दश पालिकाको सभापति पदमा २८ जना

  • आश्विन ९, २०७८
  • भगीरथ भण्डारी
alt

इलाम/  इलामका ४ नगरपालिका र ६ गाउँपालिकामा नेपाली कांग्रेसको सभापति पदमा २८ जनाको प्रतिस्पर्दा हुने भएको छ । जसमा नगरपालिमा सभापति पदका लागि १४ जना र गाउँपालिकामा १५ जना पदमा उमेद्वारको प्रतिस्पर्दा हुने भएको हो ।

इलाम नगरपालिकामा ५ जना , देउमाई नगरपालिका ३ जना , माई नगरपालिकामा ३ जना र सूर्योदय नगरपालिकामा ३ जना रहेका छन भने फाकफोकथुम गाउँपालिकामा ४ जना, सन्दकपुर गाउँपालिकामा ३ जना, चुलाचुलि गाउँपालिकामा १ जना, माईजोगमाईमा ३ जना माङसेबुङमा २ जना र रोङमा २ जनाको प्रतिस्पर्दा हुनेभएको हो ।

नगरपालिका तर्फ इलाम नगरसभापतिमा पाँच जनाको प्रतिस्पर्दा हुने भएको छ । नगर सभापतिका लागि अमृललाल श्रेष्ठ, तीर्थराज गुरुङ्ग, लीला थापा, निर्मल राउत र पत्रकार सोम सुसेलीले नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् । जसमध्ये चारजनाले टिमबाट उमेद्वार घोषणा गरेका छन भने पत्रकार महासंघका पूर्व प्रदेश उपाध्यक्ष रहेको सोमनाथ सुसेलीलले कुनै टिमविनै आफ्नो उमेद्वार घोषणा गरेका छन ।

त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका हिमाल कर्मचार्यको लाइनबाट तीर्थराज गुरुङ्ग, कांग्रेसका निवर्तमान जिल्ला सभापति समेत रहेका केशव थापाको टिमबाट लीला थापा र महासमिति सदस्य भेषराज आचार्य टिमबाट निर्मल राउतले उम्मेद्वारी घोषणा गरेका हुन् ।

यस्तै सचिवमा पनि हालसम्म चार जनाले उम्मेद्वारी घोषणा गरेका छन् । सचिवमा भरत चौहान, बिरेन्द्र कार्की, निराजन भट्टराई र कृष्ण बस्नेतले सचिवमा उम्मेद्वारी सार्वजनिक गरेका छन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।

त्यस्तै सूर्योदय नगरसभापतिमा तीन जनाको प्रतिस्पर्दा हुने भएको छ । नगर सभापतिमा जीवन कुमार नेपाल , सोनामछिरिङ काजी र मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेसँगै उनीहरुको प्रतिस्पर्दा हुने भएको हो । सूर्योदय नगर सभापतिका आकाक्षी मध्ये सोनाम छिरिङ काजी जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् ।

त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका बर्तमान पार्टी सभापति हिमालय कर्मचार्यको लाइनबाट जीवन कुमार नेपाल , कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका पूर्व मन्त्री केशव थापाको टिमबाट उमेर्द्वार देखिएका छैनन् । महासमिति सदस्य भेषराज आचार्य टिमबाट मणि कुमार गुरुङले उम्मेद्वारी घोषणा गरेका छन उता देउमाई नगर सभापतिमापनि तीन जनाको प्रतिस्पर्दा हुनेभएको छ । नगर सभापतिमा कृषण बराल, भुवानी राम राई र दिलिप कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् ।

नगर सभापतिका उम्मेद्धार मध्ये भुवानी राम राई पूर्व पार्टी सभापति केशव थापा निकट मानिन्छन् । त्यस्तै दिलिप कार्की महासमिति सदस्य भेषराज आचार्य निकटका हुन भने कृष्णराज बराल सभापतिका उम्मेद्धार डम्बर खड्का निकटका मानिएका छन् । राई देउमाई नगरपालिका २ र कार्की ५ नम्बर वडाका वडाध्यक्ष हुन । त्यस्तै बराल कांग्रेसका स्थानीय पुराना नेता हुँन् । बरालले यस अघि बिभिन्न संघसस्थमामा सफल नेतृत्व गर्दै आएका छन् । वर्तमान पार्टी सभापति हिमालय कर्मचार्य टिमले देउमाईमा उम्मेद्धारी नदिने बुझिएको छ ।

नेपाली कांग्रेसको माई नगर सभापतिमा ३ जनाको प्रतिस्पर्दा हुने भएको छ नगर सभापतिमा माई–१ का पुष्प गिरी, माई–३ का एन्जेस एक्तेन र माई–६ का हेम बहादुर लिम्बुले उम्मेद्वारी घोषणा गरेका हुन् । नगर सभापतिका आंकक्षी हेम बहादुर लिम्बु डम्बर खड्का र केशब थापा निकट मानिन्छन् भने पुष्प गिरी र एन्जेस एक्तेन हिमाल कर्मचार्य र भेषराज आचार्य निकट मानिन्छन् ।

गाउँपालिका तर्फ फाककफोकथुम गाउँपालिकाका अध्यक्ष रहेका रामकुमार श्रेष्ठ, वडा नं। १ का वडाध्यक्ष टेकवीर नेम्माङको उमेद्वारी छ भने डिक बहादुर थापा र तेज प्रसाद पौडेलपनि चुनावी मैदानमा उत्रिएका छन । श्रेष्ठ जिल्ला सभापतिका उमेद्वार हिमाल कर्मचार्य निकट मानिन्छन भने नेम्माङका भेसराज आचार्य निकट मानिन्छन । थापा डम्बर खड्का निकट मानिन्छन भने पौडेल स्वतन्त्र उमेद्वार भन्दै चुनवी मेदानमा छन ।

त्यस्तै सन्दकपुर गाउँपालिकामा तिनजना चुनावी मैदानमा छन । जसमा धनबहादुर खाम्दाक, तुला गुरुङ र नेत्र रिजाल रहेका छन । खाम्दाक जिल्ला सभापतिका उमेद्वार रहेका केशव थापा निकट मानिन्छन भने गुरुङ डम्बर खड्का निकट रहेका छन । त्यस्तै रिजाल भेसराज आचार्य निकट मानिन्छन ।

माङसेबुङ गाउँपालिकामा दुईजना चुनावी मैदानमा छन । डम्बर खड्का निकट अमृत राई र भेसराज आचार्य निकट चन्द्र साँवा रहेका छन । चुलाचुलिमा भने भेसराज आचार्य निकट रहेका राजेन्द्र केरुङ रहेक छन । उनी पालिकाको निर्वीरोध उमेद्वार रहेका छन ।

उता माईजोगमाई गाउँपालिकामा तीर्नजनाको उमेद्वार रहेको छ । जुमा नरेन्द्र देवान, वेद चापागाँई र भोला भण्डारी रहेका छन । देवान डम्बर खड्का निकट मानिन्छन भने चापागाँई हिमाल कर्मचार्य निकट मानिन्छन । यता भण्डारी चने को निकट हुन भन्ने खुलेको छैन ।

रोङ गाउँपालिकामा पनि दुई जना सभापतिको दावेदार रहेका छन । जस मनिकुमार स्याङबो सुवास रहेका छन । उनीहरु दुवैजना जिल्ला सभापतिका उमेद्वार हिमालय कर्मचार्य निकट मानिन्छन । सभापति पदका उमेद्वार हरी बुडाथोकीलाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको समर्थन छ भने मनिकुमार स्याङबो सुवास एकल रहेका छन ।
जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।

 

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved