पत्रकार महासंघ सुनसरीलाई विवादमा ल्याउन नेकपा प्रचण्ड नेपाल समूह निकट प्रेस संगठनको अफवाह "प्रेस स्वतन्त्रताको लागि महासंघ प्रतिबद्ध"

  • माघ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपाल पत्रकार महासघं सुनसरीले निस्पक्ष पत्रकारिता सहित अभिव्यक्ति स्वतन्त्रताका लागि प्रतिबद्ध रहने निर्णय पारित गर्दै १२ औ साधारण सभा सम्पन्न गरेको छ ।

शुक्रबार महासघंको १२ औ साधारणसभा इटहरीको तालतलैयामा सम्पन्न भएको हो । वर्तमान राजनितिक संक्रमणको अवस्थामा सदैव नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने प्रस्ताव पारित गरेको छ । साधारणसभामा देशको वर्तमान अवस्थामा महासघंको आधाकारिक धारणा प्रष्ट हुनु पर्नेमा सदस्यहरुले धारणा राखेका थिए ।

बन्दसत्रमा समसायिक बिषयमा मुलुकको संविधान, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउन नदिन प्रतिवद्ध रहने उल्लेख गरेको छ । साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको पक्षमा महासंघ ढृदतापुर्वक उभिने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।

साधारणसभामा नेकपा प्रचण्ड(माधव निकट प्रेस संगठनका पत्रकारहरुले महासघंको साधारण सभाले गरेको निर्णयलाइ गलत देखाउन टिपोट समितिले प्रस्ताब गरेको सुझाबलाइ जबर्जस्ति पारित गरेको भन्दै सामाजिक संजालमा गलत अफवाह फैलाएर महासघंलाइ बिवाद ल्याउन खोजेको छ ।

टिपोट समितिमा रहेका नेकपा प्रचण्ड नेपाल निकट प्रेस संगठनका सुनसरी जिल्ला संयोजक श्रीशिशा राई, अग्रज पत्रकार भवानी बराल, प्रमोद यादबले राजनितिलाई जबर्जस्ति महासघंमा जोड्न खोजेका थिए ।

महासंघका उपाध्यक्ष सन्तोष काफ्लेले साधारणसभाको बन्दसत्रको माइन्युटमा उल्लेख भएको निर्णय र पारित प्रस्तावबाहेक अन्य केही निर्णय वा प्रस्ताव पारित नभएको बताए । उनले भने,‘टिपोट समितिबाट आएको प्रस्ताव हलबाट अस्वीकृत भयो, र माइन्युटमा जे निर्णय, प्रस्ताव पारित भएको छ ।’ बन्दसत्रले सचिब हिमाल दहालले पेश गरेको सागंठनिक प्रतिबेदन र कोषाध्यक्ष गोबिन्द बस्नेतले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारित गरेको थियो ।

१२ औं साधारणसभाको अवसरमा महासघंले ७ जना पत्रकारहरु लाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा धरान उपमहानगरपालिकाको सहयोगमा जनही २० हजार राशीको पत्रकारिता पुरस्कारबाट पत्रकार रणध्वज लोहार र रोहित राई पुरस्कृत भएका छन् । उनिहरुलाइ जनही २० हजार रुपैया सहित पुरस्कृत गरिएको हो । यस्तै, अग्रज पत्रकार डम्बरबहादुर कार्कीको स्मृतिमा महासंघले स्थापना गरेको १५ हजार राशीको डम्बर बहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार धरानका पत्रकार रत्नप्रसाद आचार्य पुरस्कृत भए ।

यसैगरि, महासंघकी उपाध्यक्ष सुभद्रा प्याकुरेलले छोराको स्मृतिमा स्थापना गरेको १० हजार राशीको रेमन्त स्मृति पुरस्कारबाट पत्रकार मिलन विछोड, महासंघ सुनसरीका पुर्वअध्यक्ष तथा स्वतन्त्रता सेनानी याम प्रधानको स्मृतिमा महासंघले स्थापना गरेको नगद १५ हजार राशीको याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट रञ्जना पौडेल पुरस्कृत भए । यस्तै, इनरुवा नगरपालिकाको सहयोगमा जनही २१ हजार राशीको पत्रकारिता पुरस्कारबाट लक्ष्मी दंगाल र धीरेन्द्र चौधरी पुरस्कृत भएका छन् ।

prastab

धरान सहित २१ स्थान ब ...

इटहरी/  नेपाल सरकारको गृह मन्त्रालयले तयार पा ...

ग्याबियन जाली विवाद ...

धरान/ धरान उपमहानगरपालिकामा ग्याबियन जाली राख्ने क ...

धरानबाट इटहरी लादैगर ...

इटहरी/धरानबाट इटहरीतर्फ ल्याउँदै गरिएको ठूलो मात्रामा ग ...

धरानमा देबऋषि आचार्य ...

धरान/सुनसरीको धरानमा स्थापना भएको देबऋषि आचार्य समाजको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved