इटहरीको बजेट २ अरब १७ करोड, कार्यकाल सकिनै लाग्दा मेयरले भने इटहरीलाइ नमुना शहर बनायौ (पूर्णपाठ सहित)

  • असार ११, २०७८
  • तेजबहादुर बन
alt

इटहरी / आगामि आर्थिक वर्ष ०७८।७९का लागि इटहरी उपमहानगरले २ अर्ब १७ करोड ४५ लाखको बजेट प्रस्तुत गरेको छ । अघिल्लो वर्ष सम्पन्न नभएका बिकासका आयोजनाहरूलाइ प्राथमिकतामा राख्दै इटहरी उपमहानगरकी उप प्रमुख लक्ष्मी गौतमले सो बजेट प्रस्तुत गरेकी हुन ।

अहिले समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्टको कोरोना नियन्त्रणलाइ मुख्य प्राथमिकतामा राख्दै उप प्रमुखले बजेट प्रस्तुत गरेकी हुन । उपमहानगरको नवांै नगरसभा मार्फत जारी गरिएको बजेटको आकार गत वर्ष भन्दा फराकिलो देखिएको छ । उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले नवौ नगरसभाको सुभारम्भ सभालाइ समबोधन गर्दै जारि गरिएको बजेट स्थानीय तह अन्तरगत आफ्नो कार्यकालको अन्तिम बजेट रहेको पनि जानकारी गराएका थिए ।

५ वर्षको कार्यकालमा जनताको भावना अनुसार काम गर्न नसकीएपनि बिकासको गतिमा इटहरीलाइ अन्य शहरको तुलनामा हेर्न लायक र स्मरण योग्य बनाउन सफल भएको मेयर चौधरीले दाबी गरे । उनले कार्यकालको ४ वर्ष त विभिन्न नीति नियम बनाउदै सकिएको पनि धारणा ब्यक्त गरेका थिए । नवौं नगर सभाबाट पारित बजेटले इटहरीको पुरानै योजनाहरूलाइ प्राथमिकतामा राखेको पाइएको छ ।

नीति, कार्यक्रम तथा बजेट वक्त्तव्य पूर्णपाठ
नवौं नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमूखज्यू,
नगरसभाका सदस्यज्युहरु, सर्वप्रथम यस गरिमामय नगरसभामा इटहरी उपमहानगरपालिकाको उपप्रमुख एवम् बजेट तथा योजना तर्जुमा समितीको संयोजकको हैसियतले आर्थिक वर्ष २०७७÷०७८ को आय तथा व्ययको जेष्ठ मसान्त सम्मको आय व्यय र आषाढ मसान्त सम्मको संसोधित अनुमान तथा आगामी आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति, कार्यक्रम तथा अनुमानित वजेट प्रस्तुत गर्ने अनुमती चाहान्छु ।


सभाध्यक्ष महोदय, यस महत्वपूर्ण सन्दर्भमा लोकतन्त्र प्राप्तीको आन्दोलनका विभिन्न काल खण्डमा आफ्नो जिवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रती भावपूर्ण श्रदाञ्जली अर्पण गर्न चाहान्छु साथै कोभिड १९ का कारण इटहरी उपमहानगर क्षेत्र भित्रका ५२ (बाउन्न) जना इहटरीवासीहरुको दुःखद निधन भएको छ उहाँहरुको निधनमा गहिरो दुःख व्यक्त गर्दै मृतकहरु प्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।लोकतन्त्र सामाजिक समानता र न्याय एवम् सुखी नेपाली समृद्ध नेपालको स्थापनाका लागि आफ्नो तर्फवाट महत्वपूर्ण योगदान पु¥याउनु हुने राजनितिक तथा सामाजिक एवम् अन्य सवै क्षेत्रका सम्पूर्ण अग्रज व्यक्तित्वहरु प्रती हार्दिक सम्मान प्रकट गर्न चाहान्छु । जतिवेला हामी आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गरीरहेका थियौ त्यो समयमा पनि कोभिड १९ को संक्रमणको माहामारी व्यापक थियो ।

हाम्रो कार्यालयका अनेकौ कामहरु प्रभावित थिए उपमहानगरपालिकाको नियमित कामका अतिरिक्त कोभिडसंग सम्बन्धीत कामहरु पि.सी.आर परीक्षण क्वारेन्टाईन तथा आइसोलेशन केन्द्रको संचालन, विपन्न गरीव र असहायहरुलाई राहत वितरण लगायतका कार्यहरुमा केन्द्रीत हुनु पर्ने वाध्यता थियो भने हाम्रो आफ्नै वजेटबाट करोडौं रकम खर्च गर्नु परेको अवस्था विद्यमान थियो । चालु आ.व.को पहिलो चौमासीकको अवधि सम्म त्यस्तो कठिन अवस्थाको सामना गर्नु पर्यो । पहिलो चौमासीक समाप्तीको केहि समय सम्म सहज परिस्थीती उत्पन्न भए पनि चालु वर्षको वैशाख महिनाको प्रारम्भ हुना साथै पुनः कोभिड १९ को दोश्रो भेरियन्ट संक्रमणको माहामारीका कारण सिङ्गो मुलुक र इटहरी उपमहानगरपालिका र इटहरीवासी समेत आक्रान्त भएका छौं र यो विषम परीस्थीतीको सामना गरीरहेका छौं ।

चालु आ.वा. को कोभिडको दोश्रो भेरियन्टको सामना गर्न नगरपालिकाको तर्फ वाट दैनिक २ सय सम्मको स्वाव परीक्षण कार्य नियमित गरीरहेका छौं भने विरामी परेका नागरीककोे जिवन रक्षाका लागि ५० वेड क्षमताको नेपाल सरकारले जारी गरेको मापदण्ड पूरा गरी अक्सीजन र चिकित्सक सेवा समेत उपलब्ध हुने गरी आइसोलेशन केन्द्र र ६ बेडको कोभिड अस्पताल संचालन गरीएको छ ।

नागरिक विरामी भए तत्काल सेवा उपलब्ध गराउने दुईवटा एम्बुलेन्स सेवा र मृत्यु भएकाहरुका लागि शवबहान सेवा समेत निःशुल्क उपलब्ध गराएका छौं । कोभिडको समयमा घरमै आइसोलेशनमा वसेका संक्रमितहरुले सहज सेवा उपलब्ध हुनसकोस भन्ने उद्देश्यले इटहरी अस्पताल मार्फत टेली मेडीसीन सेवा उपलब्ध भईरहेको छ र यस्तो सेवाबाट अहिले सम्म करीब तिन हजार नागरिकले सेवा प्राप्त गरिसकेका छन् ।

चालु बर्षको बैशाख महिनायता गरिएको एन्टिजिन र स्वाव परीक्षण गर्दा २ हजार ६ सय ७२ जनामा पोजेटिभ संकेत देखिएको छ र पोजेटिभ भएका हाम्रो रेकर्ड अनुसार ५२ जना नागरिक दुःखद निधन भएको छ । हाम्रो सिङ्गो नगर सभामा निर्वाचित भएको चार वर्षको अवधि करिब पूरा भएको छ र हाम्रो कार्यकाल विशेष परिस्थीतीमा ६ महिना थप नभएमा अव करीव ११ महिना मात्र बाँकी छ र हामीले वजेट प्रस्तुत गर्ने र पारीत गर्ने अन्तीम नगर सभा यही नै हो । अब यस पछाडी हाम्रो कार्यकालमा वजेट निती तथा कार्यक्रम प्रस्तुत गर्ने समिक्षा गर्ने पारीत गर्ने कुनै विकल्प बाँकी रहने छैन ।

सभाध्यक्ष महोदय, अव म क्षेत्रगत रुपमा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु । स्वास्थ्य इटहरी अस्पतालको स्तर वृद्धि गर्दै लगिने नीतिलाई कायमै राखिएकोछ । आगामी आर्थिक वर्षमा इटहरी अस्पतालमा ल्यल (नन इन्भेट्री भेन्टिेलटर) सहितको आइ.सी.यु. संचालन गरिनेछ । त्यस्तै हालको वर्थिङ् सेन्टरलाई स्तरोउन्नती गरि अपरेशन समेतको सेवा सुचारु गरिनेछ । अहिले रहेको ल्यावको क्षमतालाई वढाई आधुुनिक ल्यावको सुविधा उपलब्ध गराइनेछ । इटहरी अस्पतालमा आगामी वर्षबाट डाइलालिस सेवा संचालन गर्नुको अतिरिक्त खोप लगाउन आउने वच्चाहरुको लागि सामुदायिक बालबालिकाको आँखा उपचार कार्यक्रम समेत संचालन गरिनेछ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै इटहरी अस्पतालको स्तरोउन्नतीका साथै विभिन्न १४ वटा वडामा निर्माण सम्पन्न भई सकेका वा चाँडै निर्माण सम्पन्न हुने स्वास्थ्य केन्द्रको संचालन आगामी आर्थिक वर्षको प्रारम्भबाटै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराईने छ । इटहरी अस्पतालको माध्यमबाट आगामि आर्थिक वर्ष २०७८।७९ मा थप एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य सहित कार्यान्वयन गरिनेछ । समग्र स्वास्थ्य क्षेत्रका लागि रु. ४ करोड बिनियोजन गरेकी छु । यो रकम चालु आ.व.भन्दा रु. १ करोड ५० लाख वढी विनियोजित भएको छ । शिक्षा सामुदायिक विद्यालय र सामुदायिक शिक्षाको क्षेत्रको विकास र प्रगतिका लागि सबै विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय सुद्ध पिउने पानी, वालमैत्री शौचालय, कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम, खेलमैदान केन्द्रको स्तरोउन्नती लगायत आवश्यक अन्य कार्यहरु संचालन गरी सामुदायिक विद्यालयहरु थप व्यवस्थित, आकर्षक र उन्नत बनाइने नीति लिइएको छ ।

समग्र शिक्षा क्षेत्रका लागि रु. २ करोड रकम विनियोजन गरेकी छु ।कृषि तथा पशु विकाश नगरपालिका क्षेत्रभित्र अहिले पनि ठूलो भु–भाग ठूलो संख्यामा नागरिकको कृषि पेशामा संलग्न छन् । कृषि विकासबाट रोजगारी श्रीजना हुन सकोस् । कृषिमा व्यवसायिकरण हुन सकोस भन्ने उद्देश्यले विगत वर्षमा चालु आ.व. कृषि तथा पशु विकासका लागि संचालन गरिएका कार्यक्रमलाई थप प्रभावकारी बनाई कार्यान्वयन गरिनेछ । कृषि तथा पशुविकास कार्यक्रमका माध्यमबाट किसानहरु लाभान्वित हुन सकुन भन्ने उद्देश्यले आगामी वर्षका लागि यस शिर्षकमा रु. २ करोड ५० लाख विनियोजन गरिएको छ ।

सामाजिक विकास सामाजिक विकास हाम्रो समाजमा राज्यको मूलधारमा आउन अहिले पनि नसकिरहेका वंचितीकरणमा परेका अनुभुति गरिरहेका महिला दलित, वालवालिका आदिवासी, जनजाती थारु, मुस्लिम, मधेशी विपन्न नागरिक, अल्पसंख्यक असक्त अपाङ्गता भएका व्यक्ति, तेश्रो लिङ्गी लगायतका सम्मानित नागरिकहरुको बलियो उपस्थिति रहेको छ । त्यस्ता समुदायका नागरिकहरुको आत्मा सम्मान बढाई आत्मनिर्भर र सक्षम बनाउन सामाजिक विकास क्षेत्रका लागि संचालन कार्यक्रम प्रभावकारी भएकोछ । सामाजिक विकास क्षेत्रको शीर्षकमा रु. ३ करोड विनियोजन गरेकी छु ।

यूवा तथा खेलकुद यूवाहरुको शारिरीक तथा मानसिक विकासका साथै सामाजिक एकता र सद्भावको एउटा महत्वपूर्ण क्षेत्र खेलकुद पनि हो । यो शीर्षक अन्र्तगत कार्यक्रम संचालन गर्दा मेयर कप, इटहरी गोल्डकप, अन्तर विद्यालय खेलकुद, नगर स्तरीय जस्ता कार्यक्रम संचालन गरिनेछ । साथै खेलाडी उत्पादन, नगर क्षेत्रको स्वास्थ्य र सौन्दर्यलाई मध्यनजर गरि एक खुल्ला व्यायामशाला निर्माण गर्ने लगायतका कार्यक्रम संचालन गरिनेछ । युवा तथा खेलकुद शिर्षकमा आवश्यक बजेटको व्यवस्था गरेकी छु ।वन तथा वातावरण तथा सरसफाई नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने कार्य पनि नगर विकासको एउटा आयाम हो । नदि तथा ढल नाला सरसफाई, रोपिएका विरुवाको संरक्षण, वृक्षारोपण, इटहरी १० नं. वडामा निर्माण सम्पन्न हुन लागेको ल्याण्डफिल्ड साइटको व्यवस्थापन, फोहोर जन्य वस्तुको उचित व्यवस्थापनका लागि आवश्यक सामाग्री खरिद लगायतको कार्यक्रम संचालन गरिनेछ । साथै इटहरी चोकको ग्रिन बेल्टको मर्मत समभार र रंग रोगन समेत गरिनेछ । आगामी बर्षमा इटहरी क्षेत्रका चोक विभिन्न स्थानमा घुम्ती शौचालयको समेत आवश्यक व्यवस्था गरिनेछ ।

यो शिर्षकमा रु. १ करोड बिनियोजन गरेकी छु ।सूचना तथा संचार राज्यको चौथो अंगको रुपमा स्थापित संचार जगतलाई प्रोत्साहित गर्नुका साथै क्रमवद्ध विकास गर्न आवश्यक हुन्छ । इटहरी भित्रका एफ.एम.रेडियो र टेलिभिजनलाई उपलब्ध गराउँदै आएको कार्यक्रमको निरन्तरता, फिचर लेखन तालिम, फेलोसिप लेखन तथा पत्रकार सम्मान आदि कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने छ भने पत्रकार महासंघ सुनसरीको भवनलाई समेत आवश्यक बजेट उपलब्ध गराउने गरी सूचना तथा संचार क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

सहकारी विकास कार्यक्रम इटहरी उपमहानगर क्षेत्रमा ठूलै संख्यामा सहकारी संस्थाको स्थापना भएको छ र सहकारीकोे व्यवस्थापन, नियमन र स्तर उन्नतीका लागि नगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्न आवश्यक ठानिएको छ । कृषि सहकारीलाई कृषि उत्पादनमा वृद्धि गर्न तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्न आवश्यक भएको हुँदा यस शीर्षकमा आवश्यक बजेटको व्यवस्था गरेकी छु ।भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास नेपाल सरकारले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास भएका नागरिकलाई विधि सम्मत ढंगले जग्गा उपलब्ध गराउने कार्यक्रमलाई अगाडी बढाउन स्थानीय तहलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ ।

इटहरी नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहिन दलित, भूमिहिन सुुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्य नगरपालिकाको तर्फबाट सम्पन्न भएको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासी ६ हजार ४ सय ५०, अव्यवस्थित बसोबासी ५ हजार ८ सय ४९ जनाले लगत संकलन फर्म भर्ने कार्यमा सहभागी भएका छन् । संकलित लगतलाई व्यवस्थित ढंगले पंजिकरण गरी अभिलेख तयार गरी भूमि व्यवस्था आयोगमा पठाउने हाम्रो जिम्मेवारी पुरा गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई जग्गाको मालिक बनाउने कार्य महत्वपूर्ण र ऐतिहासिक कार्य सम्पन्न गर्नुपर्ने छ । यो अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न आवश्यक ठानी रु. २५ लाख बिनियोजन गरेकी छु ।

महिला शसक्तिकरण
हिंसा पीडित महिलाका लागि निर्माणाधिन भवन सुरक्षित आवास गृह, आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गरिनेछ र इटहरी अस्पताल वा इटहरी स्वास्थ्य केन्द्रमा सुत्केरी हुने विपन्न महिला सँग उपमेयर सुत्केरी भेटघाट कार्यक्रम प्रभावकारी देखिएको हुँदा यस कार्यक्रमलाई निरन्तरता दिइनेछ । आजसम्म ४ सय भन्दा वढी महिलाहरु उद्यमी र आत्मनिर्भर बन्न सफल भएकाले उपमेयर आत्मनिर्भर कार्यक्रमलाई निरन्तरता दिइनेछ । महिला शसक्तिकरण र समावेशीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरेकीछु । दलित तथा विपन्न समुदाय वस्ती विकास कार्यक्रम उत्पिडित र पछाडी परेका दलित समुदायका नागरिकको उन्नती र विकासलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने नीति अंगिकार गरिनेछ । आगामी बर्षमा जातिय विभेद विरुद्धको अभियान संचालन गर्ने र दलित समुदायले अपनाउदै आएको परम्परागत पेशालाई आधुनिकीकरण गरिनेछ । दलित समुदायका विद्यार्थीलाई छात्रबृत्ति, वितरण तथा लोकसेवा तयारी कक्षा संचालन गरिनेछ ।

गत आर्थिक वर्षबाट प्रारम्भ गरिएको तराईका मुसहर समुदायलाई सुरक्षित र व्यवस्थित घर निर्माण गरी हस्तान्तरण गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइनेछ र यो शिर्षकमा समेत आवश्यक बजेटको व्यवस्था गरिएको छ ।उद्योग वाणिज्य र व्यापारइटहरी व्यापारिक तथा व्यवसायिक नगरी पनि हो । उद्योग, व्यापार व्यवसायको क्षेत्रलाई वढी सुरक्षित र व्यवस्थित गर्ने आवश्यक नीति कार्यक्रम तय गरी लागु गरिनेछ । इटहरी वार्ड नं. ९ हाटखोलामा रहेको जग्गामा शित भण्डार सहितको आधुनिक कृषिबजारको निर्माण कार्य आगामी आर्थिक वर्षबाट प्रारम्भ गरिनेछ र यो शिर्षकमा रु. पाँच करोड ५८ लाख रकम विनियोजन गरिएकोछ ।

नदि नियन्त्रण इटहरी उपमहानगरपालिका क्षेत्र भित्र धेरै खोला नालाहरु रहेका छन् । खोला नाला हाम्रो महत्वपूर्ण सम्पत्तीहरु हुन् तर नियन्त्रण हुन नसक्दा बर्खायाममा बाढीको प्रकोपका कारण ति बरदान मासिने चिज अभिसाप बन्ने खतराबाट नियन्त्रण गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो भन्ने तथ्यलाई अत्मासाथ गर्दै नदि नियन्त्रण रु. १ करोड ५० लाख बिनियोजन गरेकीछु । बिपद् व्यवस्थापन अहिले हामी कोभिड १९ को संक्रमणको जटिल परिस्थितीको सामना गरिरहेका छौं । यो माहामारी विरुद्ध जुध्नु पर्ने परिस्थितीका साथै भविष्यमा आई लाग्न सक्ने अन्य विभिन्न खाले रोगहरु बाढी, सितलहर, आगलागी वा अन्य यस्ता कुनै पनि प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट नागरिकको जिउधन सुरक्षा गर्नु हाम्रो एउटा महत्वपूर्ण जिम्मेवारी हो भन्ने तथ्यलाई आत्मासात गर्दै यो शिर्षकमाा रु. ३ करोड बिनियोजन गरेकी छु ।पूर्वाधार निर्माण (क) नगरबासीहरु र जनप्रतिनिधीहरुको ठुलो मागको रुपमा डे«न तथा सडक कालोपत्रे, विभिन्न सामुदायिक भवन, पार्क, खेलमैदान धुलो र हिलो मुक्त सडकको स्तरोन्नती लगायतका कार्यक्रमहरु प्रस्तुत हुने गर्दछन् । यस्ता कार्यक्रमहरुको संचालन गर्नु हाम्रो आवश्यकता र दबाब दुवै छन् । यो शिर्षकमा विगतका बर्षहरुमा हामीले ठुलै रकम खर्च गरी कार्यक्रम संचालन गर्दै आएका छौं । जसका कारण सिंगो इटहरी नगरमा खास गरी सडक निर्माणको क्षेत्रमा ठुलो सफलता हासिल भएको छ ।

इटहरीका ग्रामिण क्षेत्र आज मुख्य शहरसँग भौतिक र मानसिक दुवै हिसावले आवद्ध भएका छन् । आगामी बर्षबाट कार्य आरम्भ हुने ३२ वटा बहुबर्षे सडक निर्माण योजना संचालन भै आगामी आर्थिक बर्षमा करिब ६९ किलो मिटर सडक निर्माण भई सक्ने गरी बजेटको व्यवस्था गरिएको छ । त्यस्तै रणनितीक महत्वका ठुला पुलहरुको चालु बर्षमै ठेक्का सम्झौता भै आगामी २ बर्षमा कार्य सम्पन्न हुने गरि निर्माण प्रारम्भ भई सकेको छ । चालु आर्थिक बर्षमै सार्वजनिक खरिद प्रकृया सुरु भई सकेको नमूना र आकर्षक कार्यक्रम स्मार्ट पार्किङ्ग निर्माणलाई आगामी बर्षमा सम्पन्न गर्ने आवश्यक कार्य गरिनेछ । आगामी आर्थिक बर्ष पहिलो तीन महिना भित्रै सम्पन्न हुने गरी वडा समितिको कार्यालयको भवन निर्माण कार्य भईरहेको छ । समग्र पूर्वाधार क्षेत्रमा बजेटको ठुलो हिस्सा खर्च हुने गरी आवश्यक बजेटको व्यवस्था गरेकी छु ।पूर्वाधार निर्माण (ख) पूर्वाधार निर्माणको क्षेत्रमा हामीले गत नगरसभाबाट एउटा महत्वपूर्ण कार्यक्रमको रुपमा पृथ्वीको मानचित्रमा नक्सा भित्र नेपालको नक्साको प्रतिमा इटहरीको गोल चोकमा स्थापना गर्ने निर्णय गरेका थियौं तर संघीय सरकारबाट निर्माण गरिने फोरलेन सडक तत्काल प्रारम्भ गर्ने सबै तयारी पुरा गरी सकेको र सोही स्थानबाट प्लाई ओभर ब्रिज निर्माण गर्ने बृस्तृत परियोजना प्रस्ताव तथा प्रतिबेदन समेत प्राप्त भएकोले गोलो चोकमा निर्माण गरिने पृथ्वी चोकको प्रतिमा स्थापना गर्न सकिएन तर हाम्रो बारम्बारको अनुरोधमा प्लाई ओभर ब्रिज बन्ने निश्चित भएको तथ्य निवेदन गर्न चाहान्छु ।पूर्वाधार निर्माण (ग) पूर्वाधार निर्माण कै सन्दर्भमा नेपाल सरकार सँगको सहकार्यमा इटहरीका मुख्य शहरी क्षेत्रमा ठुला पूर्वाधार योजना संचालन गरिने सम्झौता भई सकेको छ ।

यो कार्यालयमा संघीय सरकार र इटहरी उपमहानगरपालिकाको संयुक्त लगानी तथा सहकार्यबाट संचालित हुने शहरी शासकिय सुधार कार्यक्रमबाट मुलत इटहरी नगर भित्रको डे«नका कारण हुने डुवानलाई न्यूनिकरण हुने विश्वास गरिएको छ ।आन्तरिक प्रशासनिक व्यवस्थापन नगरपालिका कार्यालयका प्रशासनिक कामलाई छिटो छरितो चुस्त बनाउन सेवाग्राहीका लागि गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक भएको तथ्यलाई ध्यान दिदै सफ्टवयेर निर्माण र सर्भर स्थापना गरी राजश्व बुझाउन कार्यालयमा आउन नपर्ने घरबाटै बुझाउन सकिने अनलाईन पेमेन्ट प्रणालीको विकास गर्ने प्रकृया चालु बर्षबाट प्रारम्भ भएको छ र आगामी बर्षबाट यो सेवा सुचारु गरिनेछ । यो शिर्षकमा रु. १ करोड बिनियोजन गरेकीछु ।अब म आगामी आर्थिक बर्ष २०७८।७९ का लागि राजश्व तर्फ केही मुख्य मुख्य बिषयमा गरिएका व्यवस्थाका सम्बन्धमा चर्चा गर्ने अनुमती चाहान्छु ।गत आर्थिक बर्षको अन्तिम अवधिको ४ महिना कोभिड १९ का कारण हाम्रो राजश्व असुलीमा गम्भिर नकारात्मक प्रभाव पर्न गयो तर विगतको त्यस्तो अवस्था चालु बर्षमा दोहोरिन सक्ने हामीले अनुमान गरेनौं । हाम्रो आन्तरिक राजश्व प्रशासनलाई चुस्त दुरुस्त बनाएर अगाडी बड्दा राजश्वमा केही बृद्दि हुने अनुमानका साथ चालु बर्षको राजश्व असुलीबाट रु. ३८ करोड अनुमान गरेका थियौ तर चालु बर्षको पहिलो तीन महिना र अन्तिम तीन महिना कोभिड संक्रमणको माहामारीका कारण अधिकतम २१ करोड मात्र असुल हुने संसोधित अनुमान अघि प्रस्तुत गरि सकेकी छु । हाम्रा बिकास निर्माण र सामाजिक न्याय सहितको समृद्धि एउटा महत्वपूर्ण आधार राजश्व नै हो ।राजश्व असुलीको जिम्मेवारी कार्यपालिका कार्यालयको मात्र हैन सबै वडा कार्यालय, सबै जनप्रतिनिधीज्यूहरु, कर्मचारी साथीहरु सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने तथ्यलाई गम्भिरता पूर्वक आत्मासात गर्न आवश्यक रहेको व्यहोरा निवेदन गर्न चाहान्छु । हामी जनप्रतिनिधी र कर्मचारीहरुले आगामी आर्थिक बर्षको आश्विन मसान्त भित्र आफुले बुझाउनु पर्ने भूमिकर, सम्पत्तिकर, व्यवसाय कर वा अन्य सबै खाले नगरपालिकालाई बुझाउनु पर्ने कर राजश्व बुझाई उदाहरणिय कार्य गर्ने थालनी गर्नु पर्ने प्रस्ताव गरिमामय सभा समक्ष प्रस्ताव गरेकी छु ।
हामीले कर तथा राजश्व असुलीमा करको दर बृद्दि होइन दायरा फराकिलो बनाउनु पर्दछ । नागरिकलाई करको बोझ थोपार्न होइन कर बुझाउने सहजताको वातावरण बनाउने विगतको मान्यतालाई आगामी बर्ष पनि कायमै राखिएको छ । लामो समय देखिको कर बक्यौताबाट करदातामा झन्झटिलो बोझ महसुस हुने र कार्यालयमा राजश्व जम्मा नहुने अवस्था अन्त हुन सकोस् भन्ने उदेश्यले कर राजश्व सम्बन्धमा देहाय बमोजिमका नीति अवलम्बन गर्ने प्रस्ताव गरेकी छु ।

(१) नगरपालिकामाा व्यवसाय दर्ता भएका कुनै पनि व्यक्ति, फर्म संघ संस्था वा निकायले आर्थिक बर्ष २०७७।७८ सम्म लागेको व्यवसाय कर विभिन्न कारणले बुझाउन बाकी रहेको भएमा त्यस्ता करदाताले आर्थिक बर्ष २०७६।०७७ मा लाग्ने कर २०७८ साल माघ मसान्त भित्र बुझाएमा सो मा लाग्ने थप शुल्क, दस्तुर, व्याज, जरिवाना मिनाहा गरिनेछ । आर्थिक बर्ष २०७३।७४ सम्म तिर्नुपर्ने व्यवसाय कर सम्पूर्ण मिनाहा गरिने छ ।(२) नगरपालिकामा व्यवसाय दर्ता नगरी कारोबार संचालन गरिरहेको भएमा त्यस्ता करदाताले नियमानुसार व्यवसाय दर्ता गरी आएका आर्थिक बर्ष २०७४।७५, २०७५।७६ र २०७६।७७ मा लाग्ने व्यवसाय कर २०७७ माघ मसान्त भित्र बुझाएमा सो मा लाग्ने थप शुल्क तथा जरिवाना मिनाहा गरिनेछ ।(३) आर्थिक बर्ष २०७७।७८ वा सो भन्दा अघिको सम्पत्ति कर, भूमिकर नतिरेका करदाताले तिर्नुपर्ने कर २०७८ माघ मसान्त भित्र बुझाएमा सो मा लाग्ने थप शुल्क, व्याज, जरिवाना मिनाहा गरिनेछ ।

(४) (क) घर जग्गा बहाल कर तिर्ने दायित्व भएका करदाताको २०७५ अषाढ मसान्त अगाडीको बहाल कर मिनाहा गरिनेछ ।(ख) आर्थिक बर्ष २०७५।७६ मा लाग्ने सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७८ माघ मसान्तमा बुझाएमा सो मा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा ३० प्रतिशत छुट गरिनेछ ।(ग) आर्थिक बर्ष २०७६।७७ मा लाग्ने सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७८ माघ मसान्तमा बुझाएमा सो मा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा १५ प्रतिशत छुट गरिने छ ।(घ) आर्थिक बर्ष २०७७।७८ मा लाग्ने सम्झौता अनुसारको घर बहाल कर, २०७८ माघ मसान्त सम्म बुझाएमा सो मा लाग्ने व्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा १० प्रतिशत छुट दिईने छ । (५) साविक जिल्ला विकास समितिबाट घ बर्गको निर्माण ठेक्काको प्रमाण पत्र प्राप्त गरि समयमा नविकरण गराउन नसकेका निर्माण व्यवसाय गर्ने व्यवसायीले आर्थिक बर्ष २०७५।७६ देखिको लाग्ने कर २०७८ माघ मसान्त सम्म बुझाएमा व्याज, शुल्क, जरिवाना छुट दिई प्रमाण पत्र नविकरण गरिनेछ र सो अवधि भन्दा अगाडीको लाग्ने कर, शुल्क, व्याज तथा नविकरण शुल्क मिनाहा गरिनेछ ।(६) बुदा नं. (१), (२), (३), (४) अनुसारको छुट तथा मिनाहा सुविधा प्राप्त गर्न करदाता अनिवार्य यस उपमहानगरपालिकामा दर्ता भएको हुनुपर्नेछ । (७) यसरी दिईएको अवधि समाप्त भए पछि कुनै कर तथा राजश्व छुट हुन नसक्ने तथ्य समेत विनम्रता पूर्वक प्रस्तुत गर्न चाहान्छु ।

२६. कोभिड १९ को संक्रमणबाट प्रभावितलाई छुट सहुलियत सम्बन्धी विशेष व्यवस्था (१) आर्थिक बर्ष २०७७।७८ को व्यवसाय कर २०७८ माघ मसान्त सम्म बुझाएमा सो मा लाग्ने व्याज, शुल्क जरिवाना सहित करमा २५ प्रतिशत छुट दिईनेछ ।साथै कोभिड १९ का कारण सबै भन्दा बढी प्रभावित भएका व्यवसाय, होटल व्यवसाय, सौन्दर्यकला व्यवसाय, शैलुन व्यवसायलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । (२) आर्थिक बर्ष २०७८।७९ को व्यवसाय कर २०७८ माघ मसान्त सम्म बुझाएमा करमा बीस प्रतिशत छुट हुनेछ । (३) आर्थिक बर्ष २०७८।७९ मा लाग्ने सम्झौता अनुसारको घर जग्गा बहाल कर, २०७८ माघ मसान्त सम्ममा बुझाएमा लाग्ने करमा दश प्रतिशत छुट हुनेछ ।

उपरोक्त छुट दिएका बिषय र क्षेत्र भए वित्तिय सेवा र ऋण तथा बचत सहकारी संस्था निर्माण व्यवसाय र १० लाख भन्दा माथि पूँजी लगानी भएका उद्योगहरुको लागि छुटको व्यवस्था लागु हुने छैन । (४) विगत र चालु आर्थिक बर्षमा घर जग्गा बहाल कर आठ प्रतिशतले लाग्दै आएकोमा आगामी आर्थिक बर्ष सात प्रतिशत मात्र लाग्ने गरी घर बहाल कर घटाउने प्रस्ताव गरेकी छु ।

(५) रु. एक लाख पूँजि भएका साना व्यवसाय गर्ने व्यवसायीहरुलाई व्यवसाय करमा पूर्ण रुपमा छुट दिने व्यवस्था मिलाएकी छु । (६) रु. तीन लाख सम्मको लगानीमा व्यवसाय गर्ने व्यवसायीहरुलाई व्यवसाय करमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएकी छु । (७) महिलाहरुले उद्यम तथा उत्पादन मुलक व्यवसाय संचालन गरेमा एकल रुपमा व्यवसाय गर्नेलाई लाग्ने व्यवसाय करमा ४० प्रतिशत छुट र सामुहिक रुपमा व्यवसाय गर्ने समुहलाई ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।आदरणिय करदाता इटहरीबासी दाजु भाई दिदी बहिनीहरु इटहरी उपमहानगरपालिकामा विभिन्न बिषयमा लाग्दै आएको करमा हामीले कुनै बृद्दि गरेका छैनौं बरु कतिपय शिर्षकमा घटाएका छौं ।

कोभिड १९ को माहामारीका कारण व्यापार व्यवसाय गर्ने व्यवसायीलाई पर्न गएको मार्का समेतलाई आत्मासात गरी आगामी माघ मसान्त सम्मको लागि धेरै वटा शिर्षक छुटमा प्रदान गरिएको हुँदा यो अवसरको सदुपयोग गर्न म विनम्रता पूर्वक अनुरोध गर्न चाहान्छु ।सभाध्यक्ष महोदय,आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट मैले गरिमामय नगरसभा समक्ष प्रस्तुत गरी सकेको छु ।

यो नीति, कार्यक्रम र बजेट बिनियोजनका क्षेत्र र राजश्व सम्बन्धी बिषयको विस्तृत विवरण बिनियोजन विधयेक र अर्थ विधयेकको अनुसूचीमा समावेश गरी प्रस्तुत गरिने व्यहोरा समेत निवेदन गरेकी छु ।चालु बर्षको आय व्ययको विवरण र आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट तयार गर्न श्रीमान् नगरप्रमूखज्यूको महत्वपूर्ण पहलकदमि र निर्देशन राजश्व परामर्श र बजेट तथा कार्यक्रम तर्जुमा समितिमा रहनु भएका साथीहरु, सम्पूर्ण कार्यपालिकाका जनप्रतिनिधी मित्रहरु लगायत अन्य सबै जनप्रतिनिधीज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत सम्पूर्ण कर्मचारी साथीहरु विशेष गरी तथ्यांकको खोजी संकलन लेखन जस्ता कार्यमा अतिरिक्त समयमा पनि काम गर्ने कर्मचारीहरु तथा नीति, कार्यक्रम र बजेट निर्माणमा सहयोग गर्ने राजनैतिक दल, नागरिक समाज, बजेटका सम्बन्धमा चासो राखेर समय समयमा समाचार संप्रेषण गर्ने पत्रकार साथीहरु, सुझाव र समन्वय गर्नु हुने प्रतिनिधी सभाका माननिय सदस्य सिताराम मेहताज्यू, प्रदेश सभा प्रदेश नं. १ का सदस्य तथा भौतिक पूर्वाधार समितिका सभापति माननिय सर्वध्वज साँवाज्यू, प्रदेश सभाका माननिय लिलम बस्नेतज्यू सबैमा हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु ।आगामी बर्षको कार्यक्रम र बजेट कार्यान्वयन सफलता पूर्वक प्रभावकारी ढंगले हुनेछ भन्ने विश्वासका साथ प्रस्तुत नीति, कार्यक्रम र बजेट माथि सार्थक छलफल गरी पारित हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

धन्यबाद
लक्ष्मी गौतम
उप प्रमुख
एवं
बजेट तथा योजना तर्जुमा समिति

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved