वराहक्षेत्रमा युवा सङ्घको वडा कमिटी विस्तार

  • फागुन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र/  नेकपा (प्रचण्ड–नेपाल समूह) को राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रले वडा कमिटी गठन गर्न थालेको छ । बिहीबार वडा नं. ३ कमिटी गठन गरेर शुरु गरिएको वडा कमिटी विस्तार कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. १ र २ मा पनि कमिटी गठन गरिएको छ ।

चतरास्थित बोलबम धर्मशालामा सम्पन्न १ र २ को संयुक्त भेलाले वडा नं. १ मा मनिष श्रेष्ठ संयोजक र वीरेन्द्र राई सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको नगर संयोजक सुरज भण्डारीले बताए । त्यस्तै, सोही भेलाले वडा २ को वडा संयोजकमा रामबहादुर राई र सागर लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।

नगर संयोजक भण्डारीको अध्यक्षतामा भएको भेलामा नेकपा (प्रचण्ड–नेपाल समूह) का प्रदेश सदस्य डीबी शाह शंकर, जिल्ला सचिवालय सदस्य तथा वराहक्षेत्र इन्चार्ज केशव तिम्सिना, सदस्य तथा इन्चार्ज पुष्प ढुङ्गाना, जिल्ला सदस्यहरू गणेश पाण्डे, लोकेश निरौला, सीताराम पराजुली, नेकपा वराहक्षेत्र नगर कमिटी अध्यक्ष कमल कटुवाललगायतका नेताहरू उपस्थित थिए ।

कार्यक्रममा हिरालाल गजमेर, सोमबहादुर राई र सुरेशमणि नेपाललगायतले वडा कमिटी गठनको औचित्यमा प्रकाश पारेका थिए । नडाहामा बिहीबार सम्पन्न भेलाले वाड नं. ३ कमिटी गठन गरेको थियो । नगर संयोजक भण्डारीका अनुसार संयोजक हामन विश्वकर्मा र सहसंयोजक दिव्यराज राई छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved