बुढासुब्बा मन्दिरको मर्मत सम्भार गरिने : मन्दिरको स्वरुप भने पहिलाकै जस्तो हुने

  • चैत्र २६, २०७७
  • गोविन्द बस्नेत
alt

धरान/  बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।
नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेस“गै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो ।

प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको जनाइएको छ ।

मन्दिर पुननिर्माण गर्नुपूर्व १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर तथा विमको सट्टामा कलात्मक ढंगले काठको पिल्लर तथा विम प्रयोग गरिने, पहिला भएको टिनको छानामा टिनकै प्रयोग गरिने, मन्दिरमा रहेको गजुरलाई आकर्षक बनाइने प्राविधिक दिवस घिमिरले बताए । उनले भने–‘मन्दिर धेरै जीर्ण बनेको छ, यसलको ऐतिहासिकतालाई नामेट नहुने गरी आकर्षक ढंगले मर्मत संभार गर्दैछौं ।’

निर्माणका लागि पुरातात्विक विभागले सोल्मा लक्ष्मी निर्माण सेवालाई ज्म्मिा दिएको छ । पुरातात्विक विभागले दिएको समय सीमाभित्र मन्दिरको मर्मत सम्भावको काम सक्ने लक्ष्यसहित निर्माणको जिम्मा लिइएको निर्माण कम्पनीका ठेकेदार श्याम श्रेष्ठ बताउछन् । श्रेष्ठ बताउछन् –काम चाडै नै शुरु हुन्छ, यही आर्थिक बर्षको साउनभित्रमा हामी काम सम्पन्न गर्छौ ।’

बुढासुब्बा मन्दिरका महिमा सुनेरै नेपालबाटमात्र हैन, भारतका केही स्थानहरुबाट समेत पूजाआजाका लागि आउने गरेका छन् । यहा आउने भक्तजनहरु पूर्व भ्रमणमा आएको बेला बुढासुब्बा मन्दिरको दर्शन नगरीकन फर्कनै सक्दैनन् । पूजाका लागि काठमाण्डौबाट आउनुभएका भुपाल परियारले मन्दिरको धार्मिक महत्व बोकेको बताए । उनले बुढासुब्बा मन्दिरको महिमा नेपालमामात्र हैन विदेशसम्म रहेको बताए ।

उनले भने –‘बुढासुब्बा मन्दिरकोे महत्व देश विदेशमा रहेको छ, मर्मत सभार गर्दा पनि ऐतिहासिक महत्वलाई मर्न दिनु हुँदैन ।’पुरातात्विक विभागले पुननिर्माणको जिम्मा लिएपनि मन्दिरको रेखदेखको जिम्मा स स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नंं १४ लाई दिएको छ । उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले ऐतिहासिकता बचाउदै पुरातात्विक शैलीमा यो मन्दिरको मर्मत सम्भार गरिने बताए । उनले भने–‘मन्दिरको मर्मत सम्भार गरे पनि बुढासुब्बाको अगाडिको स्वरुपलाई परिवर्तन नहुने गरी निर्माण गर्छौं ।’

मन्दिर मर्मत सम्भारका लागि पुरातात्विक विभागले १७ लाख रुपैया उपलब्ध गराएको छ । दैनिक २ हजारदेखि ३ हजारसम्म पूजाका लागि आउने भक्तजनहरु बुढासुब्बाको ऐतिहासिक महत्व बुझेर आउने गरेका छन् । पुरातात्विक महत्व बोकेको यस मन्दिरको स्वरुप परिवर्तन नगरी पुरातात्विक शैलीमा मर्मत संवार गर्नु सकारात्मक पक्ष भएको स्थानीयहरु समेत बताउछन् ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved