दोस्रो संस्करणको अन्तराष्ट्रिय स्तरको बक्सिङ धरानमा हुँदै

  • माघ ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अन्तराष्ट्रिय बक्सिङ एशोेसिएशनद्धारा मान्यता प्राप्त प्रोफेसनल तथा एमाच्योर बक्सिङको दोस्रो संस्करण धरान फाइट नाइट माघ २३ गते धरानमा आयोजना हुँदैछ । 

धरान बक्सिङ संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर धरान फाइटनाइट प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ ।

देशभरीबाट १४ जना खेलाडीहरु सहभागी हुने प्रतियोगितामा अघिल्लो वर्ष सम्पन्न प्रतियोगितामा प्रथम हुनु भएका धराने बक्सर सिंहवीर लिम्बू सहित १४ बक्सरहरु रिङमा उतार्न लागिएको पत्रकार सम्मेलनमा संघका सचिव महेश आले मगरले जानकारी गराउनुभयो । 

माघ २३ गते शुत्रबार धरान १५ स्थित किरात याक्थुङचुम्लुङमा साँझ ४ बजेदेखि सुरुहुने प्रतियोगितामा प्रोफेशनल तर्फ सशस्त्र प्रहरी बल (एपिएफ) क्लव काठमाण्डौंका प्रदिप महर्जन, नाङजा बुढाम मगर सहभागी हुनुहुनेछ ।

नेपाल पुलिस क्लब काठमाण्डौंबाट प्रदिप पार्की, धरानका अनिष भूजेल, मनोज तामाङ, नक्साल क्लब काठमाण्डौंका रिवाज तामाङ रिङमा उत्रिने सचिव महेश आले मगरले जानकारी दिनुभयो । 
एमाच्योर तर्फ धरानबाट मौसम राईका विरुद्ध धनकुटाका अविनास राई, धरानका नामसाङलिम्बू विरुद्ध काठमाण्डौंका रोमश श्रेष्ठ, धरानका युनिक राई विरुद्ध काठमाण्डौंका वाङदी शेर्पा प्रतिपष्पर्धामा उत्रिनेछन् । 

त्यस्तै प्रोफेशनल तर्फ रमिशा श्रेष्ठ विरुद्ध नाङजा बुढा मगर बिच महिला खेलाडीहरुबीच प्रतिष्पर्धा हुनेछ । 

प्रोफेशनल तर्फ सिंहवीर लिम्बूका विरुद्ध प्रदिप महर्जन, अनिष भूजेल विरुद्ध रिवाज तामाङ, प्रदिप पार्की विरुद्ध मनोज तामाङबीच प्रतिष्पर्धा हुनेछ ।

प्रोफेशनल तर्फ प्रथम हुनेलाई ५० हजार दोस्रोलाई २० हजार त्यसैगरी एमाच्योर तर्फ प्रथमहुनेलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कार तथा ट्रफि प्रदान गरिने पनि पत्रकारसम्मेलनमा आयोजक संघका अध्यक्ष दिपक राईले जानकारी गराउनु भयो । 

सम्मेलन पहिलो ओलम्पियन तथा नेपाल बक्सिङमहासंघका उपाध्यक्ष, धरान बक्सिङका संरक्षक नरेन्द्र पोमो लिम्बूको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा अखिल नेपाल फूटवल संघका उपाध्यक्ष एवम् धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राई (झापाली), अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, कोशी बक्सिङ संघका उपाध्यक्ष अभिसेख श्रेष्ठ, सुनसरी बक्सिङ संघका अध्यक्ष सुधिरसिंह लिम्बू, सुनसरी बक्सिङ संघका प्रशिक्षक निमा तामाङ, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले लगायतका सहभागी रहनु भएको थियो । 

धरान फाइटनाट सम्पन्न गर्न धरान उपमहानगरपालिका एवम् धरान खेलकुद मञ्च, साथै पूर्व खेलाडीहरु (गंगाप्रसाद राई, राजेश गुरुङ, ज्योतिप्रसाद लिम्बू, नविन लिम्बू, अमृत लिम्बू, अरुण लिम्बू) लगायतका सहयोगमा कार्यक्रम सम्पन्न गर्न गरिरहेको संघका अध्यक्ष दिपक राईले बताउनुभयो । 

धरानको बक्सिङको विकासका लागि संघले धरानमा विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई निशुल्क प्रशिक्षणहरु दिइरहेको, धनकुटाका खेलाडीहरुलाई धरानमै आवासिय व्यवस्था सहित तालिम प्रदान गरिरहेको र भविष्यमा धरानलाई बक्सिङको क्षेत्रमा फरक पहिचान बनाउने उदेश्य सहित काम गरिरहेको धरान बक्सिङ संघका सचिव महेश आले मगरले जानकारी गराउनु भयो ।
 
 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved