धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने परीक्षार्थीले ट्रायलमा सफल हुन नसके अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै ट्रायलको समयावधि बढाएर १८ महिनासम्म ट्रायल दिन पाउने निर्णय गरेको जानकारी दिएको हो । विभागले सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र त्यसबमोजिम हुने गरी विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरी ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ । यसअघि लिखित परीक्षा उत्तीर्ण गरे
विराटनगर/ राजवंशी समुदायले प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गर्दै विराटगरमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ । महाभारतकालीन पौराणिक इतिहास रहेकोे दाबी गर्दै राजवंशी समुदायका अगुवाले मत्स्य देशका राजा विराटसँग जोडिएका पौराणिक तथ्यको आधारमा प्रदेश १ को राजधानी विराट हुनुपर्ने माग गरेका हुन् । राजवंशी समाज उत्थान समितिले पत्रकार सम्मेलन गरी आफ्नो पहिचान जोगाउन सङ्घर्षका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेको छ । आदिवासी जनजाति प्रतिष्ठानमा छुट्टै सूचीकृत हुन पनि उनीहरू सङ्घर्षरत् छन् । अध्यक्ष भूवनेश्वर मण्डलले आगामी फागुन ६ गते विराटनगरमा बृहत् भेला आयोजना गरिने बताए । मोरङ, सु
धरान÷ नगरका महिलाहरूको साझा सङ्गठन महिला सञ्जाल धरानको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन आइतबार सम्पन्न भएको छ । महिलासँग सम्बन्धित धरान क्षेत्रमा रहेका ३५ वटा सङ्घ–संस्थाहरूको साझा सङ्गठनको रूपमा रहेको सञ्जालको गत असोज १६ गते सम्पन्न पाँचौँ अधिवेशनबाट पदाधिकारीहरू निर्वाचित भएका थिए । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष सविता राईले नवनिर्वाचित अध्यक्ष चेतना श्रेङलाई पद हस्तान्तरण गरेकी थिइन् भने अन्यलाई अबिर र माला लगाएर शुभकामना दिइन् । २०६६ सालमा स्थापना भएको सञ्जाल आजको दिनसम्म आउन थुप्रै चुनौतीहरूको सामना गरेको सञ्जालकी पूर्वसचिव कोपिला भट्टराईले बताइन्
इलाम÷ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) इलामले हत्यारालाई कारबाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो । देशमा पटक–पटक बलात्कारपछि बालिकाको हत्या भइरहँदा पनि हत्यारा पत्ता नलाग्नु लज्जास्पद भएको भन्दै तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । केही दिनअघि बैतडीकी एक बालिकामाथि भएको बलात्कार र हत
उदयपुर । परम्परागत रुपमा उत्पादन हुँदै आएको फापर र जुनेलो खेतीमा कमी आएको छ । प्रदेश नं १ को उदयपुरमा कुनै बेला प्रशस्त उत्पादन हुने फापर र जुनेलो खेतीमा किसानले रुचि देखाउन छाडेका छन् । जुनेलो र फापर लोप हुनुका कारण पत्तालगाई कृषकलाई उत्साहित बनाउनुपर्ने आवश्यकता देखिएको छ । विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार, रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा व्यापक रुपमा उत्पादन हुने गरेको फापर, जुनेलो हिजोआज खेती नै हुन छाडेपछि लोप हुँदै जान थालेका यस क्षेत्रका स्थानीय कृषक बताउँछन् । सात वर्षअघिसम्म वर्षमा १० मुरीभन्दा बढी जुनेलो उत्प
इलाम/ इलामको शहरी खानेपानी आयोजनाले ५७ करोड ९५ लाख रूपैयाँको लागतमा सुरु भएको आयोजनाबाट आगामी चार महिनाभित्र सदरमुकाममा पानी खसाल्ने बताएको छ । कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले काममा केही ढिला भए पनि चार महिनामा योजना सम्पन्न गर्ने गरी काम भइरहेको हो । ७५ प्रतिशत सम्पन्न सकिएको बताइएको छ । माईमझुवाका मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको आयोजनाका इन्जिनियर मेघराज धिमालले बताए । २३ किलोमिटर लामो पाइपलाइन रहेको आयोजनामा तीन किलोमिटर पाइपलाइन जडान गर्न मात्र बाँकी छ । तीनवटा सेडिमेन्टेसन ट्याङ्की जस्बीरेमा छन्
सुनसरी/ सुनसरीका विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका यादव समुदायका पत्रकारहरू संगठिन भएका छन् । पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरूको जिल्ला भेलाले जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्यीय यादव पत्रकार समाज गठन गरेको हो । इटहरीको तालतलैयामा भएको यादव पत्रकारहरूको भेलाले जयकृष्णको अध्यक्षतामा गठन गरेको समाजका उपाध्यक्ष आशिषकुमार यादव, सचिवमा दीपेन्द्र यादव, सहसचिवमा पारसमणि यादव र कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरूमा सन्तोष यादव, प्रमोद यादव, विनायकप्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दि
धरान / जन्मदिनको अवसरमा निशान देवी आधारभूतका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । स्वरोजगार कृषि सहकारी संस्थाका प्रदेश १ सचिव तथा हाम्रो युवा समाजका अध्यक्ष युवा नेता दिपक घिसिङले आफ्नो २९ जन्मोत्सवको अवसरमा धरान ५मा रहेको निशान देवी आधारभुत विद्यलायका विद्यार्थीहरु न्यानो कपडा वितरण गरेका हुन् । विहवार जन्मदिनको अवसर पारेर विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ६० जना विद्यार्थीहरुलाई न्यायो कपडा स्वीटर वितरण गरिएको घिसिङले बताए । उनले कार्यक्रममा जन्मदिनको अवसरमा सामाजिक काम गर्न पाउदा खुसी लागेको र आगामी दिनमा थप यस्ता काम गर्न हौसला मिलेको बताएका थिए । विद्यालय व्यवस्थापन
धरान । नेपाल पत्रकार महासघं सुनसरीले निस्पक्ष पत्रकारिता सहित अभिव्यक्ति स्वतन्त्रताका लागि प्रतिबद्ध रहने निर्णय पारित गर्दै १२ औ साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार महासघंको १२ औ साधारणसभा इटहरीको तालतलैयामा सम्पन्न भएको हो । वर्तमान राजनितिक संक्रमणको अवस्थामा सदैव नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गरेको छ । साधारणसभामा देशको वर्तमान अवस्थामा महासघंको आधाकारिक धारणा प्रष्ट हुनु पर्नेमा सदस्यहरुले धारणा राखेका थिए । बन्दसत्रमा समसायिक बिषयमा मुलुकको संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रति
धरान÷ धरानमा सुरक्षित आप्रवासन परियोजना (सामी) स्वीस सरकार र हेल्भाटस नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ । धरान उपमहानगरपालिका र युथ क्रियसनबीच गत वर्ष पुसमा सामी परियोजनासम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम धरानका वडा नं. ५, १४, १५ र १७ मा २४ हप्ताको वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन भइरहेको छ । गत मङ्सिर १२ गतेदेखि वडा नं. ५ मा हरेक शुक्रबार कुुलुङ भवनमा कक्षा सञ्चालन भइरहेको छ । यस्तै वडा नं. १४ मा सोमबार जर्मन भवनमा र वडा नं. १७ मा मङ्गलबार फोकल्यान्ड सामुदायिक भवनमा कक्षा सञ्चालन भइरहेको छ । १५ नं. वडामा भन