समयमा सडक निर्माण नभएको भन्दै सडक अवरुद्ध

  • वैशाख १२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान जोगवनी किमाथांका ६ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलित
बनेका छन् । दैनिक हजारौ सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी रहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले इटहरी उपमहानगरपालिका खनारको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् ।

उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै सुनसरीको खनारमा स्थानीयले एक घण्टा मुख्य सडक अबरोध गरेका छन् । हरेक दिन दैनिक हजारैको संख्यामा सवारी साधन आवात जाबत गर्ने सडक भत्काएर पूर्न सड्क निमार्ण गर्न कुनै निकायले चासो नदिएको भन्र्दै स्थानीयले सडक अबरोध गरेको बताएका छन् । स्थानीयहरुले सडकको खाल्डाखुल्डीमा समेत सम्बन्धित पक्षको ध्यान नगएको आरोप लगाएका छन् ।

खनारको मुख्य पुलको उत्तर दक्षिण र बिच भागमा परेको खाल्डाखुल्डीले दुर्घटना समेत बढ्नुको साथै धुवाधुलो उडेर जनजिवन प्रभाबित भएको गुनासो गरेका छन । सडक भत्केको कारण त्यहाँबाट उठेको धुवा धुलोका कारण घर तथा व्यवसाय गर्न अतिनै मुस्किल भएको र बाध्य भएर सडक अबरुद्ध गर्नुपरेको स्थानीय सुरेश कुमार साहले गुनासो पोखे । उनले भने–‘सडक समयमा नबन्दा धुलो धुवाले व्यापार छैन, स्वास्थ्यमा समेत असर पुगेको छ, निर्माण कार्य गर्न किन यति ढिलाई ?’

५० मिटर मात्र सडक बिस्तार गर्न बाकी रहेको र धुलो नियन्त्रण गर्न कुनै कसैले पनि चासो नदिएको कारण पुल आसपासको स्थानीय ब्यापार व्यवसायलाई दैनिक असर पुगेको स्थानीय बताउछन् । इटहरी १२ खनारका वडाध्यक्ष हेमानन्द दाहालले सडक निर्माण चाडो गर्न सम्बन्धित पक्षसंग पहल गन बताए । उनले भने–‘सडक निर्माण कार्य ढिलो भएकै हो, चाडो निर्माणका लागि मेरो तर्फबाट पहल गर्नेछु ।’ यो सडकमा दैनिक हजारौ सवारी साधन आवतजात हुने गरेको छ । निर्माण कार्य चाडो गर्न उनीहरुले माग समेत गरेका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved