संक्रमितले भरिन थाले कोरोना अस्पताल

  • बैशाख १४, २०७८
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोरोना संक्रमित बढ्न थालेपछि प्रदेश १ सरकारले व्यवस्थापन गरेको कोभिड अस्पतालमा लक्ष्यणसहितका बिरामीको चाप बढेको छ । सोमबारसम्म क्षमताअनुसार बेड भरिएका छन् । कोसी कोभिड उपचार केन्द्रमा ८० बेड छन् । सातायता लक्ष्यणसहितका संक्रमित बढेपछि ३२ बेड भरिएको छ ।

अरु बेडमा भेण्टिलेटरसहितको सुविधा नरहेकोले थप संक्रमित भर्ना लिने अवस्था नरहेको निमित्त निर्देशक डा. एपोलो भगतले जानकारी दिएका छन । उनले भने,“लक्ष्यणसहितका बिरामीमात्र भर्ना लिइएको छ । सबै संक्रमित अक्सिजनको मद्दत लिएर उपचार गर्नुपर्ने अवस्थामा हुनुहुन्छ ।” कोरोनाको दोस्रो लहर शुरु हुँदा कडा लक्ष्यणसहितका बिरामी उपचारमा आई रहेको र अस्पतालमा आईसीयू र भेन्टिलेटर बिरामीले भरिएको भगतले सुनाए । गत, चैत २४ गतेबाट कोसी कोभिड १९ अस्पताल पुनः सञ्चालनमा आएको हो । संक्रमित शून्य हुँदा अस्पतालका बेड खाली थिए ।

प्रदेश सरकारले शुरुमा ८० बेड क्षमताको कोसी कोभिड १९ उपचार केन्द्र शुरु गरेको हो । पछि विराटनगर र प्रदेशभर कोरोना संक्रमित थपिन थालेपछि ‘अक्जिसन सर्पोट’ सहितको एक सय बेडको नागरिक केयर सेन्टर कोसी कोभिडकै परिसरमा खोलिएको छ । विराटनगर महानगरपालिका, विराटनगरका उद्योगी र व्यवसायीको पहलमा नागरिक केयर सेन्टरको नाममा बेड थप गरी अर्को भवनमा सेवा शुरु गरिएको हो । यसमा अक्सिजन सुविधासहितका बेड जडान छन् । तर, विद्युतीय उपकरणहरु राख्ने काम बाँकी रहेकोले यसलाई संचालन गर्न अझै केही दिन लाग्ने अस्पतालले जनाएको छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने,“अहिले संक्रमितको संख्या हेर्दा नागरिक केयर सेन्टरलाई पनि तत्काल संचालन गर्नुपर्ने अवस्था देखिएको छ ।” पराजुलीले कोरोनाको दोस्रो लहरका बेला अक्सिजन चाहिने बिरामीलाई प्राथमिकता दिएर सामान्य लक्ष्यण हुनेले चिकित्सकको निगरानी र परामर्शमा घरमै ‘आइसोलेट’ भएर बस्नुपर्ने सुझाव दिए । नागरिक केयर सेन्टरले उपचारमा केही भएपनि राहत मिल्ने पराजुलीले सुनाए ।

१ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा ७२ वटा आइसीयू र १९ वटा भेन्टिलेटरसहितको एक सय बेडको सेवा सञ्चालनमा छन् । कोशी अस्पतालमा आइसीयू ६ र ५ भेन्टिलेटर छन् । यसैगरी झापाको मेची प्रादेशिक अस्पतालमा ६ वटा आइसीयू सञ्चालनमा छन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले कोसीको नागरिक केयर सेन्टर बुधबारबाटै संचालन गर्ने तयारी भएको र निजी अस्पतालहरुले समेत कोरोना उपचारको सेवा शुरु गरेको जानकारी दिएका छन ।
विराटनगरको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले कोरोना उपचार शुरु गरेको छ । न्यूरो अस्पताल र विराट मेडिकल कलेजमा पनि कोरोना उपचारको लागि छुट्टै व्यवस्था छ । अघिल्लो पटक निजी क्षेत्रका यी तीन अस्पतालले संक्रमितको उपचार गरेका थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले अस्पतालमा फेरि कोरोना उपचारको लागि सेवा शुरु भएको जानकारी दिए ।

सुविधा नपाएपछि स्वास्थ्यकर्मी असन्तुष्ट
यसैबीच, कोरोनाको उपचारमा अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रदेश सरकारले तोकेअनुसार सुविधा नदिएपछि असन्तुष्टि बढेको छ ।
गत भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई प्रदेश १ सामाजिक विकास मन्त्रालयले कात्तिकसम्मको मात्रै तलबलगायत सुविधा दिएको हो । प्रदेश सरकारले संक्रमितको उपचारको लागि कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र संचालन गरिरहेको छ ।

तर, संक्रमतिको संख्या शून्यमा झरेपछि एक महिनाको बिदा बसेर फेरि अस्पतालमा काममा फर्किएका स्वास्थ्यकर्मीलाई राज्यले तोकेअनुसारको सुविधा पाउन सकेका छैनन् । उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार हाल कोसी कोभिड अस्पतालमा ३२ जना संक्रमित उपचाररत छन । त्यहाँ छ जना नर्स, तीन जना परामेडिक्स र पाँच जना चिकित्सव सेवारत । एक जना नर्सबाहेक सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएर सेवा सुविधा दिन सरकारको ध्यानाकर्षण गरकाएका छन । स्वास्थ्य जोखिममा राखेर सेवा दिएपनि सेवा सुविधा दिन सरकारले आनाकानी गरेको स्वास्थ्यकर्मीको भनाई छ ।

यसअघि सामाजिक विकास मन्त्रालयले कोभिड अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई होटलमा क्वारेन्टिन राखेर त्यही खानेबस्ने प्रबन्ध मिालएको थियो । कोरोनाको दोस्रो लहर शुरु भएपछि भने उनीहरु घरबाटै आईरहका छन । कोसी अस्पतालका मेसु चुमनलाल दासले स्वास्थ्यकर्मीको मागबारे प्रदेश सरकारको ध्यानाकर्षण गराइने बताए

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved