हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

  • माघ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम÷ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) इलामले हत्यारालाई कारबाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो ।

देशमा पटक–पटक बलात्कारपछि बालिकाको हत्या भइरहँदा पनि हत्यारा पत्ता नलाग्नु लज्जास्पद भएको भन्दै तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । केही दिनअघि बैतडीकी एक बालिकामाथि भएको बलात्कार र हत्याको तुरुन्त छानबिन गर्न आग्रह गरिएको छ ।

बालिका भट्ट विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । माघ २१ गते बेपत्ता भएकी भट्टको भोलिपल्ट बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved