धरान÷ धरानमा सुरक्षित आप्रवासन परियोजना (सामी) स्वीस सरकार र हेल्भाटस नेपालको प्राविधिक सहयोगमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन भइरहेको छ ।
धरान उपमहानगरपालिका र युथ क्रियसनबीच गत वर्ष पुसमा सामी परियोजनासम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम धरानका वडा नं. ५, १४, १५ र १७ मा २४ हप्ताको वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सञ्चालन भइरहेको छ । गत मङ्सिर १२ गतेदेखि वडा नं. ५ मा हरेक शुक्रबार कुुलुङ भवनमा कक्षा सञ्चालन भइरहेको छ ।
यस्तै वडा नं. १४ मा सोमबार जर्मन भवनमा र वडा नं. १७ मा मङ्गलबार फोकल्यान्ड सामुदायिक भवनमा कक्षा सञ्चालन भइरहेको छ । १५ नं. वडामा भने आइतबार गणतन्त्र सामुदायिक भवनमा कक्षा सञ्चालन भइरहेको छ ।
इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत उपकेन्द्र सञ्चालन भइरहेको युथ क्रियसनका अध्यक्ष अमर बहादुर राईले जनाए ।
धरानमा अहिलेसम्म वैदेशिक रोजगारमा आपूm ठगिएको उजुरी चारजनाले मात्र गरेको पनि उनले जनाए । उनले भने, ‘अहिले १४ जनाले मनोसामाजिक सेवा लिइरहेका छन् । उनीहरूमा सुधार हुँदै गएको छ ।’