हाइअल्टिच्युडमा साहसिक खेल पार्क

  • बैशाख १३, २०७८
  • दनेश गजमेर
alt

धरान/ सात महिना अघि निधन भएका लेखमणि जिमी साहसिक खेलका अभियन्ता हुन् । पुर्वी नेपालका विभिन्न स्थानमा साहसिक खेलको विस्तार सँगै साहसिक खेल पर्यटन प्रवद्र्धनमा उनको योगदान अतुलनिय रहेको छ । धरानमा व्यवसायीक रुपमा प्याराग्लाइडिङको शुरुवात पनि उनैले गरेका हुन् । साहसिक खेलको प्रवद्र्धन गर्न एक्सट्रिम धरान संस्थाका अध्यक्ष हुन् । जति पनि साहसिक खेलहरु छन्, त्यसलाई प्रवद्र्धन गर्दै अन्तराष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउने उनको सपना थियो ।

विशेष गरि प्याराग्लाईडिङ, क्यानोनिङ, र्याफटिङ लगायत साइक्लिङलाई धरान लगायत आसपासका क्षेत्रहरुमा पर्यटकहरुको लोभ्याउन चाहन्थे । उनी जिवित रहँदा केही कामको शुरुवात भए पनि उनको अपुरो सपना पुरा गर्न अहिले परिवार लागेका छन् । साहसिक खेलको विकाश, विस्तार र प्रवद्र्धनका लागि जिमीका परिवारले स्मृति पार्क निर्माण गर्ने भएको छ । धरानलाई कार्यक्षेत्र बनाएर शिक्षा सँगै साहसिक खेलको प्रवद्र्धनमा जुटेका जिमीको स्मृतिमा हाइअल्टिच्युट साहसिक खेलको प्रवद्र्धनमा परिवारले स्मृति पार्क निर्माण गर्ने भएको छ । सामुन्द्रिक सतह देखि करिब २२ सय मिटरको उचाईमा पार्क निर्माण हुनेछ ।

उनको जन्मथलो संखुवासभाको मंगलबारे नजिकै रहेको मादी–२, माइमन्झर खर्क, सिरमानेमा पार्क निर्माण गर्न लागेको हो । एकै थलोमा साइक्लिङ, प्याराग्लाईडिङ, गल्फ, लगायत अन्य साहसिक खेलहरु गर्न सकिन्छ । पुख्यौली सम्पत्तिको रुपमा रहेको खर्कलाई पार्कको रुपमा विस्तार गर्ने परिकल्पना गरिएको जिमीका दाजु रामकुमार जिमी बताउँछन् । उनका अनुसार परिवारका प्रति व्यक्तिको नाममा रहेको २५ रोपनी जग्गालाई संकलन गरेर संस्थागत रुपमा साहसिक खेलको प्रवद्र्धन गर्दै पर्यटकहरुका लागि गन्तव्य स्थल बनाउने योजनामा रहेको छ । उनले भने, ‘भाईले जहिलै पनि साहसिक खेलको प्रवद्र्धनमा लाग्यो, गाउँको विकाश गर्न पर्यटकिए गन्तव्य खोल्नमै बितायो, त्यसैले उनको सपना पुरा गर्न यो खर्कलाई प्रयोग गर्न खोजिकएको हो ।’ साहसिक खेलका विज्ञहरु सँग छलफल गरेर आयोजना शुरु गरिने उनले बताए ।

स्वर्गीय जिमीको स्मृतिको ७ महिनाको तिथिमा पार्कको शिलालेख स्थापना भएको छ । स्मृति पार्कस्थलमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ र तीन पटकका प्याराग्लाईडिङका विश्व च्याम्पियन सानुबाबु सुनुवार, हिमालयन सिंगल ट्रेकका फाउण्डर तथा एमडी साईक्लिष्ट सन्तोष राइ लगायत स्वर्गीय जिमीको परिवारको उपस्थिती रहेको थियो ।
एडभेन्चर पार्क निर्माण स्थलबाट पूर्वका सगरमाथा, कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमशृङ्खला देखिन्छन् । तेह्रथुम र संखुवासभाको सिमानामा पर्ने यो क्षेत्र मुलुककै नमूना र साहसिक पर्यटनका लागि अद्भूत क्षेत्र हुने स्वर्गीय जिमीकी श्रीमती समुद्र राईले बताइन् । उनले भनिन्, ‘खेलकुदको उर्वरभूमि भनेर चिनिने धरानको खेलकुद क्षेत्रलाई विकास प्रवर्धन गर्न उहाँ सधैँ क्रियाशील हुनुहुन्थ्यो, एकजना साहसिक खेलाडी तथा खेलप्रेमीको माया र सम्मानमा एडभेन्चर पार्क निर्माण हुन लागेको हो ।’

प्रस्तावित एडभेन्चर पार्कको अवधारणा पूरा गर्न सबैको सहयोगको खाँचो रहेको प्याराग्लाइडिङका विश्व च्याम्पियन सानुबाबु सुनुवारले बताए । उनले भने, ‘सुनको थाल बोकेर घरमा खाना छैन भन्दै भौतारिने देशका मान्छे नेपाली छौं, अन्तराष्ट्रिय स्तरकै साहसिक खेल हुन सक्ने ठाउँ छ यहाँको प्राकृतिक संरचनालाई नबिगारी प्रवद्र्धन गरिनुपर्छ ।’ संस्कृति, प्रकृति, परम्परा र साहसिक खेलको विकास लेखमणि जिमी एडभेन्चर पार्कमा हुनेमा उनले विश्वास व्यक्त गरे । सिंगल इन्जिन प्लेन उडाउनेदेखि प्याराग्लाइडिङ लगायतका साहसिक खेलका लागि क्षेत्र उत्तम रहेको बताए ।
पार्कमा गल्फ खेलको पनि प्रवद्र्धन गर्न सकिने प्रोफेसनल गल्फ खेलाडी टंक कार्कीले बताए । उनका अनुसार विश्वका कुनै पनि देशमा नरहेको गल्फ कोर्ष बनाउन सकिन्छ । उनले भने, ‘हिमालको मनोरम दृष्यमा रमाउँदै गल्फ खेल्न पाउनु विश्वकै लागि नमुना हुन्छ, यसको क्षेत्र हेर्दा पनि गल्फका लागि पनि उपयुक्त नै छ ।’

कार्यक्रमका सहभागि मन्त्री आङबुहाङले लेखमणि जिमी एडभेन्चर पार्क नामाकरण गर्न पनि प्रस्ताव गरेका थिए । उनले प्रदेश १ को साहसिक खेल प्रवद्र्धनका लागि आफ्नो व्यक्तिगत र प्रदेश सरकारको तर्फबाट हुन सक्ने आर्थिक भौतिक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लेखमणि जिमी एडभेन्चर पार्क देशकै नमूनाका रुपमा विकास गर्न सकिने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री आङबुहाङले बताए । उनले भने, ‘मास्टर प्लान बनाउँदा प्राकृतिक र कृतिम विकासका पूर्वाधार निर्माण गर्नु पर्छ, संसारकै सबैभन्दा बढी प्रजातिको गुराँस पाइने क्षेत्र तीनजुरे मिल्के र जलजलेको अवलोकन गर्दै स्वर्गीय जिमीको सपना साकार पार्न तीन तहकै सरकार लागिपर्नेछ ।’

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved