुने भनिएको सो सडक पछिल्लो राजनीतिक घट्नाक्रमले बजेट निकासा नहुदा रोकिएको उपभोक्ता समितिका सचिव राजेन्द्र न्यौपानेले् बताए । उनले भने,‘ कोरोनाका कारण त्यसै पनि काम ढिला भयो, केही सहज भएको थियो, फेरि राजनीतिक अस्थिरता बढ्यो, जसले गर्दा काम अवरुद्ध बन्यो ।’
कोरोना संक्रमण र राजनीतिक अस्थिरताका कारण सडक समयमै बन्न नसकेको उनको भनाई छ । उनले सडक निर्माण अलपत्र पारेर ठेकेदार हिडेको आरोप लगाए ।
यता स्थानीयहरु समेत बाटो बन्ला र पानबारी र राजारानी पर्यटकी स्थल हुनेमा ढुक्क थिए ।
तर अहिले बीचैमा निर्माणको काम रोकिएपछि उनीहरुमा बाटो बन्ने हो या होइन अन्यौलता छाएको छ । स्थानीय भैरवबहादुर राना मगरले बाटो बनेपछि स्थानीयलाई सहज होला भन्ने थियो तर बीचैमा काम रोखिएपछि त्यो आशा पनि हराएर गएको बताए । उनले भने,‘शुरु गरेको काम अनेक वहानामा रोकिनु हुदैन, सम्पन्न भएरै छाड्नुपर्छ ।’
यता निर्माण कार्य बीचैमा छाडेर गायव भएको पुजा निर्माण सेवाले भने प्रदेश सरकारले बजेट नपठाएकै कारण काम बीचैमा रोकिएको बताएको छ । शुरुमा कोरोना माहामारीले विभिन्न समस्य निम्त्याएको र पछि राजनीतिक खिचातानीका कारण प्रदेश सरकारले समयमै बजेट उपलब्ध गराउन नसक्दा समस्या भएको कम्पनीका ठेकेदार कुमार विश्वकर्माले बताए । उनले भने, ‘काम शुरु गरियो, ३० प्रतिशत काम सम्पन्न भयो, त्यसपछि प्रदेश सरकारले बजेट नै उपलब्ध गराएन ।’ उनले केही कच्ची सडक र डूेनको कामबाहेक अरु हुन नसकेको बताए ।
पछिल्लो समय कोरोनाका कारण रोकिएका विकास निर्माण कोरोनाबाट सहज बन्दै गएको अवस्थामा पुन देशमा भएको राजनीतक अस्थिरताले विकास निर्माणमा थप समस्या निम्तिएको हो ।