विराटनगर / प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ । प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पत
काठमाडौ / थप २ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना पुगेको छ । थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जका १ जना वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुष , पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षकी युवतीको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ।
धरान । कोरोनाको संक्रमण फैलिदै गएको अवश्थामा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट बिरामी रिफर भएर आउने क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय नहुँदा बिरामीले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा अन्य उपचारका लागि आउने बिरामीको सँख्या पनि बढिरहेको अवश्थामा कारोना संक्रमित बिरामीहरु समन्वय नगरी अन्य शहरका स्वास्थ्य केन्द्रहरुले पठाउने गरेका कारण प्रतिष्ठानले व्यवस्थापन गर्न कठिनाई भएको छ । समन्वयको अभावमा बिरामीले समस्या भोग्नु परेका कारण बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमणका बिरामीहरुलाई प्रतिष्ठान सँग समन्वय गरेर मात्रै पठाउन प्रतिष्ठानले आग्रह गरेको छ । बु
विराटनगर । सनराईज बैंक विराटनगर शाखाकी एक कर्मचारीले बैंकको कार्यकक्षमै विष सेवन गरेकी छन् । विराटनगर–७ मा अवस्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत विराटनगर–८ की ३० वर्षीय सनाज खतिवडा बुधबार मुसा मार्ने बिष सेवन गरेको अवस्थामा फेला परेपछि उपचारको लागि नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी बैंकको कर्जा विभागमा कार्यरत हुन । उनले ‘लुवान’ नामक विषाधी सेवन गरेको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बिषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पुर्याएका थिए । घटनास्थलबाट प्रहरीले लुवान नामक विषादी र ब्लेड पनि
धरान । कोरोना संक्रमण बढ्दै गए पछि धरान उपमहानगरपालिका समुदाय स्तरमै कोरोना परिक्षण मंगलबार देखि शुरु गरेको छ । पछिल्लो समय कन्ट्रयाक्ट टे«सिङ नभएका स्थानीयहरुमा पनि कोरोना संक्रमण देखिन थाले पछि २० वटै वडामा प्रतिनिधीमुलक कोरोना परिक्षणको लागि स्वाव संकलन गर्न थालिएको हो । मंगलबार देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पताल परिषरमा स्वाव संकलन गर्न थालिएको छ । कोरोना संक्रमण देखिएका वडाहरुलाई बढी प्राथमिकतामा राखेर बढी भिडभाड हुने क्षेत्रहरुका गरि ५ सय जना स्थानीयहरुको स्वाव संकलन गरिएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बत
बेलबारी / बेलबारी–१ का ५४ वर्षीय पदम श्रेष्ठ १४ बर्ष देखी ह्विलचेयरको सहारामा घरमै बसेर रोटीमेकर, विभिन्न साइजका ऐनाहरू, हातेपंखा,मदानि तराजु, मोवाइल स्टेन, लागतका घरायसि सामाग्रिहरु बनाउदै आउनु भएको छ । तर ति सामाग्रि बनाउनका लागि उनलाई निकै समस्या झेल्नु पर्यो । कारण एउटै थियो उपकरणहरुको अभाव । उपकरण नहुदाँ उहाँले भन्नु भयो भने जस्ता सामाग्रि समेत बनाउन समस्या हुन्थ्यो । एक दिन म घरमै आफनै काममा लागि रहेको थिए नगर प्रमुखले मलाईनै खोज्दै आउनु भएको रहेछ श्रेष्ठले भन्नु भयो उहाँले आएर मलाई सन्चो बिसन्चो सोध्दै तपाइले बनाउदै गर्नु भएका सामाग्रिलाई अझै राम्रो बनाउन केहि उपकरणहरुको आवश्यक छ
धरान । समुदाय स्तरमै कोरोना संक्रमण फैलिन थाले पछि सुनसरीको जिल्ला सुरक्षा समितीको बैठकले साउन २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले राती १२ बजे देखि साउन २६ गते राती १२ सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाभर बजार, पसल, यातायातका साधन पूर्णरुपमा बन्द हुने र सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । सुनसरीका इटहरी, इनरुवा, दुहबीले मंगलबार राती देखि नै लकडाउन घोषणा गरिसकेका छन् भने धरानले बुधबार राती देखि लकडाउन शुरु गर्ने निर्णय गरेको थियो । स्थानीय तहले घोष
विराटनगर । प्रदेश १ मा कोभिड १९ बाट ग्रस्त बिरामी उपचार गर्न बनाइएका अस्पताल र आईसोलेसन सेन्टर भरिभराउ भएका छन् । सरकारले व्यवस्थापन गरेका अस्पतालमा शैया अभाव हुन धेरै संक्रमित घरमै बसिरहेका छन् । विराटनगरमा पछिल्लो पटक फेला परेका संक्रमित अस्पतालमा बेड नै नपाइएपछि घरमै छन् । उनीहरुको व्यवस्थापन हुन नसकेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ । बुधबारसम्म व्यवस्थापन हुन नसकेका र घरमै रहेका विराटनगरका संक्रमितको संख्या १२ छ । १ नम्बर प्रदेश सरकारले संक्रमितहरुको उपचारको लागि विराटनगरमा कोशी कोभिड १९ उपचार केन्द्र, धरानमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मोरङको गोठगाउँमा अवस
विराटनगर । समुदायस्तरमा कोरोना फैलिएको निश्कर्षसहित पुनः १५ दिने लकडाउनमा गएको विराटनगरमा बुधबार बैंकबाट हुने ‘क्यास’ कारोबारसमेत बन्द गरिएको छ । विराटनगर महानगरपालिकाले मंगलबार सूचना जारी गरी ‘बैंक तथा वित्तीय संस्थामा मानिसहरुको अधिक भिंडभाँड भई संक्रमण थप फैलन सक्ने जोखिम भएको’ भन्दै बैंकका टेलर संचालन नगर्न सूचित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट विद्युतीय कारोबार आईपिएसतर्फ सेवाग्राहीलाई प्रेरित गर्न आग्रह गरेका थिए । राष्ट्र बैंक विराटनगरका विराटनगरमा २८ वटै वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय अन
धनकुटा / राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले लेगुवा सडक खण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरवाहीको कारण ढिलो भएको जनाईएको छ । पाख्रीवासबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरु सहितको भेला मार्फत पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राई निर्माण कम्पनीको चरम लापरवाहीका कारण सडक निर्माण कार्य ढिलो भई नागरिकहरुले दुःख पाएको बताएका छन् । उनले पटक–पटक सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीसँग काम छिटो सक्न छलफलमा बसेको भएपनि काम नभएको र ठेकेदार भागेको भन्दै अब यो टेण्डर तोडेर अर्को टेण्डर आह्वानको विकल्प नरहेको पनि सांसद राईले बताए । जिल्ला सम