सुनसरीमा यादव पत्रकार समाज गठन

  • माघ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/  सुनसरीका विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका यादव समुदायका पत्रकारहरू संगठिन भएका छन् ।

पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउने पत्रकारहरूको जिल्ला भेलाले जयकृष्ण यादवको अध्यक्षतामा १३ सदस्यीय यादव पत्रकार समाज गठन गरेको हो । इटहरीको तालतलैयामा भएको यादव पत्रकारहरूको भेलाले जयकृष्णको अध्यक्षतामा गठन गरेको समाजका उपाध्यक्ष आशिषकुमार यादव, सचिवमा दीपेन्द्र यादव, सहसचिवमा पारसमणि यादव र कोषाध्यक्षमा पप्पु यादवलाई चयन गरेको हो ।

त्यसैगरी सदस्यहरूमा सन्तोष यादव, प्रमोद यादव, विनायकप्रसाद यादव, सूर्यनारायण यादव, ममता यादव, उशिका यादव, दिनेश यादव र गणेश यादव चयन भएका छन् । भेलामा पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्ष राजेश विद्रोही यादवसहितको उपस्थिति थियो ।

शिक्षा र सामाजिक विकासका क्षेत्रमा अध्ययन, अनुसन्धान, प्रकाशन, प्रसारण, बहस तथा पैरवीसहित सबै तहमा गुणस्तरीय शिक्षा, जीवनपर्यन्त सिकाइकोे विकास एवम् विस्तारका लागि आमसञ्चार तथा पत्रकारिताको उच्चतम् सदुपयोग गर्दै छापा, रेडियो, टेलिभिजन, अनलाइनलगायतका सञ्चारमाध्यममा शिक्षा विधामा कार्यरत् पत्रकारहरूको हक, अधिकार संरक्षण तथा क्षमता अभिवृद्धिसमेत गर्न पत्रकारहरूको सहभागितामा सङ्घीयस्तरको यादव पत्रकार समाज गठन गरिएको उपाध्यक्ष आशिषले बताए ।

सुनसरीमा २५ जनाभन्दा बढी यादव पत्रकारहरू स्थानीय तथा राष्ट्रिय मिडियामा कार्यरत छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved