धरान/ कोरोना भाइरसका कारण सरकारले गरेको लकडानको सदुपयोग धरानका युवाहरुले भरपूर रुपमा गरेका छन् । धरानमा धेरै युवाहरु कुलतमा फसेर जीवन नै बर्बाद गरिरहेका छन् तर धरानका केही यस्ता युवाहरु छन् जसले लकडाउनको भरपुर सदुपयोग गर्दै सामाजिक कार्यमा आफूहरुलाई समाहित गरेका छन् ।
लकडानको अवधिभरि सडकमा जथाभावि हिड्ने पशुहरुसको संरक्षणमा जुटेका उनीहरु गरिब तथा अससहायहरुलाई खाना खुवाएर पुण्य काम गरेका छन् । काठमाण्डौमा प्रमुख कार्यालय रहेको र धरानमा शाखा रहेको आत्मोत्सर्ग धरान नामक संस्थामा आवद्ध युवाहरुले पशु संरक्षका लागिएक महिनाको क्याम्पियन नै चलाएर धरान १ मा रहेको अपांग तथा असहाय केन्द्रमा रहेका अपांगता भएका पुरुष, महिला तथा बालबालिकालाई खाना समेत खुवाएका छन् । आत्मोत्सर्ग धरानका संयाजक रुसल श्रेष्ठले युवाहरु पनि सत्कर्ममा लाग्दै सकारात्मक सोचको विकास गर्न लकडाउनको सदुपयोग गदै समाजसेवामा जुटेको बताए ।
उनले भने –‘शुरुमा साथीहरुसंग रकम जुटाएर आफै सडकमा रहेका कुकुर तथा सडक मानवलाई खाना खुवाएका थियौ पछि हाम्रो काम देखेर आत्मोत्सवर्ग काठमाण्डौले धरानमा शाखा खोलेर युवाहरुलाई सामाजिक कार्यमा प्रोत्साहन गरेको हो ।’ उनले सडकमा रहेका कुकुरलाई घामपानीबाट बचाउन भविष्यमा केम्पियन खोल्ने तयारीमा रहेको बताए ।
उनका अनुसार लकडाउनको समयवाधि अर्थात एक महिनाभित्रमा दिनको १ सय २० भन्दा कुकुर, बादर, बजारमा छोडिएका गाइ बस्तुलाई एक महिना लगातार खाना खुवाउनुका साथै सडक मानव तथा अनाथाश्रममा समेत खाना खुवाएको बताए । धरानलाई केन्द्रित गरेर शुरु गरेको यो अभियानलाई विस्तारै अन्यत्र पनि गर्ने सोच राखेको संयोजक श्रेष्ठ बताउछन ।
उनले यो अभियानलाई विस्तार गर्दै पशुसंरक्षणमा जुट्ने अभियान लिएको बताए । पछिल्लो समय इलाका प्रहरी कार्यालय धरानको तथ्यांक हेर्ने हो भने पनि ३० बर्ष भन्दा मुनिका युवाहरु बढी कुलतमा फसेको पाइन्छ । आत्मोत्सवर्गका युवाहरु झै अन्य युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्ने वातावरण तयार गर्ने हो भने युवा पुस्ता पक्कै पनि सकारात्मक सोचप्रति आकर्षित हुने थिए ।
यसतर्फ अभिभावक, विद्यालयका शिक्षक, तथा देशका ज्म्मिेवार निकाय लाग्न सके पक्कै पनि युवा वर्ग सकारात्मक सोचतर्फ आकर्षि हुने थिए ।