नेपाल चलचित्र निर्देशक समाजद्वारा अक्षय कोष स्थापना

  • चैत्र २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान / नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ बार्षिक साधरण सभाको अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । कोषको स्थापनाको घोषणा गर्दै महासचिव जनकदिप पराजुलिले रु एक लाख प्रदान गरेका छन् भने , निर्देशक समाजका सचिव तथा नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले २५ हजार २ सय २२ , कार्य समिति सदस्य सुरेश नेउपाने ले २० हजार , ओ आर एस डिजिटलका ॐ अग्रवालले ५१ हजार ,निर्देशक मिलन चाम्स्ले १ लाख ११हजार १सय ११ , बेल्जियम निवासि रफि शाहले ५१ हजार तेजेन्द्र कडेलले १६ हजार गरि जम्मा ३ लाख ७४ हजार ३ सय ३३ संकलन भइसकेको छ ।

यहि समिति हुदाहुदै रु २५ लाख पुर्याउने लक्ष्य रहेको महासचिव पराजुलीले जानकारि दिए । यहि अवसर पारेर समाजले अर्को दुइ महत्वपुर्ण निर्णय गरेको छ , निर्देशक हरुले आफ्नो सदस्यता प्राप्त गर्ने बितिक्कै एन एल जी इन्स्योरेन्स कम्पनिमा रु ७ लाख बराबरको दुर्घटना बिमा हुनेछ । तर यसको लागि सदस्यहरुले हरेक बर्ष आफ्नो सदस्यता नविकरण गर्नु पर्ने छ । निर्देशक समाजले सातै वटा प्रदेशमा आफ्नो शाखा विस्तारको साथै बिदेशमा पनि आफ्नो सम्पर्क कार्यलय स्थापना गर्ने निर्णय समेत गरेको छ ।

नेपाल चलचित्र निर्देशक समाजले आईतबार काठमाडौंमा एउटा समारोहको आयोजना गरि ९२ वर्षीय ‘आदर्श नारी’ चलचित्रका निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ ।

समाजको १३ औं साधारण सभामा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई सम्मान समेत गरिएको थियो ।
समारोहमा युवा चलचित्र निर्देशक सम्मानमार्फत निर्देशक ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरिएको थियो ।

168167024_1570567463134312_1229916524397478748_n 168271850_163780588843243_6471154482237912373_n

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved