इटहरीको मुक्तिघाटमा शव जलाउन नदिएपछि विवाद

  • जेठ १८, २०७८
  • "तेजबहादुर बन"
alt फाइल फोटो

इटहरी । कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिको अन्तिम संस्कार गर्न इटहरीस्थित बुढि गंगा मुक्तिघाटमा स्थानीयले शव जलाउन नदिए पछि बिवाद चर्किएको छ ।

मुक्तिघाट संरक्षण समितिको आदेश भन्दै स्थानीयहरूले विगत एक साता देखि कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव जलाउन दिइएका छैनन् । शव ब्यवस्थापनकै निमित्त निर्माण गरिएको घाटमा अन्तिम संस्कार गर्न नदिएपछि मृतकका आफन्तहरूले प्रहरी गुहार्नु परेको छ ।

केहि दिन अघि सप्तकोशि एफएमका स्टेसन म्यानेजर तथा स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको संक्रमणकै कारण ज्यान गएको थियो । उनको शवलाई पनि घाटका संरक्षण समितिको आदेश भन्दै जलाउन दिइएको थिएन । केहि समयको चर्काचर्की र बिवाद पछि प्रहरीको उपस्थितिमा शव जलाइएको थियो ।

कोरोनाको कारण मृत्यु भएकाहरूलाइ घाटमा ल्याउन नदिन समितिले उर्दि नै जारी गर्दै रेखदेखका लागि मान्छे नै खटाएको छ । हावाको माध्यमबाट संक्रमण छिटो फैलन सक्ने भन्दै थप जोखिम हुने डरले कोरोना संक्रमितको शव जलाउन नदिएको घाटमा खटिएका स्थानीयहरू बताउँछन् ।

एक साता यता घाटमा कोरोना संक्रमितको शव ब्यवस्थापन गर्न दिइएको छैन । संरक्षण समितिले नै नदिएपछि अहिले बुढि घाटकै २५ मिटर पर खोला किनारमा शव ब्यवस्थापन गरिदै आएको छ ।

एक साता यता इटहरीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणबाट न्यौपाने सहित ३ जनाले ज्यान गुमाएका छन । जसमा न्यौपानेको मात्र घाटमा शव व्यवस्थापन भएको थियो बाँकी २ जनाको घाट देखि २५ मिटर पर खोला किनारमा व्यवस्थापन गरिएको छ ।

संक्रमणका कारण ज्यान गएकाहरूलाइ घाटमा शव जलाउन नलिनु मानवता हराएको भन्दै उपमहानगरपालिकाले भत्सर्ना गरेको छ । घाट संरक्षण समितिका अध्यक्ष हेम घिमिरे सँग छलफल गरी समस्या सामधान निकालिने इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताईन ।

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved