धरान मेघा हिमालयन कलेजका ए प्लस ल्याउने १३ विद्यार्थी सम्मानित

  • असार ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा_१२ को नतिजामा ए प्लस  (A+) ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सोमबार कलेज प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत सम्मान गरेको छ।

कलेजका अनुसार ए प्लस प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेका छन्।

सम्मान कार्यक्रममा ए प्लस प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए। अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट सम्मान ग्रहण गरेका थिए।

कलेजका अध्यक्ष राजेश बिद्रोही, शैक्षिक निर्देशक अर्जुन घिमिरे तथा शिक्षकहरू देवराज रेग्मी र प्रमोद श्रेष्ठलगायतले खादा, अबिर र सम्मानपत्र प्रदान गर्दै विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष बिद्रोहीले उत्कृष्ट नतिजा हासिल गराउन योगदान पुर्‍याउने सम्पूर्ण शिक्षकप्रति धन्यवाद व्यक्त गर्दै सफल विद्यार्थी तथा अभिभावकलाई बधाई दिएका थिए।

गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएकाले कलेजप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उनको भनाइ थियो।

उनले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अझ प्रभावकारी र सशक्त ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved