मोटरसाईकल चोरेर गाउँ लैजाने पक्राउ

  • वैशाख १५, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ तराईका विभिन्न जिल्लाबाट मोटरसाईकल चोरी गरी गाउँमा लैजाने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेशका झापा, मोरङ लगायतका स्थानबाट मोटरसाईकल चोरी गरी इलामका ग्रामिण क्षेत्रमा ल्याउने गिरोहलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । तराईको विभिन्न जिल्लाबाट चोरी गरी इलामको ग्रामिण भेगहरुमा चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार बैशाख महिनामा मात्र प्रहरीले सात वटा चोरीका मोटरसाईकलहरु सहित चोरी गर्ने ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका ४ घर भई हाल जिल्ला झापा दमक नगरपालिका ५ हरीओम कोलिनि टोल बस्ने हसाङ मगर र जिल्ला ताप्लेजुङ त्रिबेणी गाँउपालिका २ घर भई जिल्ला झापा दमक नगरपालिका ५ हरीओम कोलिनि टोल बस्ने आकाश लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लालध्वज सूवेदीले जानकारी दिए । सुवेदीका अनुसार गत १२ गते माई नगरपालिका ४ सुखानीबाट प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ ।

त्यस्तै गरी गत ३ महिनामा २० वटा चोरीका मोटरसाईकलहरु पक्राउ गरेको थियो । पक्राउ गरीएका २० वटा मोटरसाईकलहरु मध्ये ११ वटा आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय झापा पठाईएको छ भने ५ वटा आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय पशुपतिनगर इलाम बुझाईएको सुवेदीले बताए ।

त्यस्तै गरी २ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा दिईएको छ भने २ वटा जिल्ला प्रहरी कार्यालय इलाम राखी अनुसन्धान भई रहेको प्रहरीको भनाई छ । चोरीका मोटरसाईकल खोजतलास गरी पक्राउगर्ने अभियान अन्र्तगत प्रहरीले पक्राउ गरेको हो ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved