समाचार

    Showing 6,911-6,920 of 10,042 items.
  • सेनाद्वारा ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र

    काठमाण्डौं/ कोभिड–१९ सङ्क्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन्दा माथि रहेको जानकारी दिइएको छ । मन्त्रालयको चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिए । उनले भने, “पछिसम्मका लागि काम लागोस् भन्ने हेतुले बनाइएका एकतले भवन पूरा

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 704 पटक पढिएको
    • "रासस"
  • कुटपिट गर्ने शिक्षकलाई कार्वाहीको माग

    झापा/ बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले निर्वाध रुपमा विद्यार्थी कुटेको विषयमा अभिभावकहरु आक्रोसित बनेका छन् ।शिक्षक विकास पोखरेल विरुद्ध अभिभावकहरु आक्रोसित बन्दै निष्कासन सँगै कार्वाही गर्नुपर्ने माग राखेका छन् । पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई बुधवार कक्षा कोठामा कुटपिट गरेका थिए । पढाएको विषयमा ध्यान नदिएको र सोध्दा केही नआएको भन्दै आफूलाई निर्वाध रुपमा कुटपिट गरेको पीडित विद्यार्थी तिम्सिनाले बताए । उनले भने, ‘सरले मलाई पढाएको कुरा सोध्नुभयो, नआएपछि जथाभावि कुट्नुभयो ।’ उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालाम

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 962 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आत्मानन्द गोल्डकपको उपाधि माङसेबुङलाई

    इलाम/ इलामको माङसेबुङमा संचालित १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो । यता माङसेबुङले भने सुरुदेखि नै रक्षात्मक खेलेको थियो । माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । निर्धारित समयसम्म खे

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 656 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नेपाली कांग्रेस प्रदेश १ अधिवेशन: ‘गुटको धमिराले पार्टी खायो’

    विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय नेताले पार्टीलाई गुटगत राजनीतिले थिलथिलो बनाएकोले अब एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।नेपाली कांगे्रसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश नं १ का अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने नेताले लोकतन्त्रको संस्थागत विकासको लागि कांग्रेस भित्रको आन्तरिक एकता अधिक महत्वपूर्ण हुने बताए । अधिवेशन उद्घाटन गर्दै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब देश र जनताको भरोसा कांग्रेसमा केन्द्रीत भएकोले पार्टीभित्रको एकतालाई थप मजबुद बनाउनु पर्नेमा जोड दिए । “व्यवस्था परिवर्तन र लोकतन्त्रको आन्दोलनमा कांग्रेसको भूमिका जनताले देखेकै छन्, सिटौलाले भने,

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 1,302 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • व्यक्तिगत खर्चमा बाटो मर्मत

    धरान/ वर्षातको समयमा आएको बाढीले भत्काइदिएको बाटो धरान ६ पानवारीका भुपाल राईले व्यक्तिगत खर्चमा बनाइदिएका छन् । बाढीले बाटो भत्काइदिए पछि आवातजावतमै असहज हुँदै गए पछि पानवारीको घोपाली टोल स्थित सिंहदेवी मार्गको बाटो राईले आफ्नै खर्चमा बनाइदिएका हुन् । राईले खोलाले भत्काएको बाटोको खाल्डाखुल्डी पुरेर आवातजावतका लागि सहज बनाई दिएका हुन् । गत बुधबार करिब ४० हजार रुपैया बराबरको १० ट्याक्टर गिटी ल्याएर खाल्डाखुल्डी पुरिदिएका हुन् । राई नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाती महासंघ धरानका सभापति समेत हुन् । बाटो विग्रिएको कारणले हिड्न नै मुस्किल हँुदै आएको सिंहदेवी मार्गका

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा कलेजको कार्यक्रम इलामको फिक्कलमा

    धरान/ धरानको मेघा कलेजले आफ्ना विद्यार्थीहरूका लागि स्वागत र विदाइ कार्यक्रम इलामको पर्यटकीय स्थान फिक्कलमा सम्पन्न गरेको छ । मङ्गलबार गएको टोली कार्यक्रम सकेर बुधबार मात्र धरान फर्किएको छ । कार्यक्रममा बीबीएस पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने बीबीएस चौथो वर्षका बिद्यार्थीहरूलाई विदाइ गरिएको थियो । कार्यक्रममा बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरू पनि सहभागी थिए । करिब एक घण्टा लगाएर विद्यार्थीहरूले नै तयार पारेको अस्थायी मञ्चमा कार्यक्रम गरिएको थियो । कलेजकै चारवटा बस कलेजका प्रशासक, विद्यार्थी र अध्यापकहरू बोकेर मङ्गलबार बिहान त्यसतर्फ गएको थियो । बसमै राखेर लगिएका

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देउवाको भर्चुअल भाषण नसुन्न कार्यक्रम नै स्थगन

    विराटनगर/ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश नम्बर १ को प्रदेश अधिवेशनको उद्घाटन विराटनगरमा तय भएको थियो । दिउँसो २ बजेको लागि तय भएको कार्यक्रममा सहभागी हुन प्रदेशभरबाट प्रतिनिधिहरु विराटनगर अस्पताल छेउको मैदानमा भेला भएका थिए । केन्द्रीय नेताहरु कतिबेला आउलान र कार्यक्रम शुरु होला भन्ने पर्खाइमा थिए ।समय घर्किदै साँझ परुन्जेलसम्म कार्यक्रम शुरु भएन । कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले कार्यक्रम केहीबेरमै शुरु हुने माइकबाट सूचना प्रसार गरिरहेका थिए । तर, एकाएक कार्यक्रम शुक्रबार बिहान ८ बजे हुने घोषणा भयो । कांग्रेसको नयाँ निर्वाचन तालिकाअनुसार बिहीबार अधिव

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम विमानस्थल: तीन सय २८ रोपनी जमिन उड्यो, उडेन जहाज

    इलाम/ इलाममा निर्माणाधिन फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पुरा भएपनि उडान भने अन्योल रहेको छ । गत बैशाखमै दोस्रो पटक परिक्षण गर्ने गरी कालोपत्रे काम थाले पनि अहिले सम्म इलाममा जहाज उडान अन्योल रहेको हो । विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएसँगै इलामबाट जाहाज उड्ने सपना पूरा हुनेमा जिल्लावासी खुसि थिए । छ सय ७० मीटर लम्बाइ र २० मीटर चौडाइ भएको विमानस्थलको धावनर्मामा कालोपत्र निर्माण कार्य सम्पन्न भएपनि अहिलेसम्म उडान परिक्षण नहुँदा इलाम बासीमा निरासा छाएको छ । जिल्लाकै गौरवपुर्ण आयोजनाको रुपमा मानिएको सुकिलुम्बा विमानस्थलमा जाहाज नउड्नु

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 948 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कांग्रेस प्रदेश १ सभापतिमा गुरु घिमिरे र उद्धव थापा भिंड्ने, बाँकी पदाधिकारीमा उमेदवार घोषणा हुन बाँकी

    विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने प्रदेश नं १ को अधिवेशनमा झापाका उद्धव थापा र मोरङका गुरुराज घिमिरेबीच सभापतिमा पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापा र रामचन्द्र पौडेल–डा. शेखर कोइरालाको समूहबाट गुरुराज घिमिरे उठ्ने तय भएको हो । संस्थापन पक्षले थापाले उमेदवारी दिने बुधबार निर्णय गरेको थियो । घिमिरेलाई उमेवदार बनाउन कोइराला–पौडेल समूहको बिहीबार विराटनगरमा बैठक बसेको थियो । सभापतिमा सुनसरीबाट यही समूहका राजिव कोइरालाले समेत दाबी गरेका थिए । तर, केन्द्रीय सदस्य डा. श

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 1,178 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • कक्षा १२ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारीमा बोर्ड

    धरान/ राष्ट्रिय परीक्षा बार्डले गत भदौं ३० गते देखी असोज ८ गते सम्म सञ्चाल भएको कक्षा १२ को नतिजा (भोलि)शुक्रबार प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक तयारी भइसकेकाले भोली नतिजा प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । कोभिडको संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुले हिजो देखी परीक्षा दिएका छन् । यस वर्षको परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थीहरु सहभागी भएका थिए ।उनीहरू परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 776 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved