इलाममा साढे चार करोडको फन पार्क

  • मंसिर १३, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ बालबालिका र बयस्कहरुको मनोरञ्जनको लागि इलाम नगरपालिकाले साढे चार करोडको लगानीमा फनपार्क÷चिल्ड्रेन पार्क निर्माण गरेको छ ।
चार करोड ५७ लाख ४१ नौ सय ७७ रुपैयाँको लागानीमा फनपार्कको निर्माण पुरा भएको छ ।

नगर विकास कोषको तीन करोड ३५ लाख ३० हजार ऋण र इलाम नगरपालिकाको एक करोड २२ लाख फनपार्क निर्माणमा लगानी गरिएको छ । नगर विकास कोषले दुई वर्ष सुहलियत सहित २० वर्षमा साँवा ब्याज भुक्तानी गरिसक्नुपर्ने गरी ऋण उपलब्ध गराएको हो । इलाम नगरपालिकाले नगर विकास कोषलाई पहिलो किस्ता बापत २४ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने छ । नगरपालिकाले ३६ किस्तामा कोषको सावा ब्याज भुक्तानी गरिसक्ने लक्ष्य राखेको छ । नगरपालिकाले अन्तिम किस्तामा पुग्दा दश लाख ४३ हजार रुपैयाँ भुुक्तानी गर्नुपर्ने छ ।

आदर्श माविको जग्गामा नगरपालिकाले बनाएको फनपार्क पाँच वर्षसम्म इलाम नगरपालिकाले नै सञ्चालन गर्ने छ । त्यसपछि भने फनपार्कको सञ्चालन आदर्श माध्यमिक विद्यालयले गर्नेछ । आदर्श माविको तीन रोपनी तीन पैसा क्षेत्रफलमा निर्माण गरिएको फनपार्कको पाँच वर्षपछि आम्दानी समेत विद्यालयकै हुने छ । नगर विकास कोषको ऋण भने नगरपालिकाले नै भुक्तानी गर्नेछ । फनपार्कबाट बार्षिक ४५ लाख ५ ६हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । त्यसको सञ्चालन र व्यवस्थापनको लागि २७ लाख ५८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फनपार्कबाट बार्षिक १७ लाख ९८ हजार रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान रहेको छ ।

वडा नम्बर ७ मा निर्माण भएको फनपार्कमा चारवटा डिब्बा भएको मिनी रेल, रोटे पीङ, एडल्ट बुल राइड, ढिकिच्याउ, स्प्रिङ जम्पर, चिप्लेटि, फ्लाइङ कार, कोलम्बस राइड लगायतका खेल सामाग्री छन् । फन पार्कमा १४ वटा खेल्ने सामाग्री र १६ वटा अन्य भौतिक बस्तु निर्माण गरिएको इलाम नगरपालिकाका इञ्जिनियर दिपक गुरागाईंल जानकारी दिए । फनपार्कमा शौचालय, पिलर अप लाईट, वालअफ नलेज, प्रवेशद्वार, टिकट काउन्टर, क्यान्टिन निर्माण गरिएको छ ।

बालबालिकाबो संविधान प्रदत्त अधिकार कार्यान्वयनको नगरपालिकाले फनपार्क निर्माण गरेको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत बताउँछन् । फनपार्कको सञ्चालबाट हुने आम्दानीले आदर्श माविको गुणस्तर विकासमा सहयोग पुग्ने प्रमुख बस्नेतको विश्वास छ ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved