समाचार

    Showing 7,861-7,870 of 10,049 items.
  • कुमारी जव र केसीएमआईटी कलेजबीच सम्झौता

    सुनसरी/  मानव संशाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा निरन्तर काम गरिरहेको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फर्मेसन टेक्नोलोजी (केसीएमआईटी) बीच सम्झौता भएको छ । विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सीपमूलक र जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसीएमआईटीबीच सम्झौता भएको हो । कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने कुमारी जबका प्रबन्ध निर

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,293 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटचौकमा भ्यान र मोटरसाइकल जुद्धा दुई जनाको मृत्यु

    विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्ना दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो । काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मिनी ब्राजिल’ को साख गिर्दै : खेल मैदानहरू मासिए, जोगिएका मैदानको अवस्था कमजोर

    धरान/ फूटबलप्रति स्थानीयको मोहका कारण केही वर्ष अघिसम्म धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको थियो । फूटबलप्रतिको लगाव र राज्यको लगानी कमजोर बन्दै गर्दा ‘मिनी ब्राजिल’ को उपमा जोगाउन धरानलाई सकस परिरहेको छ । पछिल्लो समय उपयुक्त खेलमैदानहरूको अभाव हुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । धराने युवामा फूटबलप्रतिको मोह कम भएको छैन तर पर्याप्त र पूर्वाधारयुक्त खेलमैदानहरू नहुँदा स्तरीय खेलाडीहरू उत्पादन हुन सकेको छैन । केही वर्ष अघिसम्म नगरमा जताततै फूटबलका अभ्यासहरू हुने गर्दथे । अहिले ती खेलमैदानहरू मासिँदै गएका छन् । भएका केही खेलमैदानमा पनि पूर्वाधार छैनन् । धरानभित्

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 999 पटक पढिएको
    • "कोशीपदिनेश गजमेर"
  • अदुवा किसानको पीडा: लगानीभन्दा कम मूल्यमा बिक्री

    इलाम/  गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिका–३ का किसान गिरिजा खनालले सधैँको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच मन (४० किलो) मात्र खेती गरेका थिए । तर त्यस वर्ष अदुवा प्रतिमन छ हजार रूपैयाँमा बिक्री भएपछि यस वर्ष उनले १५ मन अदुवा रोपे । गत वर्षजस्तै सोचेर खेती विस्तार गरेका खनाल यस वर्ष निराश बनेका छन । यस वर्ष अदुवाको भाउ ह्वात्तै घट्दा लागत मूल्यसमेत नउठेको उनी बताउँछन् । सोही स्थानकी चन्द्रकला गिरीलाई पनि गत वर्षको अदुवाको मूल्यले आकर्षित ग¥यो । उनले धानखेती हुने ठाउँमा अदुवा रोपिन् । मेहनतअनुसार अदुवा पनि राम्रै भयो तर मूल्य भने पाउन सकिनन् ।

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 766 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कुलतबाट मुक्त भएर सुधार केन्द्र चलाउँदै

    वराहक्षेत्र/  पन्ध्र वर्षसम्म लागूऔषध दुव्र्यसनमा फँसेका एक युवक अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनको यो कार्य धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ । वराहक्षेत्र–६ मा पर्ने चक्रघट्टीका ३८ वर्षीय अमृत पुलामी मगर अहिले रक्षा फाउन्डेसनमार्पmत् लागूऔषधविरुद्धको अभियानमा छन् । उनले सुधार केन्द्र खोलेर लागूऔषध प्रयोगकर्तालाई सुबाटोमा ल्याउने काम गर्दैछन् । उनको सुधार केन्द्र रामधुनीस्थित झुम्कामा छ । लागूऔषध प्रयोगमा लागेका मानिसलाई पुरानै अवस्थामा फर्काएर सामाजिकरूपमा सगौरव जीवन निर्वाह गर्न सक्ने बनाउन केन्द्र सञ्चालन गरेको उनी बताउँछन् । १५ जना क्षमताको सुधार के

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 758 पटक पढिएको
    • "संगम विष्ट"
  • वराहक्षेत्रमा युवा सङ्घको वडा कमिटी विस्तार

    वराहक्षेत्र/  नेकपा (प्रचण्ड–नेपाल समूह) को राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रले वडा कमिटी गठन गर्न थालेको छ । बिहीबार वडा नं. ३ कमिटी गठन गरेर शुरु गरिएको वडा कमिटी विस्तार कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. १ र २ मा पनि कमिटी गठन गरिएको छ । चतरास्थित बोलबम धर्मशालामा सम्पन्न १ र २ को संयुक्त भेलाले वडा नं. १ मा मनिष श्रेष्ठ संयोजक र वीरेन्द्र राई सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको नगर संयोजक सुरज भण्डारीले बताए । त्यस्तै, सोही भेलाले वडा २ को वडा संयोजकमा रामबहादुर राई र सागर लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ । नगर संयोजक भण्डारीको अध्यक्ष

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कानेपोखरीमा विद्युतीय खरिद प्रणाली लागू

    मोरङ/  कानेपोखरी गाउँपालिकामा शुक्रबार आठौं गाउँसभा शुरु भएको छ । गाउँसभामा छलफलका लागि ६ वटा विधेयक प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनाए । नेपालमा सङ्घीयताको अभ्यास नयाँ भएको हुँदा स्थानीय सरकारलाई प्रभावकारी वनाउन कानुनको अभाव रहेकोले कानुन निर्माणमा विशेष ध्यान दिएको अध्यक्ष काफ्लेको भनाइ छ । गाउँसभामा उपाध्यक्ष राजमती इङ्नामले चालू आवमा भएका विकास निर्माण तथा अनुगमनसम्बन्धी क्रियाकलापको समीक्षा प्रस्तुत गरिन् । यसैगरी २ नं. वडाध्यक्ष सुशिल बुढाथोकीले चालू आवको हालसम्मको आम्दानी र खर्चको विवरणबारे सभालाई जानकारी दिए । गाउँपालिकामा सेवा प्रवाहको गुणस्तरमा

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 1,051 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असफल पानबारीको डिपबोरिङ

    धरान । सिंचाई प्रयोजनका लागि खनिएका डिपबोरिङ धरानमा असफल बन्दै गएको छ । धरान ६ पानबारीमा ६ वटा डिप बोरिङ खनिए पनि स्थानीयहरु कृषिका लागि खोलाकै पानीको भर पर्नु पर्ने अवश्था रहेको छ । सबै डिपबोरिङहरु संचालनमा रहे पनि सिचाईका लागि प्रयोगमा नआएको पाइएको छ । ०७४ सालमा निर्माण शुरु भई दुई वर्षमा ६ वटै डिपबोरिङ संचालनमा ल्याइएको थियो । सिचाईलाई लक्षित बोरिङ खनिए पनि अहिले प्रयोग विहीन अवस्थामा पुगेका छन् । कृषकलाई सहज रुपमा सिंचाई गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका डिपबोरिङ आंशिक रुपमा मात्र सञ्चालनमा आउँदा कृषिकहरु सिंचाइका लागि खोलाको पानीको भर पर्नु परेको कृषकहरु गुनासो गर्छन् ।धरान उपमहानगरपाल

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 1,118 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मोटरहेड बाइकको थ्रीएस सोरुम बुटवलमा

    धरान – मोटरहेड बाइकको थ्रीएस सोरुम बुटवलमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाल अटो मेकानिस ट्रेड युनियन (नाटु) का अध्यक्ष जीनव अधिकारीले नयाँ सोरुमको अद्घाटन गरेका हुन् । बिक्री शुभारम्भको अवसरमा बुटवलस्थित उक्त सोरुममा फागुन २१ देखि २३ गते सम्म एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध हुने मोटरहेड बाइकको अधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«डका जनरल म्यानेजर उज्वल जोशीले बताए । यस अन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ मोटरहेड बाइक साट्न सकिने छ । यसका लागि बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने छ । नयाँ बाइकमा १० हजार रुपैयाँ छुट र निःशुल्क हेलमेट उपलब्

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरीका घटना गाउँभित्रै गुपचुप: प्रहरीसम्म पुग्दैनन् स्थानीय

    इटहरी/  एक साताअघि इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा दिउँसै ताला फुटाएर लाखौँ मूल्यको गरगहना तथा रकम चोरी भयो । अभियुक्तलाई चोरीका सामग्रीसहित प्रहरीले नियन्त्रणमा लियो । चोर नै समातिएपछि भण्डारीले आफ्ना गहना र रकम प्रहरीसँग माग गरिन् तर प्रहरीले कानुनी प्रक्रियामा गएको कारण तत्काल फिर्ता गर्न नसक्ने बतायो । त्यसपछि उनी आफ्नै सामान लिन झमेला व्यहोर्नुपरेको भन्दै प्रहरी कार्यालयबाट बाहिरिइन् । त्यस्तै, एक महिनाअघि इटहरी–३ को तालतलैया मार्गबाट एक विद्यार्थीको ल्यापटप र मोबाइल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिलाई इटहरी प्रहरीले ४८ घण्टाभित्रै सामानसहित नि

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 878 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved