समाचार

    Showing 7,121-7,130 of 8,672 items.
  • इतिहाँस झल्काउदै इलामको अरनिको संग्रहालय

    इलाम । इलाम नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण गर्नेे उद्देश्यले इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई अरनिको संग्रालय बनाउन काम धमाधम अघि बढाएको छ । सय वर्षे पुरानो भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजनाका साथ काम थालिएको हो । यस अघि यहाँ जिल्ला प्रशासन कार्यालय रहेको थियो । प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि काम थालिएको छ । संग्रालयमा लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरणहरू, बजागाजा, भिविन्न जातिका भेषभुषा, भाडा वर्तन लगायतका सामग्री राखिने छ । अहिले केहि सामान राखिएका

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,448 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • चिउडोमा मास्क, छैन् सामाजिक दुरी

    इटहरी । चाडपर्वको समयलाइ मध्यनजर गर्दै संचालनमा आएका सार्वजनिक यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । पूर्वबाट इटहरी हुदै धरान बिराटनगर लगायत अन्य स्थानहरूमा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरूमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले सोमबार गरेको अनुगमनकै क्रममा सार्वजनिक बसका चालकहरूले नै मास्क चिउडोमा लगाउने गरेको सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सोमबार देखि नियमित यात्रुबाहक वस तथा सवारी साधनहरूमा अनुगमन थालेको छ । सरकारले जारी गरेको मापदण्डको पालना नगरी राजमा

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,053 पटक पढिएको
    • " तेजबहादुर बन "
  • लकडाउन विकल्प होइन्, भिड कम गर्न बजारलाई विस्तारीकरण गर्नुपर्छ

    धरान । समुदाय स्तरमा संक्रमणको जोखिम बढ्दै गर्दा एकातिर पुनः लकडाउन गर्ने कि प्रश्न उठिरहेको छ भने अर्को तिर भर्खरै उठ्दै गरेको व्यापार व्यवसाय धरायसी हुन नदिन खुल्लै राख्ने चर्चा चलिरहेको छ । सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन खुल्ला भए पछि कोरोनाको संक्रमणको दर पनि बढ्दै गएको हो । दोस्रो चरणमा लकडाउन घोषणा भए पछि केही मात्रामा घटेको देखिए पनि लकडाउन खुल्ला भए पछि अहिले कोरोनाको संख्या ह्वातै बढेको छ । लामो समयको बन्दका कारण निराश भएका नागरिकमा संक्रमणको त्रासको कमि देखिदै गएकाले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणको दर बढ्दै गएको सरोकारवालाहरु बताउदै आएका छन् । चाडपर्व नजिकदै गएका

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 1,164 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • दशैंको किनमेल जोगबनीमा गर्ने ? १४ दिन क्वारेटाइनमा

    विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, दशैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ । मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न थालेपछि स्थानीय प्रशासनले जुक्ति लगाएको छ ‘पारिबाट आउनेलाई नाकामै समाउने अनि १४ दिने क्वारेन्टाइनमा

    • प्रकाशित मितिः असोज २७, २०७७
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ४५२ कोरोना संक्रमित थपिए

    विराटनगर /  प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ । उता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 538 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य सुरक्षा पालना गराउन अनुगमन गरिने

    धरान । लकडाउन खुल्ला भए सँगै बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले स्वास्थ्य प्रोटोकल पालनाको अनुगमन गर्ने भएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको उपस्थितीमा भएको बैठकमा नागरिकहरु सचेत नभएकै कारण कोरोना संक्रमण फैलिदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको छ । मंगलबार देखि अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा मंगलबार देखि अनुगमन गरिने भएको छ । स्वास्थ्य प्रोटोकल अनुसार माक्स नलगाएको

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी रेडजोन घोषणा :मास्क नलगाइ हिड्नेलाई जरिवाना

    इटहरी । कोरोना संक्रमण (कोबिड १९ ) पुष्टि भएकाहरू मध्ये ८ जनाको ज्यान गएपछि स्थानीय सरकारले इटहरीलाइ रेडजोन घोषणा गर्दै सुरक्षाका लागि मापदण्ड बनाएको छ ।गएको १५ दिन भित्र इटहरीमा कोरोना पुष्टि भएका मध्ये ८ जनाले ज्यान गुमाए पछि जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगर तथा सम्बन्धित सरोकारवालाहरू सहित आइतबार बसेको बैठकले इटहरीलाइ रेडजोन घोषणा गर्दै उपयोगि मापदण्ड बनाएको हो । मापदण्डलाइ कडाइका साथ पालना गर्न निर्देशन समेत दिइएको छ । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलको उपस्थितिमा बसेको आपतकालिन बैठकले इटहरीमा कोरोना संक्रमण नियन

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 743 पटक पढिएको
    • "तेजबहादुर बन"
  • धनकुटामा पहिरो पिडितलाई घर पुननिमार्णका लागि सिफारिस

    धनकुटा/ अविरल वर्षाको कारण पहिरोमा परी पूर्ण रुपमा क्षति भएका ४१ घर पुनर्निर्माणको लागि सिफारिस भएको छ । जिल्ला विपत व्यवस्थापन समिति धनकुटाकोे बैठकले जिल्लाभरीबाट निवेदन आएका मध्ये प्रक्रिया पुगेकाहरु पहिलो चरणमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिरोले पुरिएर ज्यान गुमाएका एक जना मृतक परिवारलाई राहतका लागि सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए । जिल्लामा विपद्का घटना साना ठूला गरी २ सय ५७ वटा निवेदन आएका थिए । कतिपय कागजात नपुगेकाले छुट भएका पूर्ण रुपमा घर क्षति भएका पीडितहरुको प्रक्रिया पु¥याई पुनः अर्को पटक सिफारिस गर्ने निर्णय भएको छ । सो बैठकल

    • प्रकाशित मितिः असोज २६, २०७७
    • 790 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • जनमुक्ती पार्टीको संखुवासभा अध्यक्षमा कृष्ण कुमार राई

    धरान । राष्ट्रिय जनमुक्ति पार्टीको संखुवासभा जिल्ला कार्यसमिती कृष्ण कुमार राईको अध्यक्षतामा पुनर्गठन भएको छ । गत शुक्रबार भएको भेलाले कृष्ण कुमार राईको अध्यक्षतामा जिल्ला कार्यसमिती पुनर्गठन गर्दै उपाध्यक्षमा विसन कुमार राई, सचिवमा जित बहादुर राई, सह सचिव कृष्ण पहाडी र कोषाध्यक्षमा दिल कुमार राईलाई चयन गरेको छ । त्यसै गरि सदस्यहरुमा नर बहादुर राई, जय बहादुर याङरुङ, मान बहादुर मगर, सन्च बहादुर राई, भीम प्रसाद राई, दिपेन राई, जगदीश राई, शुभदेवी राई, विष्णु राई र उत्तर कुमार राई चयन भएका छन् । भेलाले राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन नेपाल बिद्यार्थी मोर्चाको संखुवासभा जिल्ला संयोजकमा कमला

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा चक्रघट्टीका सन्तोष चौलागाईंको उम्मेदवारी

    बराहक्षेत्र । आगामी पौष १ गतेदेखि ४ गतेसम्म हुन गइरहेको नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनमा बराहक्षेत्र नगरपालिकाका चक्रघट्टी जेसीजको तर्फबाट बर्ष २०२० का शाखा अध्यक्ष जेसी सन्तोष चौलागाईंले उम्मेदवारी दिएका छन् । चक्रघट्टी जेसीजले वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्षको उम्मेदवारको रूपमा अध्यक्ष चौलागाईंलाई सर्वसम्मत निर्णय गरि पठाइएको र नेपाल जेसीजको सचिवालयमा उम्मेदवारी दर्ता समेत भइसकेको महासचिव जेसी सञ्जय राउतले जानकारी दिए । विधिको शासन, बन्धुत्वको भावना र मानवताको सेवालाई सर्वोपरि ठान्दै स्थानीय शाखाको रूपमा रहेको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टी जेसीजले युवाहरूमा नेतृत्व वि

    • प्रकाशित मितिः असोज २५, २०७७
    • 900 पटक पढिएको
    • "सुबिन बिश्वकर्मा "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved