धरानको बजेट प्रस्तुत : नगरसभा असार १९ सम्म स्थगित

  • असार ११, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोेभिडको संकटपूर्ण अवस्थामा पनि धरान उपमहानगरपालिकाले बार्षिक बजेट प्रस्तुत गरेको छ । सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा उपमहानगरपालिकाले नवौं नगरसभामाको आयोजना गर्दै उपहानगरपालिकाकी उप्रमुख मञ्जु भण्डारी सुवेदीले आर्थिक बर्ष ०७८÷०७९ को अनुमानित बजेट पेश गरेकी थिइन् ।

प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले नगरसभाको उद्घाटन गरेका थिए । यो बजेट गत बर्ष अर्थात ०७७÷०७८ को भन्दा भन्दा ३१ करोड बढीको बजेट उपमहानगरपालिकाले प्रस्तुत गरेको छ । गत बर्ष १ अर्ब ७२ करोड ५४ लाख ४१ हजार ४ सय ५० रुपैयाको बजेट प्रस्तुत गरेको थियो । कोरोना महामारीका बीचमा पनि आर्थिक स्रोतहरु कम भएपनि उपमहानगरपाकिाले गतको बजेट भन्दा धेरै बजेट प्रस्तुत गरेको छ ।

उपमेयर भण्डारीले प्रस्तुत गरेको आव २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटमा आगामी वर्षको आन्तरिक आयतर्फ २७ करोड १० लाख, संघीय समानीकरण अनुदानतर्फ ३३ करोड ९२ लाख, प्रदेश समानीकरण अनुदानबाट २ करोड १ लाख ४७ हजार आय प्रस्तुत गरिएको छ । यसैगरी संघीय राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८६ हजार र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ५१ लाख, ९५ हजार, ७ सय ५०, संघीय समपुरक अनुदानतर्फ ३ करोड ४६ लाख, संघीय विशेष अनुदानतर्फ २ करोड ९९ लाखको अनुमाति आय प्रस्तुत गरिएको छ ।

त्यसैगरी प्रदेश सरकार सशर्ततर्फ २ करोड, धरान खानेपानी बोर्डबाट १० करोड अनुमान गरिएको छ भने अन्य स्रोत तथा विविध आयतर्फ १७ करोड ९ लाख ५८ हजार ५ सय ६०, मौज्दात ३ करोड गरी जम्मा २ अर्ब ३ करोड ६४ लाख बराबरको अनुमानित आय प्रस्तुत गरिएको छ ।

उपमहानगरले व्ययतर्फ धरानको २० वटा वडाको लागि २८ करोड, शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ १८ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ ३८ करोड २८ लाख, स्वास्थ्यतर्फ ४ करोड ७५ लाख रुपैयाँको बजेट विनियोजित गरेको छ ।

नगरसभा स्थगित : पुन असार १९ गते बस्ने

धरान उपमहानगरपालिकाको नवौं नगर सभा प्रमुख अतिथि प्रदेशसभा सभामुख प्रदीप भण्डारीले उद्घाटन गरे पनि नगरसभा स्थगित भएको छ । नगरसभामा आगामी आर्थिक बर्षं २०७८÷ ७९ को नीति तथा कार्यक्रम, प्रस्तुत भइसकेपछि नगरसभा स्थागित भएको हो । नगरसभा यही असार १९ गते बैठक बस्ने गरी स्थगित गरिएकोे छ ।

200734171_1612486152289033_1864271054800451135_n 203091262_1293174347763766_1341118644670554086_n 206039442_2921413021449088_8131480071266644541_n

bajet

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved