समाचार

    Showing 781-790 of 10,122 items.
  • प्रादेशिक अस्पतालमा श्रृंखलाबद्ध चोरी प्रकरण: तीन जना पक्राउ

    झापा/ भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका विभिन्न वार्ड र स्टोर रुमबाट तामाको पाइपदेखि औषधीसम्म चोरी हुने क्रम बढेपछि प्रहरीले गम्भीर रूपमा निगरानी बढाउँदै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो। पहिलो घटनामा रन्जित घोष (३७), भद्रपुर–६ लाई अस्पतालको पुरानो भवनको सर्जिकल वार्ड बाहिर जडान गरिएको अक्सिजन सप्लाई तामाको पाइप चोरी गरेको आरोपमा मिति २०८२।०७।२४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटना मिति २०८२।०७।०३ गते दिउँसो करिब १४:०० बजे

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 276 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बारामा जङ्गली हात्तीको आतंकः ट्रक चालकको मृत्यु

    रौतहट । बारामा जङ्गली हात्तीको आकस्मिक आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा हात्तीको आक्रमणमा परेर ट्रक चालकको ज्यान गएको हो। नाः४ ख १८३० नम्बरको ट्रक चलाइरहेका जितपुरसिमरा–१ निवासी अन्दाजी ४० वर्षीय राजकुमार चौधरीलाई हात्तीले आक्रमण गरेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ। प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता खेमप्रसाद नेपालका अनुसार ट्रकबाट झरेर बच्न जंगलतर्फ भाग्दै गर्दा करिब सय मिटर दक्षिणतर्फ हात्तीले चौधरीलाई समातेको थियो। हात्तीको आक्रमण अत्यन्त तीव्र भएको र उ

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा अवैध गाँजा उन्मूलन अभियान तीव्र: एकै दिन ११ हजारभन्दा बढी बोट फडानी

    विराटनगर/ कोशी प्रदेशमा अवैध गाँजा खेती तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान तीव्र बनेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा ठूलो मात्रामा गाँजाका बोट फडानी गरिएको छ। कार्तिक ২৩ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले धनकुटा–शहीदभूमी गाउँपालिका–५ मा करिब ५ रोपनी क्षेत्रफलमा खेती गरिएको झण्डै १० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले धनकुटा–चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट लागूऔषध ल्याउँदै गरेका दुई युवा पक्राउ

    झापा/ भारतबाट लागूऔषध नेपाल ल्याउँदै गर्दा झापाको दमकका दुई जना युवा पक्राउ परेका छन्। झापा गाउँपालिका–१ सालमारा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले प्रदेश १–०१–०१४ प ६९४० नम्बरको स्कुटीमा सवार दुवै युवालाई चेकजाँच गर्ने क्रममा करिब १ ग्राम ब्राउन सुगर, प्रयोग गरिएको सिरिन्ज, र नाइट्रोजनको आधा ट्याब्लेट बरामद गरेको छ। पक्राउ पर्नेहरूमा दमक–५ का २३ वर्षीय दिपेश ढकाल र दमक–१ का २७

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 474 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलमान घिसिङको ‘जनसेवा पार्टी’ आज घाेषणा गर्दै, मेयर बालेनकाे समर्थन

    काठमाडौँ/तीन महत्वपूर्ण विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आज सोमबार नयाँ राजनीतिक दल ‘जनसेवा पार्टी’ को औपचारिक घोषणा गर्न तयार छन्। उनी निकट स्रोतका अनुसार यसअघि दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढ़ाइनेछ। पार्टीको शीर्ष नेतृत्वमा को रहने भन्नेबारे अन्तिम निर्णय आज बिहान टुङ्गो लाग्नेछ। कुलमान स्वयं अध्यक्ष बन्ने कि पूर्व ऊर्जासचिव डा. अनुपकुमार उपाध्यायलाई नेतृत्व जिम्मा दिने भन्ने विषयमा छलफल तीव्र रहेको बताइएको छ। नयाँ पार्टीले ‘एक व्यक्ति, एक पद’ नीति कठोर रूपमा लागू गर्ने तय

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 410 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आधारभूत तह र युवा पुस्ताका भावना समेट्न नीति बन्छ : एमाले नेता शेरधन राई

    इनरुवा/जेनजी घटनापछि आधारभूत तह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ ।  जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ ।  वहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्यो

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुनर्स्थापना केन्द्रमा निर्मम कुटपिट: युवकले गुमाए ज्यान, ९ जना पक्राउ

    सुनसरी/  धरान–११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकमाथि गरिएको निर्मम कुटपिटका कारण ज्यान गएको घटनाले ठूलो रहस्योद्घाटन गरेको छ। घटनामा संलग्न रहेको आरोपमा केन्द्रका सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईलाई पुनर्स्थापना केन्द्रमै पाता कसेर, कम्मरमा कम्ब्याट लगाई, हात–खुट्टा बाँधेर लडाउँदै कुटपिट गरिएको पुनर्स्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा  देखिएकोइलाका प्रहरी कार्यालय धरानले जनाएको छ। गम्भीर घाइते भएका राईको उपचारका क्रममा ग

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 1,862 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङकी अंशु गौतम हत्या प्रकरण : शव फेला परेको दुई हप्ता बित्दा पनि अनुसन्धान शून्य

    सुनसरी/ मोरङको लेटाङबाट असोज २१ गते बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको  दुई हप्ता पूरा भएको छ। तर प्रहरी अनुसन्धानमा कुनै ठोस प्रगति नदेखिएको कारण स्थानीय समुदाय आक्रोशित र त्रसित बनेका छन्। अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनको घना जङ्गलमा अत्यन्तै दयनीय अवस्था—टाउको र शरीर छुट्टिएको, कपडा फुकालिएको र शरीरका भागहरू छिन्नभिन्न—मा फेला परेको थियो। घटनास्थल घरबाट करिब साढे ३ किमी दूरीमा पर्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोष्टमार्टम अनुसार टाउकोमा धारिलो हतियारले प्रहार भएको र रगत जमेको पाइएकाले यही मृत्युको मुख्य कारण म

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 658 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा सहायको सहयोग अतुलनीय

    धरान/  धरान–१९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायहरुको सहयोगी संस्था रूपमा समाजमा अगाडि उभिएसँगै सर्वत्र प्रशंसा बटुल्दै आएको छ । स्थापना भएदेखि नै केन्द्रले समाजमा रहेका अपांग र असहाय वर्गका व्यक्तिहरूका लागि खाद्यान्न वितरण, निःशुल्क स्वास्थ्य सेवा, बालबालिकाका लागि शिक्षाको पहुँच विस्तार र निःशुल्क शैक्षिक सामग्री वितरणजस्ता कार्यहरू निरन्तर गर्दै आएको छ । यही कारणले केन्द्र आज समाजमा अनुकरणीय संस्थाका रूपमा चिनिँदै गएको हो । धरान–१९ स्थित अपांग तथा असहाय केन्द्रले अपांग तथा असहायलाई हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यस संस्थाले विगतमा अस्वस्थहरू

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठान क्यान्सर उपचारका लागि अब्बल बन्दै

    धरान/  पुर्वी नेपालमा क्यान्सर उपचार सेवा सुरु गर्ने पहिलो संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आज क्यान्सर उपचारका लागि विश्वासिलो केन्द्र बनेको छ । तर क्यान्सर उपचारमा अत्यावश्यक मानिने रेडियो थेरापी सेवा प्रतिष्ठानमै उपलब्ध नहुनु गम्भीर चुनौतीका रूपमा रहेको चिकित्सकहरूले बताएका छन् । तीन दशकदेखि क्यान्सर उपचारमा सक्रिय प्रतिष्ठानले सीमित संरचना र स्रोतबीच पनि महत्वपूर्ण सेवा विस्तार गरेको गरेको छ । तर रेडियो थेरापी अभावले स्तन क्यान्सरसहितका धेरै बिरामीलाई अन्य अस्पतालमा पठाउनुपरेको स्तन क्यान्सर रोग विशेषज्ञ डा. शारदा खड्का बताछिन् । क्यान्सर विश्वभर नै गम्भीर

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved