समाचार

    Showing 6,941-6,950 of 10,042 items.
  • सुनसरी कांग्रेस सभापतिमा केदार भण्डारी

    धरान । नेपाली कांग्रेसको सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेद्वार सञ्जयकुमार श्रेष्ठलाई १ सय १३ मतले पराजित गर्दै मंगलबार सभापतिमा निर्वाचित भएका हुन् । सोमबार जम्मा खसेको २ हजार ६ सय २६ मत मध्ये भण्डारीले १ हजार ४२२ मत प्राप्त गर्दै विजय भएका हुन् । संस्थापनइतरका भण्डारीले दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निभाइसेकका छन् । त्यस्तै, उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेशचन्द्र राई र पङ्कजकुमार महतो निर्वाचित भएका छन् । सचिवमा संस्थापन प्यानलबाट वीरेन्द्रकुमार शाह र संस्थापनइतर प्यानलका माधवकुमार घिसिङ निर्वाचित भएका छन् ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक बालबालिकालाई जाडोको लुगा वितरण

    धरान/ रोट्रयाक्ट क्लब अफ धरान घोपाले शनिबार सडक बालबालिका र विपन्न क्षेत्रका बासिन्दाहरूलाई चिसोबाट बच्न “सेयर द वार्मथ” परियोजना अन्तर्गत जाडोको लुगा संकलन गरी वितरण गरेका छ । कार्यक्रमको सुरुवात “फरक रूपमा सक्षम घर” छाताचोकबाट भएको थियो । करिब ३० जना (पुरुष र महिला) लाई एक जोडी पोशाक, स्वेटर, ज्याकेट तथा अन्य लुगा प्रदान गरिएको थियो । पछि प्रयोग गर्न सकिने थरि थप कपडाहरु “फरक रूपमा सक्षम घर”लाई प्रदान गरिएको थियो । लुगाहरू वि.पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू, विभिन्न संकायहरू र रोटेरियनहरूबाट सङ्कलन गरिएको थियो ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादी रंगेली नगर अध्यक्षमा श्री प्रसाद अधिकारी

    रंगेली/ नेकपा माओवादी रंगेली नगरपालिकाको अधिवेसनले श्री प्रसाद अधिकारीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको छ । रंगेलीमा भएको प्रथम नगर अधिवेसनले उपाध्यक्षमा धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिबमा बद्री नारायण राजवंशी, सह–सचिव सुशिल शाह, कोषाध्यक्ष लिलादेबी संग्रौला सहित ५५ जनाको नगरसमिती गठन भएको हो । कार्यक्रममा प्रमुखअतिथि क्षेत्र नम्बर ५ का सांसद एवम पूर्व आपुर्तीमन्त्री शिव कुमार मण्डलले माओवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पार्टीलाई उच्च स्थानमा लैजान अघि बढिरहेको बताए । उनले भने, ‘नेकपा एमालेका मदन भण्डरीको हत्यारा केपि ओलीले नै गराएको हो, रा

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 594 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विदेशबाट आयातित सामग्रीले स्थानीय उद्योग विस्थापित हुदै

    धनकुटा/ विदेशबाट आयातित सामाग्रीले स्थानिय उद्योगलाई धरासयी बनाउदै गएको धनकुटाका उद्योगीहरुले गुनासो गरेका छन् । उनीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन् । स्थानीय उद्यागीहरु विस्थापित हुन थालेको उद्योगीहरुले गुनासो गरेका छन् । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातौं उद्योग दिवसको अवसरमा धनकुटा आयोजित एक कार्यक्रममा उद्योगीहरुले विदेशबाट आयातित सामाग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउदै विस्थापित गर्न थालेको उनीहरुको गुनासो छ । उनीहरुले उद्योगीहरुले उद्योग संचालनका लागि चाहिने कच्चा पदार्थमा लाग्

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा साढे चार करोडको फन पार्क

    इलाम/ बालबालिका र बयस्कहरुको मनोरञ्जनको लागि इलाम नगरपालिकाले साढे चार करोडको लगानीमा फनपार्क÷चिल्ड्रेन पार्क निर्माण गरेको छ । चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पुरा भएको छ । नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सुहलियत सहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो । इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ता बापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने ल

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 1,149 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बीपीमा सुरक्षा चुनौती

    धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ । उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ । सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन । केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विर

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङ कांग्रेसको मतदान सकियो: सभापतिमा दोस्रो चरणको मतदान हुने संभावना

    विराटनगर/ नेपाली कांग्रेस मोरङको मतदान सकिएको छ । सभापतिमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा भएपछि अब दोस्रो चरणको मतदान हुने संभावना चुलिएको छ । मोरङमा सभापतिका कुनै पनि उमेदवारले बहुमत ल्याउने संभावना टरेकोले दोस्रो चरणको मतदान हने सम्भावना अधिक देखिएको छ । अब मत गणनामा कांग्रेसजनको ध्यान गएको छ । आइतबार कार्यसमिति चयन गर्न विराटनगरमा भएको चुनाव लगत्तै पार्टी कार्यालय मोरङमा रातिबाटै मतगणना शुरु गरिएको छ भने पहिलो चरणमा सभापतिको गणना हुने सचिव मोदराज घिमिरेले जानकारी दिएका छन् । कांग्रेसको संशोधित विधान अनुसार कुनै पनि उमेदवारको बदर बाहेक कूल खसेको मतबाट एकाउन्न प्रतिशत नआए कम मत ल्याउने

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 841 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय गन्तव्य बन्दै बीपी पार्क

    धरान/ धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा प

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,131 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित धरानका २ जना बिरटनगरबाट पक्राउ

    मोरङ । मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान उप(महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । हिजो बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला सभापतिमा खड्का विजयी

    इलाम/ नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । प्रतिष्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै उनी विजयी बनेका हुन् । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गरेका छन भने उनका प्रतिष्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गरेका छन । एक हजार ७ सय ९५ मतदाता मध्ये शनिबार भएको निर्वाचनमा एक हजार ७ सय ३२ मत खसेको थियो । खड्का पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका उम्मेदवार बनेका थिए । अन्य पदाधिकार

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 1,019 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved