इटहरी / आगामि आर्थिक वर्ष ०७८।७९का लागि इटहरी उपमहानगरले २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेको छ । अघिल्लो वर्ष सम्पन्न नभएका बिकासका आयोजनाहरूलाइ प्राथमिकतामा राख्दै इटहरी उपमहानगरकी उप प्रमुख लक्ष्मी गौतमले सो बजेट प्रस्तुत गरेकी हुन । अहिले समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्टको कोरोना नियन्त्रणलाइ मुख्य प्राथमिकतामा राख्दै उप प्रमुखले बजेट प्रस्तुत गरेकी हुन । उपमहानगरको नवांै नगरसभा मार्फत जारी गरिएको बजेटको आकार गत वर्ष भन्दा फराकिलो देखिएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले नवौ नगरसभाको सुभारम्भ सभालाइ समबोधन गर्दै जारि गरिएको बजेट स्थानीय तह अन्तरगत आफ्नो कार्यकालको अन्तिम
झापा । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनि
इलाम/ सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि १ अर्ब २९ करोड रुपैया भन्दा बढिको बजेट ल्याएको छ । नगरसभाबाट सूर्योदयले १ अर्ब २९ करोड ९१ लाख ३३ हजार ८ सय रुपैयाको बजेट ल्याएको हो । नगरको कुल बजेट मध्ये चालु तर्फ ६५ करोड २७ लाख ८ सय र पुँजीगत तर्फ ६४ करोड ६४ लाख ३३ हजार रहेको छ । क्षेत्रगत रुपमा सूर्योदयले आर्थिक विकासमा १७ करोड २८ लाख ६० हजार बजेट ल्याएको छ । जसमा कृषि तर्फ ८ करोड ७ लाख ८ हजार, उद्योग ५४ लाख, पर्यटन १ करोड ९६ लाख, सहकारी १ करोड ५ लाख, वित्तिय क्षेत्र ९ लाख २५ हजार रहेको छ । जलश्रोत तथा सिचाई तर्फ ४ करोड ३० लाख ६२ हजार, वन १६ लाख, पशुपंक्षी विकास १ करोड ५
धरान/ कोेभिडको संकटपूर्ण अवस्थामा पनि धरान उपमहानगरपालिकाले बार्षिक बजेट प्रस्तुत गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा उपमहानगरपालिकाले नवौं नगरसभामाको आयोजना गर्दै उपहानगरपालिकाकी उप्रमुख मञ्जु भण्डारी सुवेदीले आर्थिक बर्ष ०७८÷०७९ को अनुमानित बजेट पेश गरेकी थिइन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले नगरसभाको उद्घाटन गरेका थिए । यो बजेट गत बर्ष अर्थात ०७७÷०७८ को भन्दा भन्दा ३१ करोड बढीको बजेट उपमहानगरपालिकाले प्रस्तुत गरेको छ । गत बर्ष १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो । कोरोना महामारीका बीचमा पनि आर्थिक स्रोतहरु कम भएपनि
इलाम/ माई नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कूल ६७ करोड ३४ लाख ३० हजार रुपियाँको बजेट ल्याएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । शिक्षाका लागि १ करोड ९० लाख रुपियाँ, स्वास्थ्यमा १ करोड ५६ लाख ६० हजार रुपियाँ र पूर्वाधारमा १ करोड ४० लाख बजेट विनियोजन गरेको हो । यस्तै महिला तथा बालबालिका शिर्षकमा ५५ लाख, खानेपानी तथा सरसफाइका लागि ३४ लाख, संस्कृति पर्यटनका लागि ७५ लाख, सुचना प्रविधिमा ३४ लाख, र विशेष कोष व्यवस्थापनमा १ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्षका लागि आय तर्फ वित्तिय समानिकरण अनु
इलाम / इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने एक अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको हो । नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १२ करोड विनियोजन तर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । निशर्त अनुदान तर्फ आर्थिक विकासमा दुई करोड ७१ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासमा तीन करोड ९८ लाख रुपैयाँ, पूर्वधार विकासमा ३३ करोड ८३ लाख ३३ हजार एकसय ६० रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि पाँच करोड ३३ लाख १२ हजार आठ सय ४० रुपैयाँ विनियोजन
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिन देखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् । आज इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायस
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार महानगरपालिकाको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम तथा राजश्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेकी छन् । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ रु.४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्याएको हो । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब
धरान/ कोरोना भाइरसका कारण सरकारले गरेको लकडानको सदुपयोग धरानका युवाहरुले भरपूर रुपमा गरेका छन् । धरानमा धेरै युवाहरु कुलतमा फसेर जीवन नै बर्बाद गरिरहेका छन् तर धरानका केही यस्ता युवाहरु छन् जसले लकडाउनको भरपुर सदुपयोग गर्दै सामाजिक कार्यमा आफूहरुलाई समाहित गरेका छन् । लकडानको अवधिभरि सडकमा जथाभावि हिड्ने पशुहरुसको संरक्षणमा जुटेका उनीहरु गरिब तथा अससहायहरुलाई खाना खुवाएर पुण्य काम गरेका छन् । काठमाण्डौमा प्रमुख कार्यालय रहेको र धरानमा शाखा रहेको आत्मोत्सर्ग धरान नामक संस्थामा आवद्ध युवाहरुले पशु संरक्षका लागिएक महिनाको क्याम्पियन नै चलाएर धरान १ मा रहेको अपांग तथा असहाय केन्द्रमा रहेका
सुनसरी/ अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । सप्तकोशी नदीको तटबन्दे विगतका दिनहरुमा सुनसरी, सप्तरी लगायतका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुग्यो । बर्षाद् लागेसंगै बर्षाद्ले विगतको जस्तो ठूलो धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले सुनसरी प्रशासनले यसतर्फ चासो देखाएको छ । सुनसरी प्रशासनले सप्तकोशी नदीमा आउन सक्ने बाढी र त्यसले पु¥्याउन सक्ने क्षति रोक्ने उद्देश्यसाथ सुनसरी प्रशासनले स्पर निरीक्षण तथा तटबन्ध सुरक्षाका सवालमा भइहेको काममा चासो दिएको छ । कोशी क्षेत्रको निरीक्षण र स्थलगत अनुगमनसँगै सम्भावित जोखिमका बारे प्रजिअ सहितको टोलील