लाइसेन्सको ट्रायलमा फेल हुँदा १८ महिनासम्म मौका

  • माघ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने परीक्षार्थीले ट्रायलमा सफल हुन नसके अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै ट्रायलको समयावधि बढाएर १८ महिनासम्म ट्रायल दिन पाउने निर्णय गरेको जानकारी दिएको हो ।

विभागले सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र त्यसबमोजिम हुने गरी विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरी ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ ।

यसअघि लिखित परीक्षा उत्तीर्ण गरेको तीन महिनाभित्र तीनपटकसम्म ट्रायल दिन पाउने व्यवस्था रहेकोमा विभागले कोभिड–१९ का कारण लामो समयदेखि लिखित परीक्षा उत्तीर्ण गरेर ट्रायल परीक्षाका लागि रोकिरहेका सेवाग्राहीहरूको सुविधालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएको छ ।

यससँगै लिखित परीक्षा उत्तीर्ण गरेर प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकाले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved