पर्यटकीय गन्तव्य बन्दै बीपी पार्क

  • मंसिर १२, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो ।

जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा परिणत भएको थियो । तर, फुस्रेको पूरानो साख फर्काउनको लागि स्थानीय सरकारले एक मात्र विकल्पको रुपमा पर्यटनलाई अघि सारेको छ ।

धरान उपमहानगपालिका वडा नम्बर १३ र २० को सिमानामा रहेको सर्दुखोला आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको छ । जलाधार क्षेत्रमा पर्ने सर्दुखोला क्षेत्रलाई पार्कको रुपमा विकास गरेपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा परेको हो । नेपाली कांग्रेसका दिबंगत नेता वीपी कोइरालाको नाममा पार्क निर्माण भएको हो । संघीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट आएको २० लाख रुपैयाँ बजेटले पार्कको निर्माण गरिएको हो । सर्दुखोला माथी लगाइएको पक्की पुललाई फ्लावर ब्रिजको कम्सेप्टमा सिगारिएको छ । कुल ६० मिटर लम्बाई ४ मिटर चौडाइ रहेको पुलमा तीन वटा फलामको ट्रष्ट निर्माण गरिएको छ ।

१२–१२ मिटरको ट्रष्टमा आकाशतिर तारको जाली लगाइएको छ । पुलको दाँया र बाँयातर्फ समेत जाली लगाइएको छ । तीन वटै ट्रष्ट माथी झ्याम्मै हुने गरी बगमबेली अर्थात लहरे प्रजाती फुल रोपिएको छ । यसैगरी, फ्लावर ब्रिजको मुनी ढुङगामा जोडी सर्प, हास, भ्यागुताको चित्र कलाकारहरुले कोरिसकेका छन् । १३ नम्बर वडा कार्यालयले केटाकेटीहरुको लागि बाल उद्यान पनि निर्माण गरेको छ । सर्दु खोलाको पुल तरेपछि केही माथि कोशी नदीमा बनेको ब्यारेज तथा पुल निर्माणको क्रममा सर्दुखोलाको ढुङगा लान प्रयोग गरिएको ऐतिहासिक घिर्लिङको अवशेष छ । त्यो फुस्रेको महत्वपुर्ण सम्पदा हो । घिर्लिङको अवशेषलाई पनि रेलिङ हालेर सिगारिएको छ । घिर्लिङको अवशेषमा प्रत्येक सिढीमा मानिसहरुको लागि फलामको बस्ने ठाउँ बनाइएको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । दैनिक करिब २ सय ५० देखि ५ सयसम्म दैनिक पर्यटकहरु आउने गरेको वीपी पार्क निर्माण समितिका उपभोक्ता समितिका सदस्य चक्र खड्काले बताए । उनले भने, ‘सर्दु खोलालाई पार्कमा परिणत गरेपछि अहिले आन्तरिक पर्यटकहरु आउन थालेका छन्, यसलाई अझै विकास गरेर लग्न सके बाह्य पर्यटक समेत भित्र्याउन सकिने बताए ।

पूर्वमै फ्लावर ब्रिजको निर्माण नभएको बेला नयाँ कन्सेप्टका साथ फ्लावर ब्रिजको स्थापना गरेपछि भने यो स्थान घुम्न आउनेका लागि आकर्षक गन्तव्य बनेको छ । ब्रिजमा घुम्न आएकाहरुका लागि सेल्फी खिच्ने स्थान बनेको छ । यहा घुम्न आउनेहरुले यस स्थानको सामाजिक सञ्जालमा फोटो हाल्न थालेपछि भने पर्यटकहरु आउने गरेका छन् ।

माािसहरुको जमघट बढेसंगै व्यापार पनि बढेको छ । साना ठेला, साना–साना छाप्रो बनाएर मम, चाउमिन, चटपटे बेच्नेलाई भ्याइनभ्याइ छ । संघीय सांसद राईको सांसद क्षेत्र विकास कोषबाट छुट्टिएको २० लाख रुपैयाँले वीपी पार्क बनाइएको हो । यस अघि पूर्व सांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाख रुपैयाँले घिर्लिङको अवशेष जाने सिढी निर्माण गरिएको थियो । आन्तरिक पर्यटकको मुख्य केन्द्रको रुपमा विकास गर्ने योजना अनुसार निर्माण गरिएको समितिका अध्यक्ष खड्काले बताए । वडाले समेत यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने योजना अगाडि सारेको धरान उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनले यस स्थानको विकासका लागि उपमहानगरपालिकासँग पहल गरेर नयाँ नयाँ भौतिक संरचना बनाउने र जैविक पार्कको रुपमा विकास गर्ने बताए । उनले भने, ‘धरान १३ फुस्रे यातायातको सञ्जाल कोशी पहाडी क्षेत्रसम्म पुगेपछि मृत अवस्थामा पुगेको छ, यसलाई फर्काउन पनि यो पार्कले सहयोग पुग्ने अपेक्षा हामील्ेस राखेका छौं ।’

अझै पनि पार्कमा घुम्न आउनेहरुले पर्याप्त सुविधा नभएको बताउने गरेका छन् । उनीहरुले शौचालय, विश्रामलय र सुरक्षाको राम्रो व्यावस्था चाडो मिलाउनुपर्ने सुझाव दिएका छन् । यसतर्फ स्थानीय सरकारको ध्यान केन्द्रित हुन सके धरान १३ फुस्रेमा रहेको बीपी पार्क आन्तरिक तथा वाह्य पर्यटकीय स्थल बन्नेमा दुई मत छैन ।

बाँध निर्माणमा स्थान ...

धरान। सुनसरी मोरङ सिंचाई आयोजनाको बाँध निर्माणले सुविधा ...

धरानमा पत्रकारिता ता ...

धरान । प्रेस सेन्टर नेपालको सुनसरी समितिले आयोजना गरेको ...

धरानमा ‘बिएसडब्ल्यु’ ...

धरान । सामाजिक क्षेत्रमा उपयोगी रहेको शिक्षा प्रदान गर् ...

युनियनद्वारा दुर्घटन ...

धरान । दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई नेप ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2022 - Koshipatra.com All rights reserved