त्रिपालमै दशै

  • असोज १०, २०७८
  • "गोविन्द बस्नेत"
alt - फाइल तस्बिर

धरान । गत बर्ष असोज ३ गते धरान २० विष्णुपादुका स्थित आपटारमा गएको पहिरोबाट विस्थापित परिवारले यस बर्षको दशै पनि त्रिपालमै मनाउने भएका छन् ।

एक वर्ष अघि पहिरोले जायजेथा बगाए पछि नेपाल रेडक्रस सोसाइटीले बनाइदिएको त्रिपालमै अघिल्लो वर्षको दशै मनाएका थिए, यस वर्ष पनि त्रिपालमै बित्ने भएको छ । खेतीपाति मुख्य आम्दानीको स्रोत भएका उनीहरुको घर खेत नै पहिरोले लगेपछि गुजारा चलाउन नै मुस्किल परेको छ ।

गत बर्ष दशै नजिकिदै जाँदा गएको पहिरोका कारण उठीबास बनेका उनीहरुको वासस्थानको अझै राम्रो टुङ्ंगो लागि नसकेको अवस्थामा यस वर्ष पनि दशै त्रिपाल मुनि मनाउन बाध्य छन् भने कहीँ कतैबाट दीर्घकालीन समस्या समाधान नहुँदा आम्दानीको स्रोत गुमे पछि यस बर्षको दशै कसरी मनाउने भन्ने पिरलोमा छन् । पहिरोका कारण विस्थापित भएका ७ घरपरिवारले दशै मनाउने त परै जाओस् विहान बेलुका छाक कसरी टार्नु भन्ने चिन्तामा छन् ।

पीडित सपना राईले घरबारी नै पहिराले लगेपछि दशै मनाउने कुरा परै रहेको बताइन् । उनले भनिन, ‘आफूलाई त चाडवाडको केही मतलब छैन, तर छोराछोरीलाई भने दशैको मतलब हुन्छ ।’ गाउँघरतिर अरुका बच्चाहरुलाई दशैको लुगाफाटा किनिदिएको देखेर हामीलाई चाहिँ कहिले किनिदिने भनेर सोधिरहने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘बच्चाहरुले दशैका के किनिदिने भनेर सोधेपछि आफूहरुको मन कटक्क खान्छ, बच्चाहरुलाई सम्झाउने पनि सक्दिनँ, हुन्छ म चाडै ल्याइदिन्छु, भनेर टार्ने गर्छु ।’

पहिरोले विस्थापित बने पछि एकसरो लुगा राम्रो लाउन नसकेको ७० बर्षीय मानबहादुर राई सुनाउँछन् । उनी भन्छन् ‘त्यही पनि आफूलाई जसोतासो चलेकै छ, नातिनातिनाले दशैको लुगाफाटा किनदिन उसका बाबा आमालाई कचकच गर्दा भने भित्रदेखि नै मन रुएर आउँछ ।’

उनीहरु आम्दानीका स्रोत खेतबारी नै पहिरोले लगेपछि विस्थापित हुँदा आश्रय लिने र कमाउने आधार नै गुमाएको बताउँछन् । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनु बाहेक अर्को विकल्प नहरेका उनीहरुको भनाई छ । मानबहादुर भन्छन्, ‘राम्रो बास बस्ने ठाउँ भइदिएको भए मात्र केही राहत हुन्थ्यो, कमाई खाने ठाँउ पनि छैन, बस्ने ठाउँ पनि छैन ।’

विगतको बर्षको दशैको समयमा टेन्टमै विताएका उनीहरुको अवस्था अहिलेको देशैमा पनि टेन्टमै वित्ने निश्चित छ । आश्वासन दिनेहरुले आश्वासन बाँडे पनि वास्तविक सहयोग भने उनीहरुलाई अझै पनि पाएका छैनन् । उनीहरु भन्छन्, ‘हुनेखानेका लागि दशै रहेछ, नहुनेका लागि दशा रहेछ ।’

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved