इलाम नपगरपालिकाको बजेट एक अर्ब २१ करोड

  • असार १०, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि एक अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौ नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने एक अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको हो ।

नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १२ करोड विनियोजन तर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । निशर्त अनुदान तर्फ आर्थिक विकासमा दुई करोड ७१ लाख ५० हजार रुपैयाँ, सामाजिक विकासमा तीन करोड ९८ लाख रुपैयाँ, पूर्वधार विकासमा ३३ करोड ८३ लाख ३३ हजार एकसय ६० रुपैयाँ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि पाँच करोड ३३ लाख १२ हजार आठ सय ४० रुपैयाँ विनियोजन गरेको छ ।

सशर्त अनुदानबाट आर्थिक विकासमा चार करोड ६८ लाख, सामाजिक विकासमा, ३० करोड ४७ लाख रुपैया, सुशान तथा अन्तरसम्बन्धित क्षेत्रमा एक करोड ७२ लाख रुपैयाँ र सामाजिक सुरक्षामा १४ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । नगरपालिकाले आम्दानी तर्फ आन्तरिक राजश्वबाट १२ करोड ७५ लाख रुपैयाँ, मालपोत रजिष्ट्रेशनबाट दुई करोड, उपभोक्ताको लागत सहभागिताबाट चार करोड ३३ हजार एक सय ६० रुपैयाँ, सार्वजनिक निजी साझेदारीमा एक करोड १० लाख रुपैयाँ, गत वर्षको अल्याबाट पाँच करोड रुपैयाँ, नगर विकास कोषबा दुई करोड रुपैयाँ ऋण लिइने, अन्य संस्थाबाट साझेदारी ५० लाख रुपैयाँ र आन्तरिक ऋण तीन करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

त्यस्तै संघीय सरकारबाट समानीकरण अनुदानबाट १५ करोड ८८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । त्यस्तै सशर्त अनुदानमा ३९ रकोड ६९ लाख, समपुरक अनुदानमा दुई करोड आठ लाख, विषेश अनुदानमा चार करोड १५ लाख रुपैयाँ र सामाजिक सुरक्षामा १४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । प्रदेश सरकारबाट समानीकरण अनुदानबा ९२ लाख ९३ हजार रुपैयाँ सशर्त अनुदानमा दुई करोड सात लाख चार हजार रुपैयाँ, समपुरक अनुदान एक करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले राजश्व बाँडफाँड मार्फत संघीय सरकारबाट नौ करोड ९९ लाख ९३ हजार रुपैयाँ र प्रदेश सरकारबाट एक करोड १९ लाख ७६ हजार आठ सय ४० रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved