वीपी प्रतिष्ठान सुधारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • असार १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिन देखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् ।

आज इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायसी हुने उल्लेख गरिएको छ ।

प्रतिष्ठानको कुलपतिको नाताले प्रतिष्ठानमा देखिएका समस्याहरुलाई हल गर्न निर्णायक पहलकदमी गर्ने जिम्मेवारी प्रधानमन्त्रीको रहेकाले पहलकदमीका लाई आग्रह गरिएको छ । प्रतिष्ठानको पहिलो समस्या चरम राजनितिकरण नै रहेको ठहर गर्दै पदाधिकारीको नियुक्तिमा राम्रो भन्दा हाम्रो भन्ने परिपाटीको अन्त्य, ठुलो आर्थिक लेनदेनको अन्त्य गर्दै विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस कार्यदलले तयार पारेको प्रतिवेदन अनुरुप गर्न सके समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।

समितीका संयोजक डा. रिमालको हस्ताक्षर गरिएको ज्ञापनपत्रमा प्रतिष्ठान भित्र भएका अनियमितता र भ्रष्टाचार सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका दर्जनौ मुद्धाहरुको द्रुत गतिमा छानबिन गरी दोषि ठहर भए कार्वाही गर्न सम्बद्ध निकायहरुलाई निर्देशन गर्न पनि आग्रह गरिएको छ । पत्रमा लेखिएको छ, ‘प्रतिष्ठानमा रहेका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले गर्ने हरेक कृयाकलापहरुलाई पारदर्शी र जवाफदेही बनाउने पद्धतीको थालती गर्न सके फेरी यो प्रतिष्ठान नमुना बन्नेछ ।’

संघर्ष समितीको आयोजनामा विगत १० दिन चिकित्सक तथा विद्यार्थीहरुले दैनिक दुई घण्टा उपकुलपति कार्यालय अघि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । प्रतिष्ठानले वार्ता समिती बनाए पनि उपकुलपतिको उपस्थिती भए पछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।

patra

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved