काठमाडौ / आज थप ३सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ । नेपालमा हालसम्म ७३ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ जना जना रहेका छन् ।
धरान । गत विहिबार धरान ३ का एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुलाई २४ घण्टा सम्म होम आइसोलेसनमा बस्नु पर्यो । शुक्रबार धरान १५ का एक १० वर्षे बालक पनि घरमै छन् । शनिबार पनि उनका आमा र हजुरआमा सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर तुरुन्तै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्न सकिएको छैन् । धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा बेडको अभाव भए पछि उनीहरुलाई घरमै राख्न बाध्य भएको थियो । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि संक्रमितहरुको उपचारको व्यवस्थापन पनि चुनौती पुर्ण बन्दै गएको छ । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ
इलाम समय :शनिबार विहान ८ बजे स्थान : इलाम चोक बजार इलाम चोकबजारमा प्रहरीको ‘ड्युटी’ चलिरहेको छ । त्यहाँ बसेका प्रहरीमध्ये एकजनाको हातमा एउटा बिल बुक पनि छ । त्यसै समयमा अन्दाजी १७÷१८ वर्ष उमेरका दुई जना किशोरी चोक बजारतिर आइरहेका छन् । किशोरीले हातमा सानो झोलापनि झुण्डाएका छन् । एक अर्कामा गफ गर्दे हिनिरहेका थिए । जब चोक आइपुग्न लागे तब दुवै जनाले गोजीमा हात लगाए । गोजीमा माक्स रहेछ । झिकेर लगाए । प्रहरीले पनि हेरिरहेको थिए । प्रहरीको नजिकैमा आएपछि एक प्रहरीले भने,‘हाम्रालागि होइन तपाईको सुरक्षाका लागि हो माक्स । हामीलाई देख्दा मात्र नलगाउनुहोस न ।’ किशोरीहरूले
धरान । धरानमा समुदाय स्तरमै कारोना संक्रमण फैलिदै गएको छ । अहिले सम्म कारोना संक्रमण देखिएका ४६ जना मध्ये समुदाय स्तरमै फैलिएको कोरोनाबाट संक्रमितको संख्या २१ पुगेको छ । बाँकीका २५ जना भने बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको पोजिटिभ देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । समुदाय स्तरमा कोरोना संक्रमण देखिन थाले पछि धरान उपमहानगरपालिकाले समुदायमै कोरोना परिक्षण शुरु गरेको थियो । पहिलो चरणमा गरिएको स्वाब परिक्षणमा ६ जनामा पोजिटिभ आएको छ । पहिलो चरणमा गरिएको १ सय ३० जनाको स्वाब संकलनमा ६ जनामा पोजिटिभ देखिएको उनले बताए । शुक्रबार दुई जनामा कोरोना पोजिटिभ दे
विराटनगर । विराटनगरकापत्रकारलाई कोरोना संक्रमण भएपछि उनीहरुको स्वास्थ्य स्थिति र व्यवस्थापनबारे प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरेले चासो दिएका छन् । प्रदेश सरकारको स्वास्थ्यको समेत जिम्मेवारी संलहाल्दै आएकामन्त्री घिमिरेलाई नेपालपत्रकार महासंघ प्रदेश १ समितिले औपचारिक रुपमापत्रकार संक्रमितभएको विषय र व्यवस्थापनको समस्याबारे अवगत गराएको थियो । महासंघका अध्यक्षविक्रम लुइँटेलले मन्त्री घिमिरेले टेलिफोन गरी पत्रकारको स्वास्थ्यअवस्थाबारे सोधपुछ गरी जानकारी लिएको बताए । अध्यक्ष लुइँटेलले भने,“महासंघको तर्फबाट मैले औपचारिक रुपमै पत्रकारलाई आइसोलेट गर्ने र स्वास्थ्य समस्याभएउपचारको प
सुनसरी । बदला लिने भावनाले मोरङको बुढिगङगा गाउँपालिकाका मुसहरहरु माथी आक्रमण गर्ने ६ जनालाइ जिल्ला प्रहरी कार्यलय मोरङले पक्राउ गरेको छ । पिडितहरुले साउन २० गते उजुरी दिए पनि प्रहरीले कागजात नपुगेको भन्दै वडाअध्य्क्षको रोहबरमा छाडिदिएको थियो । चौतर्फी दलित अधिकारकर्मी तथा मानवअधिकार संघ संघसंगठनको दबाब बढ्दै गए पछि प्रहरी १२ जना विरुद्धको किटानी जाहेरी दर्ता गरेर शुक्रबार ६ जना लाई पक्राउ गरेको छ भने फरार रहेका ६ जनाको खोजी कार्य तिवर बनाएको छ । घटनामा पक्राउ परेका र फरार सबै आरोपीहरुलाई ज्यानमार्ने उधोग कसुरमा मोरङ प्रहरीले किटानी जाहेरी दर्ता गराएको छ । शुक्रवार पक्राउ पर्नेहरुमा विराटनगर म
विराटनगर । मोरङको रंगेली नगरपालिकामा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २३ जना वडा नम्बर ७ का छन् । यो रंगेलीको बजार क्षेत्र हो । प्रदेश सरकारले संचालन गरेका कोभिड अस्पताल र आईसोलेसन सेन्टरहरु संक्रमितका कारण खचाखच भरिएकोले रंगेलीका सबै संक्रमितलाई नगरपालिकाले उतै व्यवस्थापन गर्ने तयारी गरेको हो । रंगेलीस्थित मुख्य बजारमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले मंगलबार ४ सय २३ जनाको स्वाब परीक्षण गराएको थियोे । शुक्रबार आएको रिपोर्टमा ३० जना सङक्रमित फेला परेका हुन । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार संक्रमण पुष्टि भएकामध्ये ६ महिला र
धरान । समुहगत रुपमा मुसहर बस्तीमा भएको आक्रमणका दोषीहरु लाई कारबाही गर्न राष्ट्रिय दलित नेटवर्कले माग गरेको छ । मोरङको बुढिगङगा गाउपालिकाको वडा नम्बर २ का मुसहर बस्तीमा भएको सामुहिक आक्रमणबाट ५ जना घाइते भएका छन भने फेरि आक्रमण हुने डरले एक जना महिलाले आत्महत्या गरेकी छिन् । पिडकले प्रहरी को मा उजुरी दिए पनि जिल्ला प्रहरी कार्यलय मोरङ्ले कुनै कार्बाही बिना छाडिएको छ । योजनाबद्ध रुपमा गरिएको आक्रमण को भत्सर्ना गर्दै नेटवर्क्ले दोषीलाइ तत्काल पक्राउ गरि कार्बाही गर्न, पिडकलाइ न्याय दिलाएर, क्षतिपूर्ति दिन समेत माग गरेको छ । आक्रमणमा घाइते भएका पिडितहरु लाई निशुल्क उपचारको गराउन समेत माग ग
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा ८७ जना संक्रमित उपचाररत छन् भने २९१ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १६,८३२ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा३ जना नयाँ भर्ति भएका छन् । र १ जनाको निधन भएको छ ।
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा आज मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको छ । कोशी अस्पतालका अनुसार कोरोनासंग मिल्दो लक्ष्यण देखिएपछि उपचार गर्न भनेर ल्याउनसाथ उनको अस्पतालमा मृत्यु भएको थियो । मृतक विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुष हुन । उनका ज्वरो, खोकी र श्वासप्रश्वास सम्बन्धी समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालको आइसोलेसन वार्डका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार स्वाब परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । अपरान्ह पोजेटिभ रिर्पोट आएको हो । कोरोनाबाट संक्रमणबाट विराटनगरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मोरङ जिल्लामा मृतकको संख्या पाँच पुगे