धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित लेवल थ्रि को कोभिड अस्पतालमा लापार्बाही बढ्दै गएको बिरामीका आफन्तहरुले आरोप लगाएका छन् ।
कहिले अक्सिजनको अभाव, कहिले उपचारमा लापरबाही, बिरामी प्रतिको बेवास्था बढ्दै गएको उनिहरुको आरोप छ । हिजो राती सिरहा गोलबजारकी ५५ बर्षय महिलाको अस्पतालमा उपचारका क्रममा लडेर मृत्यु पनि अस्पतालकै लापरवाही भएको मृतकका आफन्तहरुको आरोप छ ।
कोभिड अस्पतालभित्र विरामीको हेरचाह उचित ब्यबस्थापन नहुदा दैनिक जसो घट्ना बढ्दै गएको उनिहरुको आरोप छ । सोमबार दिउँसो कोडिभ पुष्टि भएकी ती महिलाको उपचारका लागि अस्पतालमा ल्याइएको थियो । उनको बेडबाटै लडेर मृत्यु भएको उनका आफन्तहरुले बताएका छन ।
उनका ज्वाई नारायण श्रेष्ठका अनुसार कर्मचारीले बेडबाट लडेर नाक र निधार फुटेको जानकारी दिए का थिए । नर्मल विरामीको एक्कासी मृत्यु हुनुले पनि विरामीको उपचारमा लापरवाही हुने गरेको प्रष्ट भएको उनको भनाइ छ । प्रतिष्ठानले खासै ध्यान नदिएको प्रष्ट हुने बताए ।
उपचारमा लापरबाही बढ्दै गए पछि बिरामीका आफन्तले अस्पताल भित्रको सिसि क्यामेरा फुटेज हेर्न माग गरेका छन् । पीडित पक्षसङ प्रतिष्ठानले छलफल गरेको छ । घटनाको प्रकृतीबारे सिसि क्यामेराको फुटेज हेरे पछि अवस्था अनुसार छानबिन समिती बनाउने प्रतिष्ठानले जनाएको छ ।