नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट धरानमा श्याम पोख्रेलको प्यानलै विजयी

  • असोज ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेपाली काँग्रेस धरान उपमहानगर समितिको १४ औं महाधिवेशनबाट श्याम पोख्रेलको प्यानले बाजी मार्न सफल भएको छ ।

यस अघि दुई पटक नगर सभापतिमा निर्वाचित भइसकेका किशोर राईलाई पहिलो पटक सभापतिको पदमा उमेद्वार दिएका पोख्रेलले ३९ मतको फरकले विजयी बनेका हुन् ।
निर्वाचन अधिकृत भरत शाक्यका अनुसार खसेको ४७९ मत मध्ये विजयी हुने प्रोखेलले २६२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी किशोर राईले २२३ मत प्राप्त गरेका थिए ।

यस्तै अन्य उमेद्वारहरु पनि पोख्र्लकै प्यानलका रहेका छन् । पोख्रेलको प्यानलबाट निर्वाचित भएका उपसभापतिमको उम्मेदवार प्रविण राईले २९० मत ल्याए भने सन्तोष लिम्बुले २३३ मत पाएर विजयी बने । यता राईको प्यानलबाट उपसभापतिमा उम्मेदवार दिएका राजकुमार थोप्राले २१८ र महेन्द्र तामांङ्गले १८३ मात मात्र ल्याउन सफल भएका थिए ।

यसैगरी, सचिवमा पोख्रेलको प्यानलका उम्मेदवार हिमाल श्रेष्ठले २९६ र जितेन्द्र राईले २५९ मत पाएर विजयी भए । सचिव पदमा राई प्यानलका उम्मेदवार कोपिला गौतमले १९५ र सुमन श्रेष्ठले १७१ मात्र मत पाएर पराजित भए । यस्तै, सहसचिव पदमा पोख्रेल प्यानलका उम्मेदवार युनेश राना मगरले ३०२ मत पाएर विजयी भए ।

उनी सर्वाधित मत पाउने उम्मेदवार हुन् । सहसचिवमै पोख्रेल प्यानलका शिला बज्रचार्यले पनि २७१ मत पाएर विजयी भइन् । सहसचिवमा पराजित भएका राईको प्यानलका उम्मेदवार कमला कार्कीले १७१ र गोपाल कार्कीको १८१ मत मात्र पाए ।

यसबाहेक धरानका २० वटा वडाबाट प्रतिनिधित्व गरेर आउने एक सय कार्यसमिति सदस्यहरु भने यस अघि नै निर्विरोध निवार्चित भइसकेका थिए । निर्वाचित भएर आएपछि सभापति पोख्रेलले पार्टीको संगठनलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता जनाए । उनले पार्टीमा भएको गुटउपगुटको अन्त्य गर्दै धरानमा काँग्रेसको संगठन मजबुत बनाउन टिम लाग्ने उनले बताए ।

गुलमोहरको रङले रङ्गि ...

झापा/ झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने ...

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved