बीपीमा सुरक्षा चुनौती "सवारीसाधन हराउने क्रम रोकिएन"

  • मंसिर १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt वीपी प्रतिष्ठानको वार्ड परिसरमा राखिएको मोटरसाईकल पार्किङ – तस्वीर सोहन श्रेष्ठ

धरान/ उपचार सेवा समेत लथालिङ्ग बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा पनि चुनौतीपुर्ण बन्दै गएको छ ।

उपचारमा चिकित्सकले लापार्बाही गरेकै कारण विरामीहरुले समय समयमा आन्दोलन समेत गर्ने गरेका छन् । पछिल्लो समय उपचारमा मात्र हैन प्रतिष्ठानको सुरक्षामा समेत चुनौती थपिदै गएको छ ।
सुरक्षा संयन्त्र कमजोर भएकै कारण प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी तथा कुरुवाका वार्डबाटै मोवाइल हराउने, पैसा हराउने तथा सामान ल्याएको झोला समेत गायव हुने मात्र हैन पार्किङमा राखेका मोटरसाइकल, स्कुटी समेत चोरी हुने क्रम रोकिएको छैन ।

केही दिन अघि प्रतिष्ठानको तल्लो विल्डिङ वार्डमा विरामी हेर्न गएका धरान ८ का सोहन श्रेष्ठको स्कुटी पार्किङ स्थलबाटै आधा घण्टामा हरायो । पार्किङमा राखेको को १३ प ७०२० नम्बरको स्कुटी आधा घण्टाभित्रै हराएको थियो । तुरुन्तै प्रतिष्ठानको प्रहरी बिटमा जानकारी गराए । त्यहा मार्फत इलाका प्रहरी कार्यालय धरानको सञ्चार, प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्युरिटी सर्भिसमा खबर गरियो । प्रहरीले खोजीका लागि सम्पूर्ण संयत्र पुरा ग¥यो तर ५ दिन वितिसक्दा पनि स्कुटी फेला परेन । श्रेष्ठ भन्छन्, ‘विरामी हेरेर फर्किएको आधा घण्टाभित्रै स्कुटी हरायो, खोजि गर्दा पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।’

उनले प्रतिष्ठानको सुरक्षा संयन्त्र कमजोर भएकै कारण पार्किङमा राखिएको मोटरसाइकल तथा स्कुटी हराउने गरेको उनको आरोप छ । सुरक्षा संयन्त्रले फेला पार्न नसकेको स्कुटी गत शनिबार महादेव चौंक तलतिर उनी आफैले फेला पारे । सुरक्षाको ठेक्का लिएको भिआपी सेक्युरिटी सर्भिसले सुरक्षामा लापरवाहीका कारण सवारी साधन हराउने गरेको विरामीका आफन्तहरु बताउँछन् ।

सुरक्षाको जिम्मा लिएको भिआइपीका प्रमुख टेक लोहनी सुरक्षामा आफूहरुले कमी नगरेको दाबी गर्छन् । उनले बीपी र भिआइपीबीच भएको सहमति पश्चात आफूहरुले पार्किङका लागि निश्चित स्थान तोकिदिए पनि कसैले तोकेको ठाउँमा पार्किङ नगर्दा समस्या आएको बताए । उनले भने, ‘हामीले भिआइपी कार्यालय माथि पार्किङको व्यवस्था गरिदिएका छौं, त्यहा २४ घण्टा हामीले सुरक्षाकर्मी खटाएका छौं, मोटरसाइल नम्बर र धनीको नाम टिपेर हामी त्यहा राखिदिन्छांै, त्यहा अहिलेसम्म मोटरसाइकल हराएको रेकर्ड नै छैन ।’ उनले तोकेको स्थानमा सवारीसाधन पार्किङ नगर्दा हराउने गरेको उनको दाबी छ । उनले सर्वसाधारणलाई तोकेको स्थानमा लगेर सवारी साधन पार्किङ गर्न अनुरोध गरे ।

पार्किङ भन्दा बाहिरबाट हराएका मोटरसाइकल समेत धेरै फेला पारेर सम्बन्धित सवारी धनीलाई बुझाएको पनि उनले बताए । उनले भने, ‘हामीले केही समय अगाडि सुनसरीको बाङ्गेबाट समेत मोटरसाइकल फेला पारेर धनीलाई बुझाएका छौं ।

प्रतिष्ठानमा सुरक्षामा लापार्बाही भएकै कारण सामान तथा सवारी साधन हराउने क्रम बढेको उपचारमा आएका विरामीका आफन्त बताउँछन् । गाइनो वार्डमा आएका झापाका कुमार बस्नेतले प्रतिष्ठान र सुरक्षाको जिम्मा लिएको भिआइपी सेक्युरिटीकै कारण समस्या झन चुलिदै गएको बताए । उनले भने, ‘गाइनो वार्डदेखि मास्तिर एक ब्लकमा तपाई सिसी क्यामराको निगरानीमा हुनुहुन्छ, भनेर लेखिएको छ, त्यहा सिसी क्यामरा नै छैन ।’ उनले नाङ्लो ठटाएर हात्ती तर्साए भने जस्तै ‘तपाइ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भनेर लेखेको बताउदै सिसी क्यामरा राखेर सुरक्षालाई मजबुत गर्ने काम प्रतिष्ठानले ग¥यो भने हराउने समस्याको अन्त्य हुने उनको भनाई छ ।

प्रतिष्ठानमा दिनमै ५ वटा भन्दा बढी चार्जमा राखेका मोवाइल हराउने गरेको छ भने मोटरसाइकल तथा स्कुटी समेत महिनामा दुई÷तीन वटा हराउने गरेको पाइएको छ । हराएका सामानहरु एकाध भेटिए पनि धेरै जसो नभेटिने गरेको सुरक्षामै खटिएका भिआइपीका एक सेक्युरिटी बताउँछन् ।

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved