करिब डेढ अर्बको बजेट बनाउँदै धरान "कोभिड नियन्त्रण पहिलो प्राथमिकता"

  • जेठ १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भए पछि पुरानै योजनालाई निरन्तरता दिदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ का लागि करिब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ ।

असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था रहेकाले राजस्व परामर्श समितीले बजेटको तयारी गरिसकेको छ ।

समितीकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एक दम न्युन रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताईन् । उनका अनुसार चालु वर्ष ५४ करोडको अनुमानित आयमा १४ करोड मात्रै संकलन भएको छ । करिब ३४ करोड घाटामा रहेको उनले बताईन् ।

अघिल्लो वर्षको घाटा पुर्ति गर्दै चालु वर्षको योजना नै निरन्तर दिदै कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट आउने उनले बताईन् । उनले भनिन्, राजस्व परामर्श समितीको काम सकिएको छ, सिलिङ वितरण गर्ने छौं, अघिल्लो आ.व. को व्ययभारलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिरहेका छौं ।’

कोभिड नियन्त्रणका लागि आइसोलेसन, अक्सिजन सिलिण्डर, स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बजेटको तयारी गरिएको उनले बताईन् ।

धरानको बजेटका लागि संघीय सरकारबाट ५० करोड ४५ लाख ८६ हजार र प्रदेशबाट ३ करोड ८४ लाख २२ हजार ९ सय ५० रुपैयाको सिलिङ प्राप्त गरेको छ ।

संघीय सरकारले समानिकरण तर्फ ३३ करोड ९२ लाख, राजस्वबाट ८ करोड २६ लाख ९३ हजार र अन्तशुल्क वापत पनि ८ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ ।

त्यसै गरि प्रदेश सरकारबाट समानिकरण तर्फ २ करोड १ लाख ४७ हजार र सवारी कर वापत १ करोड ८२ लाख ७५ हजार ९ सय ५० रुपैयाको सिलिङ प्राप्त गरेको छ ।

संघीय र प्रदेश सरकारबाट आएको बजेटको आधारमा धरानको बजेट बनाउने तयारीमा रहेको मेयर तिलक राईले बताए । उनका अनुसार करिब डेढ अर्बको नजिकमा बजेट बन्ने भएको छ ।

उनले भने, अघिल्लो वर्ष अनुदानबाट आउने रकमहरु पनि आएन, त्यसले पनि प्रभाव पार्यो, यो वर्ष पनि आउँछ भन्ने आशा गर्ने पर्नेछ , त्यसैलाई पनि आधार बनाएर बजेट बनाउने छौं ।’ बजेटलाई यथार्थपरक बनाउँदै अघिल्लो वर्षको भन्दा सानो आकारको बजेट बनाउने उनले बताए ।

चालु वर्ष धरान उपमहागनरपालिकाको बजेट एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । कोरोनाको महामारीले करिब ४० प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved