समाचार

    Showing 741-750 of 10,001 items.
  • एभरेष्ट स्कुल र बुद्धिचाल संघ विच सम्झौतापत्रमा हस्ताक्षर

    पथरी/पथरी शनिश्चरे नगरपालिका वडा न. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल संघ विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।  आज विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङवा र संघको तर्फबाट अध्यक्ष रोहित सुब्बा विच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । संघले प्रत्येक वर्षको कात्तिक २६ गते उद्धघाटन वा समापन हुने गरि संचालन गर्ने पथरी शनिश्चरे नगर स्तरिय चेस च्याम्पियनसिप संचालन गर्ने र एभरेष्ट बोडिङ स्कुलले ५० हजार पुरस्कारको लागि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भयो । उक्त प्रतियोगिताको नाम सुशिला कन्दङवा मेमोरियल पथरी शनिश्च

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुद्धशान्तीमा बेवारिसे नवजात शिशु जीवितै फेला

    झापा/झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित एक घरको बरन्डामा अन्दाजी ४–५ दिनकी बेवारिसे नवजात शिशु जीवितै फेला परेकी छन्। स्थानीय ओमप्रकाश तुमीहाङ लिम्बुले शनिबार बिहान घरको बरन्डामा शिशु रोइरहेको आवाज सुनेपछि हेर्दा जीवितै नवजात शिशु देखे र तुरुन्तै इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराए। प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको उपस्थितिमा शिशुलाई उद्धार गरी तत्काल प्रदेशीय अस्पताल भद्रपुर पठाएको थियो। अस्पतालका चिकित्सकका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। हाल उद्धार गरिएको शिशु अस्पतालको संरक्षणमा रहेको छ भने, कसले शिशुलाई

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेचीनगरमा जेनजी आन्दोलनबाट तीन करोडभन्दा बढीको क्षति

    झापा/  झापाको मेचीनगर नगरपालिकामा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट करिब तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको खुलेको छ। नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष दिपक बरालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा नगर कार्यालय र विभिन्न वडा कार्यालयमा आगजनी, तोडफोड तथा मालसामान नष्ट हुँदा करिब रु. ३३,३२८,१९८ बराबरको क्षति पुगेको हो। प्रवक्ता बरालका अनुसार, नगरपालिकाको मुख्य कार्यालयमा मात्रै ६८ लाख १६ हजार रुपैयाँभन्दा बढी बराबरको क्षति पुगेको छ।त्यस्तै, वडा नं. १ देखि १० र वडा नं.

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते, उपचारका लागि नोबेल अस्पताल पठाइयो

    धरान/ धरान उपमहानगरपालिका–१६ बालिका माध्यमिक विद्यालय अगाडि शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय धरानका अनुसार साँझ करिब ७ बजे छाताचोकबाट रंगशालातर्फ आउँदै गरेको को २० प ३२९२ नम्बरको मोटरसाइकल र बालिका मा.वि. स्कुलतर्फ आउँदै गरेको को २० प २८०१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा मोरङ बुढीगंगा गाउँपालिका–४ का १८ वर्षीय अमन पौदार, सोही मोटरसाइकलमा सवार ३५ वर्षीया आरती पौदार र धनकुटा नगरपालिका–९ आहालेका ३७ वर्षीय लाजेश राई घाइते भएका छन्।अमन पौदारको दायाँ खुट्टामा चोट लागेको र आरती पौदारको मुख र क

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 822 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि तिहार विधिवत् रूपमा सुरु, झिलीमिली उज्यालो र देउसी–भैलोको रमझम

    काठमाडौं/नेपालभर आजदेखि प्रकाश र उत्सवको पर्व तिहार विधिवत् रूपमा सुरु भएको छ। धनतेरस (धनत्रयोदशी) र यमदीपदानसँगै सुरु भएको तिहारलाई हिन्दू धर्मावलम्बीहरूले मृत्युदेवता यमराज र धनका देवता कुबेरको आराधनाको रूपमा मनाउने गर्छन्। धर्मशास्त्रविद्हरूका अनुसार आजको दिनदेखि दीप प्रज्वलन गरी यमदीपदान गर्नाले मृत्युपछि पनि आत्मालाई मुक्ति प्राप्त हुने विश्वास रहिआएको छ। यसै दिन धन, समृद्धि र स्वास्थ्यको कामना गर्दै धनतेरस मनाइन्छ। यस वर्षको तिहारमा कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन पर्न गई विशेष धार्मिक समायोजन आएको छ। घर–घरमा शुभसम्पत्ति र सौभाग्यकी देवी लक्ष्मीको आराधना गर्दै साँझपख दीप प्रज

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 527 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बीपी प्रतिष्ठानमा करिब ५० लाखको औषधि गायब,फार्मेसी बन्द!

    धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको फार्मेसीबाट ठूलो परिमाणमा औषधि हराएको प्रारम्भिक तथ्य सार्वजनिक भएपछि प्रतिष्ठानभित्र ठूलो हलचल मच्चिएको छ। अस्पतालको प्रारम्भिक अनुसन्धान अनुसार, करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा नदेखिएको, ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको, ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेका छन्। औषधि हराएको घटनामा अस्पतालका निर्देशक डा. जगतनारायण प्रसाद, तत्कालीन डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, र कर्मचारी विवेक दाहालको संलग

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 608 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारी पुरस्कृत

    सुनसरी/ ७० औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यतर प्रहरी सहायक निरीक्षक अनिता कुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हवल्दार पबिता शर्मा पुरस्कृत भएका छन् ।  पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनसिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकहरु प्रतिको प्रहरीको छवि उच्च बनाउने कार्यमा बिभिन

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 361 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘एसईई आइडल सिजन–६’ को तयारी, विजेतालाई एक लाख नगदसहित पूर्ण छात्रवृत्तिको आकर्षक अवसर

    धरान/ कोशी प्रदेशकै चर्चित र प्रतिष्ठित प्रतिभा प्रतियोगिता ‘एसईई आइडल’ सिजन–६ को तयारी धरानमा आजबाट सुरु भएकाे छ । ‘शिक्षाका लागि संगीत’ भन्ने मूल नाराका साथ  २०७५ सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो प्रतियोगिताले प्रदेशभरिका विद्यार्थीको प्रतिभा पहिचानमा उल्लेखनीय भूमिका खेल्दै आएको छ।फक्ताङलुङ मिडिया हाउस प्रालीद्वारा आयोजना गरिने यो प्रतियोगिता संगीत, नृत्य र वाककलामा रुचि राख्ने एसईई परीक्षार्थीहरूका लागि आकर्षक मञ्चको रूपमा स्थापित हुँदै आएको छ। मिडिया हाउसका अध्यक्ष डम्बरकुमार तुम्बापोका अनुसार, “यी तीनवटा प्रतियोगितात्मक क

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले टोक्दा १० वर्षीय बालकको मृत्यु

    झापा/ विषालु सर्पको डसाइबाट झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा एक बालकको मृत्यु भएको छ। स्थानीय १० वर्षीय अनिश राईको गएराति विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो। उनलाई राति सुतिरहेको बेला ओच्छ्यानमै सर्पले डसेको आफन्तले बताएका छन्। सर्पले टोकेको थाहा भएपछि बालकलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए। रासस  

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालले आज उपाधिका लागि समोअविरुद्ध खेल्दै

    काठमाडौं/आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले समोअविरुद्ध खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल समोअविरुद्ध खेल्दै छ । विश्वकपमा छनोट भइसकेको नेपालले यो खेल जिते उपाधि जित्नेछ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो । ओमानविरुद्ध ३८ रनले विजयी भएको थियोे । त्यसअघि नेपालले समूह चरणमा कुवेतविरुद्ध ५८ रनको र जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो

    • प्रकाशित मितिः असोज ३१, २०८२
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved