धरान – मोटरहेड बाइकको थ्रीएस सोरुम बुटवलमा सञ्चालनमा आएको छ ।
शुक्रबार नेपाल अटो मेकानिस ट्रेड युनियन (नाटु) का अध्यक्ष जीनव अधिकारीले नयाँ सोरुमको अद्घाटन गरेका हुन् ।
बिक्री शुभारम्भको अवसरमा बुटवलस्थित उक्त सोरुममा फागुन २१ देखि २३ गते सम्म एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध हुने मोटरहेड बाइकको अधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«डका जनरल म्यानेजर उज्वल जोशीले बताए ।
यस अन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ मोटरहेड बाइक साट्न सकिने छ । यसका लागि बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने छ । नयाँ बाइकमा १० हजार रुपैयाँ छुट र निःशुल्क हेलमेट उपलब्ध हुनेछ ।
साथै,जोशीले कम्पनीको भिजन र विभिन्न मोडलका बाइकको वारेमा जानकारी गराउँदै सदैव ग्राहकको सेवामा समर्पित भइरहने बताए ।लुम्बिनी टु ह्विलर्सका म्यानेजिङ डाइरेक्टर सुनिल भुसालले ग्राहकलाई चाहिने सेवा र सुविधालाई मध्यनजर गर्दै आगामी दिनमा ग्राहकमुखी अफर र सेवा प्रदान गर्दै अगाडि बढ्ने बताए । आफूले समेत मोटरहेडको स्क्र्याम्ब्लर बाइक चढिरहेको र यसबाट प्रभावित भएरै डिलर सञ्चालन गर्न हौसिएको उनको जिकिर थियो ।
कार्यक्रममा नाटुका प्रदेशस्तरीय पदाधिकारी, मिडिया सहकर्मी र स्थानीय व्यक्तिहरुको सहभागिता थियो ।
नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ ।
त्यसैगरी एक्स टर्क र एमएच १५० आरको मुल्य क्रमशः ३ लाख ८० हजार र २ लाख ८८ हजार पर्छ ।