सप्तकोशीको क्षति न्युनिकरण गर्न पूर्व शतर्कताको उपायको बारेमा प्रशासनको चासो

  • असार १०, २०७८
  • " गोविन्द बस्नेत "
alt

सुनसरी/ अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । सप्तकोशी नदीको तटबन्दे विगतका दिनहरुमा सुनसरी, सप्तरी लगायतका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुग्यो ।

बर्षाद् लागेसंगै बर्षाद्ले विगतको जस्तो ठूलो धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले सुनसरी प्रशासनले यसतर्फ चासो देखाएको छ । सुनसरी प्रशासनले सप्तकोशी नदीमा आउन सक्ने बाढी र त्यसले पु¥्याउन सक्ने क्षति रोक्ने उद्देश्यसाथ सुनसरी प्रशासनले स्पर निरीक्षण तथा तटबन्ध सुरक्षाका सवालमा भइहेको काममा चासो दिएको छ ।

कोशी क्षेत्रको निरीक्षण र स्थलगत अनुगमनसँगै सम्भावित जोखिमका बारे प्रजिअ सहितको टोलीले भारतीय प्राविधिक सहित तटीय क्षेत्रका बासिन्दासँग निरन्तर सम्वाद समेत अघि बढाएको छ । वर्षायामको समयमा जुनकुनै बेला नदीको जलस्तर बढ्न सक्ने भन्दै पूर्व शतर्ककता अपनाउन प्रशासनले बेलैमा चासो देखाएको हो । त्यसैगरी प्रशासनले भारतीय पक्षले नदीको वहाव एकत्रित गर्नेगरी जारी राखेको स्पर मर्मत तथा तटबन्ध सुरक्षाका सवालमा अपनाइएका उपायहरुको बारेमा समेत चासो बढाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सप्तकोशी नदीमा आउने सक्ने बाढी र त्यसले पु¥याउन सक्ने क्षति रोकथाम तथा नियन्त्रण गर्न हरसम्भव प्रयास भरहेको बताए । उनले भने– ‘नदीले जोखिम निम्त्याउन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी क्षति रोकथाम तथा नियन्त्रणको कार्य अघि बढाइएको छ ।

हाम्रो उद्देश्य भनेको सम्भावित बर्षाद्का समयमा कोशी नदीले धनजनको क्षति नपुगोस् भन्ने नै हो ।’ उनले सुरक्षा निकायको टोलीले पछिल्ला दिन कोशी क्षेत्रको नियमित अनुगमन र निरीक्षणको काम गर्दै आएको समेत बताए । उनका अनुसार टोलिका सदस्यहरुले राजाबास, प्रकाशपुर, पुल्थेगौंडा र आसपास क्षेत्रको जोखिम र संवेदनशील मानिएका स्परहरुको निरीक्षण गर्दै आएको छ ।

सो क्रममा अनुगमन टोलीले भारतीय पक्षले गर्दै आएको स्पर मर्मत, नोजमा भर्दै गरिएका तारजाली र तटबन्ध जोगाउन बनाइएका संरचना बारे समेत जानकारी बटुल्ने गरेको छ । त्यसका साथै तटिय क्षेत्रका बासिन्दासँग समेत सम्भावित जोखिम र विपद् प्रतिकार्य योजना बारे बहस चलाउने गरेको छ ।

अनुगमनको क्रममा प्रजिअ सहित जिल्ला स्थित सुरक्षा निकायको टोलीले चतरा पुलमा जडान गरिएको बाढी मापन यन्त्रको समेत निरीक्षण गर्दै आएको छ । विपद् प्रतिकार्य योजना र पूर्व तयारीमा जुटेको सुनसरी प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्दार कार्यको लागि सुरक्षाकर्मीको टोली समेत तयारी अवस्थामा राखेको सशस्त्र प्रहरी बल नेपाल, २ नं. गण हेडक्वाटर सुनसरीका गणपछि माधवप्रसाद पौडेले बताए । उनले भने –‘विगतमा कोशीले धेरै धनजनको क्षति पु¥यायो, त्यसलाई न्यूनिकरण गर्न तथा तत्काल उद्धार गर्न सशस्त्र प्रहरी तयारी अवस्थामा रखेका छौ ।’

प्रशासन र सुरक्षा निकायले विपद् पूर्व तयारीमा जुटेको बताइरहँदा स्थानीयले भने अरु बेला कानमा तेल हालेर बस्ने प्रशासन बाढीताका मात्रै अनुगमन गर्ने गरेको बताएका छन् । स्थानीय रविन घिमिरले बेलाबेलामा हुने अनुगमनले काम नगर्दा आफुहरुमा थप त्रास बढाउने बताउँछन् । उनले भने–‘बर्षाद्को समय भन्दा हिउदकै समयमा जोखिम न्यूनिकरण गर्ने उपाय गरिदिए हुन्थ्यो, बाढी आएर क्षति पु¥याइसकेपछि त्यसको के औचित्य रहला र ?’ कोशी सम्झौता अनुसार सप्तकोशी नदी क्षेत्रमा भारतीय पक्षले स्पर मर्मत तथा तटबन्ध सुरक्षाका लागि बाँध निर्माण लगायतको काम गर्दै आएको छ ।

नेपाली पक्षले भने सो कार्यको अनुगमन, निरीक्षण तथा निर्माण कार्यका लागि सुरक्षा मात्र प्रदान गर्ने गरेको छ । सप्तकोशीको जलस्तरमा वृद्धि भई ब्यारेजका ढोका खोल्नु परेमा समेत नेपाली पक्षले भारतीय पक्षको मुख ताक्नु पर्ने बाध्यता रही आएको छ । कोशी फुटेर क्षति पु¥याउदा नेपाल र भारतका दुवै भूभागमा क्षति पग्ने गरेको छ । त्यसैले सम्भावित जोखिम न्यूनिकरण गर्न दुवै पक्ष गम्भीर भएर लाग्न जरुरी छ ।

koshi-pic

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

खसी चोरी गर्न आएका य ...

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी च ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved