धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र
धरान/ समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले गत साउन २२ गते जारी लकडाउनलाई पुन निरन्तरता दिएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपलिकाको बैठकले संक्रमणको जोखिम कायमै रहेकाले लकडाउनलाई भदौ १७ गते सम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । यसअघि बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो भने अब २ घण्टा समय थप गरि खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय आज बसेको बैठकले गरेको छ ।
बिराटनगर बिराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै बिराटनगरमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । बिराटनगर ११ की ४४ वर्षीय महिलाको कोरोना संक्रमण बाट विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबारराति ८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि संक्रमित महिलालाई मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए । मृतकलाई कोही दिन देखि ज्वरो आउने र उनिमा निमोनियाको
धनकुटा, १० भदौ ÷कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न धनकुटाको चौबिसे गाउँपालिकाले एकहप्ताको लागि सवारी साधन प्रवेशमा रोक लगाएको छ । कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा आज २०७७ भदौ १० गते १२.०० बजेदेखि भदौ १६ गते १२.०० बजेसम्म एकहप्ताको लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरुलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । एकहप्तासम्म सो गाउँपालिका भित्र कुनै प्रकारका सवारी साधनहरु प्रवेश गर्न पाउने छैनन्–‘
धरान । गत शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागमा डायलासिस गराएका एक व्यक्तिमा कोरोना संक्रमण देखिए पछि कार्यरत स्टाफ नर्सहरु चिन्तीत बनेका छन् । कोरोना संक्रमण देखिएका व्यक्तिको दुई दिन पछि आएको रिपोर्ट पोजिटिभ देखियो । त्यस बिचमा धेरै बिरामीहरुको डायलासिस गरिएको छ भने काम गर्ने स्टाफ नर्स सहित कर्मचारीहरु पनि परिवारको सम्पर्कमा रहेका छन् । तर प्रतिष्ठानले उनीहरुको सुरक्षाको निम्ती कुनै पनि व्यवस्थापन नगरिदिएको डायलासिसमा कार्यरत स्टाफ नर्सहरुको गुनासो छ । नयाँ व्यक्तिको कुनै पनि कोरोना परिक्षण नगरी डायलासिस गर्दा अहिले अन्य बिरामीहरुको पनि डायलासिस सेवा रोकिएको
धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिकाको वडा नम्बर ५ स्थित घुस्की बसन्तपुर सडकखण्डमा चेकजाँचको क्रममा एउटा मोटरसाइकल सहित अवैध लागुऔषध डायलेक्स २० बोतल र एमआइ लेखिएको २ थान मोबाईल बरामद गरेको छ । प्रहरीको अनुसार घुस्की बसन्तपुरबाट खटिएको प्रहरीको टोलिले हरिनगर ५ बस्ने वर्ष २१ का मकरम अन्सारीले चलाएको ना १८ प ४०४८ नम्बरको मोटरसाइकलमा सवार हरिनगर ६ बस्ने साहुदिन जट र भारतको अररिया जिल्ला ग्राम पंचायत पथराहा २ बस्ने मो. अंजुरलाई पक्राउ गरेको छ । उनीहरुलाई चेकजाँच गर्ने क्रममा सर्ट भित्र लुकाई छिपाई राखेको अवश्थामा ल
धरान । सुनसरीको छुट्टा छुट्टै स्थानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको हरियो मटर र लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सोमबार सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ६ मा अवैधानिक रुपमा भिजिटिएस अनलाईन बिल नभई भारतीय बजारबाट ल्याउँदै गरेको हरियो मटर बरामद गरेको छ । देवानगंज ३ का नरेश मेहताले चलाएको को १ च ५५९९ नम्बरको पिकअप गाडी सहित ११ सय केजी हरियो मटर प्रहरीले बरामद गरेको हो । ५ लाख मुल्य बराबरको पिकअप गाडि र १ लाख १० हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको जनाएको छ । बरामद सामानहरु सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।
धरान । धारिलो हतियार देखाउँदै आतंक मच्चाउने धरानका ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गत आइतबार साँझ धरान १५ बगरकोट स्थित सेउती खोलाको पुलमा धरान ८ का रोमन विश्वकर्मालाई धारिलो हतियार देखाउँदै कुटपिट भएको थियो । कुटपिट गर्नेहरुलाई खोजि गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् । उनीहरुलाई सोमबार साँझ धरान ८ स्थित फलामे पुल नजिक खुकुरी र चक्कु बोकेर सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित बनाइरहेको अवस्थामा पक्राउ गरे
धरान । कोरोना संक्रमणको पहिलो जोखिममा काम गरिरहेका स्टाफ नर्सहरुको सुरक्षा व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै प्रतिष्ठानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भइसक्दा पनि प्रत्यक्ष जोखिममा रहेका स्टाफ नर्सको सुरक्षामा बेवास्ता गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आफ्ना मागहरु सहित प्रतिष्ठानका कार्यरत सम्पुर्ण नर्सहरुले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानका चारै जना प्रमुख पदाधिकारीहरु सहित मेट्रोनको समेत ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् । दुई दिन भि
सुनसरी । सुनसरीमा मंगलबार ३१ जना कोरोना संक्रमित थपिए सँगै ४ सय ८५ जना पुगेका छन् भने २ सय ६ जना निको भएर घर फर्किएका छन् । २ सय ७९ जना जिल्लाका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार मंगलबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय मातहत रहेका विभिन्न स्थानको प्रहरी कार्यालयहरूमा रहेका २१ थुनुवा सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयको अनुसार कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहक्षेत्र नगरपालिकाका ३ गरी २१ जना थ