वीपीमा खपत भन्दा चार गुणा बढी अक्सिजन : प्रति मिनेट १६ सय लिटर उत्पादन

  • वैशाख १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  छिमेकी मुलुक भारतमा अक्सिजन नपाएरै कोरोना संक्रमितहरुको मृत्यु बढ्दै गए पछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता हुन थालेको छ । अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपर्ने अवश्था आइरहेको छ ।

प्रदेश १ मा पनि कोरोना संक्रमित बढ्दै गए पछि कोभिड अस्पतालहरु तयारी अवश्थामा राख्न थालिएको छ । अझ अक्सिजनको कमी हुन नदिन सबैको चासो बढेको छ । प्रदेश सरकारले पनि अक्सिजनको कमी हुँन नदिन अक्सिजन प्लान्ट निर्माण गर्ने तर्फ पनि योजना अघि सारेको छ । सोमबार मुख्यमन्त्री शेरधन राईले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको तयारीको अवश्थामा बुझ्दै अक्सिजन पर्याप्त मात्रामा तयारी अवश्थामा राख्न निर्देश समेत गरेका छन् ।

प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट हुँदा पनि पहिलो चरणको कोरोना संक्रमणको अवश्थामा कोभिड अस्पतालमा अक्सिजनको अभाव हुँदा संक्रमितहरुको मृत्यु समेत भएको थियो । अहिलेको अवश्थामा भने पुर्णरुपमा धान्न सक्ने अवश्थामा तयारी गरेको प्रतिष्ठानले जनाएको छ ।

अघिल्लो वर्षको कोरोनाको समयमा कोभिड अस्पताल पुर्णरुपमा तयारी नहुँदा बिरामीहरुले अक्सिजन पाउन नसक्दा आलोचना खेप्नु परेको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामनी पोखरेलका अनुसार अहिले प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्टबाट प्रति मिनेट १६ सय लिटर अक्सिजन उत्पादन भइरहेको छ । खपत क्षमता भन्दा चार गुणा बढी अक्सिजन उत्पादन हुने गरेको उनले बताए । उनले भने, ‘अघिल्लो वर्ष ४ वटा टावल मध्ये दुई वटा मात्रै संचालनमा थियो, २ वटा बिग्रिएको थियो, त्यसैले प्राविधिक समस्या भयो, अहिले फुल फेसमा ४ वटै टावल संचालनमा छन्, त्यसैले कुनै समस्या आउँदैन् ।’

प्रतिष्ठानका सबै विभागहरुमा प्रयोग भएको अक्सिजन ४ सय देखि ५ सय लिटर प्रति मिनेट रहेको छ । खपत भन्दा पनि चार गुणा बढी उत्पादन भएकाले कुनै समस्या नआउने पोखरेलको भनाई छ । उनले भने, पिक आवरमा पनि ४० प्रतिशत मात्रै खपत हुने गरेको छ, कोभिड अस्पतालमा सय जना बिरामी नै भर्ना भए पनि धान्न सक्ने अवश्थामा रहेको छ ।’ प्रतिष्ठानमा उत्पादन भएको अक्सिजन करिब ४ सय देखि ५ सय बिरामी भर्ना भए पनि धान्न सक्ने अवश्था रहेको छ । कोभिड अस्पतालमा पुरै सय बेडमै अक्सिजन पाइपलाइन विस्तार गरिसकेको छ ।

पाइपलाइनमा कुनै समस्या आए विकल्पका लागि सिलिण्डरबाट पनि पाइपलाइनमा जोड्न सकिने व्यवस्था गरिएको छ । अहिले स्टक राख्नु पर्ने अवश्था नरहे पनि बिरामीको संख्या बढ्दै गएको अवश्थामा तयारी रहन सिलिण्डर थप गर्ने तयारी गरिएको उनले बताए । उनले भने, उत्पादन क्षमता अधिकतम हो, भोलिका दिनमा सर्टेज हुन सक्ने अवश्थालाई मध्यनजर गर्दै प्लान्ट थप्ने कि भन्ने कुरा पनि हुँदैछ, तर ठोस निर्णय भएको छैन ।’

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved