प्रदेश सरकारद्वारा कोरोना रोकथाम अभियान शुरु

  • बैशाख १४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / कोरोना संक्रमण बढ्दै गए पछि रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारको अगुवाईमा जनचेतनामुलक अभियान शुरु गरिएको छ । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका सामाजिक संघ संस्थाको सहकार्यमा अभियानको शुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाईदिएकी थिइन् । उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरिन् । सवैको सहयोगले मात्र कोरोना नियन्त्रण सम्भव रहेको मन्त्री राईको भनाई थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयले मोरंङ बाहेकका जिल्लाहरुमा पनि सांकेतिक रुपमा अभियान सञ्चालन गरिने जनाएको छ ।

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved